एनआरएनएमा आउँदा राजनीतिको जुत्ता र टोपी बाहिरै खोलेर आउन उपाध्यक्षका उम्मेदवार डा. शर्माको आग्रह |

युरोप, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका बर्तमान महासचिब तथा बर्ष २०२१-२३ कार्यकालका लागि उपाध्यक्षका उम्मेदवार डा. हेमराज शर्माले नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६२ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कार्यक्रममा बोल्दै एनआरएनएका अधिकांश मुद्दाहरु राजनीतिसँग जोडिएको भए पनि एनआरएनएमा राजनीतिक हस्तक्षेप हुन नहुने बताएका छन् ।

‘राजनीतिको नाममा साना र तल्लो तहमा हस्तक्षेप गरेको प्रति मेरो आपत्ति हो।’ भन्दै शर्माले राजनीतिप्रति आफु बितृष्णा र अनुदार नरहेको धारणा राखेका थिए |

प्रजातन्त्रमा सबैको आ-आफ्नो मौलिक अधिकार भएजस्तै बिचार हरुपनि फरक फरक हुन्छन तरपनि हामी सचेत हुनपर्छ | यद्धपि राजनीति बिना यति ठुलो संथा चल्दैन र हाम्रो जतिपनि मुद्धाहरु छन् ति प्राय सबै राजनीति संगै जोडिएका छन् तरपनि पार्टी र राजनीतिको नाममा हुने एनआरएनए भित्रको हस्तक्षेप मेरो मात्र नभएर तमाम अभियन्ताहरुको आपत्तिको बिषय बनेको डा. शर्माको आसय थियो |

एनआरएनए भित्रको बिकृति प्रति असन्तुष्ठि जनाउदै एनसिसिको चुनावमा टिकट माग्न काठमाडौं जानु पर्ने र नेताहरुलाई आफ्नो पक्षमा पार्ने साथै निर्वाचनमा प्रत्यक्षरुपमा मन्त्रालय, हेडक्वाटर , सांसदहरुबाट फोन आउनेजस्तो हस्तक्षेपले एनआरएनएलाई कता पुर्याउने हो भन्दै चिन्ता ब्यक्त गरेका थिए ।

‘संस्थाको संरचना र निर्वाचनको पद्धतिसंग जोडिएका विषयलाई परिवर्तन गर्नु नै थियो। त्यही पद्धतिलाई सच्याउनका लागि गत जनावरीमा विशेष अधिवेशन बोलाएर विधानमा संशोधन गरेका छौं। पहिला जस्तो नेपालमा घुम्न गएको र धेरैभन्दा धेरै व्यक्तिलाई लिएर भोट हाल्न जाने परम्परालाई नयाँ विधान अनुसार यसपाली अन्त्य गरेका छौं।’डा. शर्मा

निर्वाचनलाई भद्रगोललाई मध्यनजर गर्दै के कस्ता कार्यक्रम ल्याउनु भयो भन्ने नेपाल पत्रकार महासंघ यूरोपका कार्यवाहक अध्यक्ष केजिन राईको प्रश्नमा डा. शर्माले , ‘संस्थाको संरचना र निर्वाचनको पद्धतिसंग जोडिएका विषयलाई परिवर्तन गर्नु नै थियो। त्यही पद्धतिलाई सच्याउनका लागि गत जनावरीमा विशेष अधिवेशन बोलाएर विधानमा संशोधन गरेका छौं। पहिला जस्तो नेपालमा घुम्न गएको र धेरैभन्दा धेरै व्यक्तिलाई लिएर भोट हाल्न जाने परम्परालाई नयाँ विधान अनुसार यसपाली अन्त्य गरेका छौं।’भन्दै जवाफ दिएका थिए |

 

त्यसैगरी नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष राजकुमार थापाले एनआरएनएमा राजनीतिक चासो बढ्नुको कारण के होला भन्ने प्रश्नमा डा. शर्माले, ‘नेताहरुले बाहिर देख्ने एनआरएनएमा आकर्षण हुनु हुँदैन। यसबाट नेताहरुलाई केही फाइदा हुँदैन पनि। ठूलो र प्रोफेसनल मान्छे बाहिर छन्, त्यसैले यसमा आँखा लाउनु उपयुक्त नहोला। मन्दिरको अगाडि जुत्ता छोडेझैं एनआरएनएमा आउँदा राजनीतिको टोपी र जुत्ता बाहिरै छोडेर आउनु पर्ने आफ्नो बुझाई रहेको धारणा राखेका थिए |

अनलाईन भोटिंगको ब्यबस्था गरिएकाले गत वर्ष जस्तो निर्वाचन भद्रगोल नहुनेमा बिश्वस्त रहन आग्रह गर्दै यो प्रक्रियाबाट निर्वाचनमा राजनीति कम हुने बताएका थिए | केन्द्रीय प्रतिनिधि पठाउने सवालमा जवाफ दिदै डा. शर्माले ६५ प्रतिशत पुरानो एनसीसीआइसीमा कार्य गरेकाहरुलाई छुट्याएको छ। त्यस्तै १० प्रतिशत नयाँ कार्यसमिति (महिला, युवा एनआरएनएलाई योगदान गर्ने) लाई पठाउने व्यवस्था र २५ प्रतिशत महाधिवेशनबाट निर्वाचित भएर आउने व्यवस्था गरिएको छ। जसबाट यसपटकको निर्वाचन व्यवस्थित हुने बताएका छन् ।

“सबैको साझा र सबैको अपनत्व हुनु पर्छ भन्ने मुद्दा हो र यसलाई पैसा र राजनीतिबाट टाढै राख्ने हामीले प्रयत्न गरिरहेका छौं। यसको लागि अनलाइन प्रणालीबाट मतदान गर्ने भएकाले गत सालको जस्तो भद्रगोल हुने संम्भावना रहदैन ” डा.शर्मा

नीति तथा व्यवस्थापकिय तर्फ सुधार गर्न सकेमा पहिलेभन्दा व्यवस्थित रुपमा निर्वाचन सम्पन्न हुन सक्नेमा डा शर्मा विश्वस्त देखिन्छन्।

सबैको साझा र सबैको अपनत्व हुनु पर्छ भन्ने मुद्दा हो र यसलाई पैसा र राजनीतिबाट टाढै राख्ने हामीले प्रयत्न गरिरहेका छौं। यसको लागि अनलाइन प्रणालीबाट मतदान गर्ने भएकाले गत सालको जस्तो भद्रगोल नहुने डा.शर्माको भनाई थियो ।

पत्रकारहरुको प्रश्नको जवाफ दिदै डा.शर्माले भने ‘जहाँ पैसा र पोलिटिक्स जोडिएको छ त्यसलाई शून्य बनाउनु पर्छ भनेर प्रि मेम्बरशिप र रजिस्ट्रेसन फि लाई शून्य बनाउने प्रयत्न गर्यौं।’

एनआरएनएमा यसप्रति जिम्मेवारीबोध गर्ने नेतृत्वको आवश्यक हुन्छ। जसले एनआरएनएको मर्मलाई आत्मसात गरेर विश्वभरका गैरआवासीय नेपालीको हक हितका लागि काम गर्नुपर्नेमा बिशेस जोड दिएका थिए।

२००५ देखि एनआरएनएमा आबद्ध बर्तमान महासचिब डा.शर्मा एनआरएनए अभियानका सुपरिचित व्यक्तित्वको रुपमा परिचित हुनुको साथै दशौँ महाधिवेशनका लागि उपाध्यक्ष पदका प्रत्यासी समेत हुन ।

अनलाइनमार्फत् सम्पन्न भएको उक्त कार्यक्रममा डा शर्माको प्रमुख आतिथ्य र पत्रकार महासंघमा कार्यरत विभिन्न देशलाई प्रतिनिधित्व गर्ने पत्रकारहरुमा केजिन राई ( बेल्जियम ), राजकुमार थापा ( पोर्चुगल ),प्रेम पोमु ( जर्मनी ), द्रोण रिजाल ( नेदरल्यान्ड्स ), कमल पराजुली ( स्पेन ), दिनेश गौतम ( साईप्रस ), बाबा राजेश्वरी थापा ( अस्ट्रिया ) लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ युरोपका कावा अध्यक्ष केजिन राईले गरेका थिए ।

Share