जनसम्पर्क समिति नेदरल्याण्ड्सले मनायो १११औं बिपी जयन्ति।

नेदरल्याण्ड्स
सेप्टेम्बर ११ तारिख बुधबारका दिन नेदरल्याण्ड्सको राजधानी आम्स्टरडाममा एक बृहद कार्यक्रमको आयोजना गरि नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क सामिति नेदरल्याण्ड्सले १११ औं बिपी जयन्ति मनाएको छ । जननायक स्व.विशेश्वर प्रसाद कोइरालाको जन्म जयन्तिको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको थियो । समितिका अध्यक्ष शालिक गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समितिका संस्थापक अध्यक्ष नारायण आचार्य,गैर आवासीय नेपाली संघ राष्ट्रिय समिति नेदरल्याण्ड्सका संथापक अध्यक्ष शशी पौडेल,नेपाली कांग्रेस बाग्लुंगका युवा नेता अर्जुन घिमिरे,एनआरएनए नेदरल्याण्ड्सका अध्यक्ष थानेश्वर कँडेल,एनआरएनए आइसीसी अभियन्ता फडिन्द्र पन्त,नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष द्रोण रिजाल,नेपाल व्यवसायी संघ नेदरल्याण्ड्सका अध्यक्ष अमिर देवकोटा,एनआरएनए नेदरल्याण्ड्सका निवर्तमान अध्यक्ष मिम पुर्जा,नेपाल म्युजिक फाउण्डेशन नेदरल्याण्ड्सकी अध्यक्ष साबू पौडेल,प्रवासी नेपाली मञ्च नेदरल्याण्ड्सका अध्यक्ष टिकाराम सापकोटा,समितिका बरिष्ठ उपाध्यक्ष भिम रोक्का,समितिका पुर्व उपाध्यक्ष डम्बर कोइराला, महामन्त्री जितेन्द्र श्रेष्ठ ,उपाध्यक्ष सिता थापा,पुर्व उपाध्यक्ष तथा सल्लाहकार बिष्णु पोख्रेल,एनआरएनए नेदरल्याण्ड्सका युवा उपाध्यक्ष दिनेश अर्याल,एनआरएनए नेदरल्याण्ड्सका पुर्व उपाध्यक्ष हिमाल ओझा,समितिका पुर्व अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरी),सामाजिक अभियन्ता तथा व्यवसायी गणेश कार्की,समाजसेवी धनपति कँडेल लगायतको उपश्थिति थियो ।

विसं १९७१ भाद्र २४ मा जन्मिएका कोइराला निरंकुश राणा शासनको अन्त्य गर्ने प्रमुख व्यक्तित्व हुनुका साथै विसं २००७ मा नेपालमा प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । भारतमा निर्वासनमा रहँदा कोइरालाले भारतको स्वतन्त्रताले नेपालमा लोकतन्त्रको स्थापना गर्न सहज हुने विश्वास गर्दै भारतीय स्वतन्त्रता संग्राममा सक्रिय रूपमा भाग लिएका थिए । सन् २००७ को सफल क्रान्तिपछि मोहन शमशेरको राणा–कांग्रेस सरकारमा उनले गृहमन्त्री भएका थिए । २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत हासिल गरेपछि कोइराला नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले जग्गा काम गर्नेहरूको हो भन्ने वकालत गर्दै आफ्नो कार्यकाल जग्गा व्यवस्थाको उन्मूलन र प्रगतिशील भूमि सुधारको कार्यान्वयन गर्न प्रयत्नशील रहे । तर,२०१७ साल पुस १ गते तत्कालीन राजाले कोइरालाको सरकार अपदस्थ गरी जेल सजाय भोग्नुपरेको थियो । पछि उपचारका लागि २०२५ मा रिहा भई आठ वर्ष भारतमा निर्वासनमा बसेर २०३३ साल पुस १६ गते नेपाल फर्किए । उनको फिर्ती राष्ट्रिय एकता र मेलमिलापको नीतिको साथ थियो,जसले तीन वर्षपछि जनमत संग्रहको नेतृत्व गर्यो। झुठ हतकण्डाका कारण लोकतन्त्र हारे पनि कोइरालाले जनमतसंग्रहको नतिजा स्वीकार गरे । उनको घाँटीको क्यान्सरका कारण २०३९ साउन ६ गते निधन भएको थियो । बीपी कोइरालाले आफ्नो राजनीतिक उपलब्धिको अतिरिक्त नेपाली साहित्यमा उनको उल्लेख्य योगदान रहेको छ उनका ‘श्वेत भैरवी’र ‘दोशी चश्मा’जस्ता कथा संग्रहहरू लगायत चर्चित उपन्यासहरू तीन घुम्ती,मोदी आइन,हिटलर र यहूदी,र सुम्निमा लगायतका १८ भन्दा बढी कृतिहरू प्रकाशित छन् ।
कोइराला र पहिलो निर्वाचित सरकारका अन्य नेताहरूलाई हिरासतमा राखिएको सुन्दरीजल कारागार अहिले बीपी सङ्ग्रहालयको रुपमा रहेको छ । यस संग्रहालयमा स्वर्गीय नेताको जीवन र योगदानहरू प्रतिबिम्बित गर्ने विभिन्न प्रदर्शनीहरू रहेका छन्।

समितिका संस्थापक अध्यक्ष नारायण आचार्यले बिपीको मार्गदर्शनको व्याख्या गर्दै नेपाली काङ्ग्रेस पार्टीको निर्माता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विपी कोइरालाले समय र परिस्थिति अनुसार नेपालको कम्जोर भएको राष्ट्रियतालाई मझबुद बनाउन २०३३ सालमा “राष्ट्रिय मेलमिलापको नीति”को आवश्यकता रहेको ठानेर राष्ट्रियताको लागि सबै बिचारसित मेलमिलाप गरि राष्ट्रियता बलियो र मझबुद बनाउन आवश्यक ठानेर सहमति,सहकार्य र एकताले नै राष्ट्रियता बलियो र स्थायित्व हुने ठानेर राष्ट्रिय मेलमिलापको कार्यक्रमहरु सुरु गरेको भन्दै उहाँको नीति र सिद्धान्त हामीले कहिले पनि भुल्न नहुने भनाई राखेका थिए ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समिति नेदरल्याण्ड्सका संथापक अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य शशी पौडेलले काङ्ग्रेस भित्र पक्ष र प्रतिपक्षको भुमिका सृजना गरी आ-आफ्नो गुट उपगुटको प्रतिस्पर्धामा रमाउने नेता तथा कार्यकर्ताहरु बिपीको राष्ट्रिय मेलमिलापको नितिलाई निरन्तर ध्रुवीकरण गरिरहेका छन भन्दै काङ्ग्रेस पार्टीले आफु लोकतन्त्रको हिमायती र बिपिका आदर्शहरुको जयकार गर्दै मेलमिलापको दिवस मनाउदै गर्दा गुटबन्दी कस्को कहाँ कस्ले पार्टिलाई कम्जोर र अझ कम्जोर बनाउदै छ भन्ने बिषयमा कहिले छलफल र मुल्यांकन हुन नसकेकोमा दुख ब्यक्त गर्दै राष्ट्रियताको अप्ठ्यारो परिस्थितिमा स्वर्गीय जननायक बिपी कोईरालाले देश रहे मात्र हामी रहन सक्छौ भन्ने हेतुले राष्ट्रियतालाई ओतप्रोत गर्दै प्रतिपादन गरेको मेलमिलाप नितिलाई आजको समय र परिस्थिति तथा देशको अबस्थालाई मध्येनजर गर्दै परिमार्जन गरि नीति र बिधानबाट चल्ने काङ्ग्रेस पार्टीलाई गुटबन्दी रहित बनाउन सक्नु पर्नेमा जोड दिएका थिए।

बर्तमान अवस्थामा नेपाली कांग्रेस पार्टी बीपीको प्रजातान्त्रिक समाजबादको दर्शनको मूल्य र मान्यता बिर्सेर नेतृत्व वर्गले धार बिर्सेको होकी भन्ने आसंका ब्यक्त गर्दै समयमै खबरदारी गर्न प्रवासमा रहेका प्रजातान्त्रप्रेमीहरुले भूमिका खेल्नुपर्ने औंल्याउदै निष्ठाको राजनीति गर्न अन्य अतिथि बक्ताहरुले सुझाएका थिए ।

जनसम्पर्क समिति नेदरल्याण्डका अध्यक्ष सालिक गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रम र महामन्त्री शान्ति घलेले संचालन गरेकी थिइन ।

Share