बृहद कार्यक्रमका साथ बाग्लुंग समाज बेल्जियमले गर्यो लोक गायक खत्रीलाई बिदाई ।

सुबास चाम्लिंग, काजाब्लांका बेल्जियम ।

अहिलेका सांगीतिक  क्षेत्रका चर्चित कलाकार बिष्णु खत्रीलाई बेल्जियमबाट बिदाई गरिएको छ । मुलत: लोक भाकाका होनहार गायक बिष्णु खत्रीलाई बाग्लुंग समाज बेल्जियमले हिजो क्यासेल्लो स्थित पार्क ईन नजिकै बिदाई तथा सम्मान कार्यक्रमको आयोजना गर्दै बिदाई गरिएको हो । बिदाई तथा सम्मान कार्यक्रममा गायक खत्रीले भाबुक भएर भने बाग्लुंग र सिंगो नेपालमा अनगिन्ति प्रतिभाहरू छन, मैले मात्र नभई अरूहरूको लागि पनि बिदेशमा कार्यक्रमको लागि चाजोपाजो मिलाई दिनु होला ।

अंग्रेजी र समाजशास्त्रमा माष्टर्स गरेको बौद्धिक र पन्चैबाजाका सर्जक तथा गायक खत्रीले भने लोप हुनै लागेको पन्चैबाजा युरोपमा र सिंगो नेपालमा चर्चित रहेको पाऊदा सुखानुभूति रहेको बताए । उनले भने अर्को एक प्रसंगमा भने युरोप टुरबाट मैले धेरै सिके ,जति म मा ज्ञानै थिएन । बाग्लुंग समाज बेल्जियमका अध्यक्ष महेन्द्र पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरि रोकाले स्वागत र सचिब हरि शर्माले सन्चालन गरेका थिए ।

कार्यक्रममा एनआरएन बेल्जियमका पूर्ब अध्यक्ष गंगाधर गौतम , अन्तराष्ट्रिय  पर्बत समाजका निबर्तमान अध्यक्ष झलक केसी , निबर्तमान आईसिसी सदस्य गंगा शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए । यसैबिच जन प्रगतिशिल मञ्च युरोप र नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमले हिजै गायक खत्रीको बिदाई र सम्मान कार्यक्रमको आयोजना गरेको छ । सो सम्मान कार्यक्रममा मञ्चका अध्यक्ष चित्र सुबेदी ,महासचिब कल्पना मगर , आदिबासी जनजाति महासंघ बेल्जियम अध्यक्ष बिरमान मगर , एनआरएन बेल्जियम महासचिब रूबिना शर्मा लगायतले शुभकाना मन्तब्य दिएका थिए ।

तिन महिने युरोपको सांगितिक यात्रामा बेल्जियममा रहेका गायक बिष्णु खत्रीले बेल्जियम ,फिनल्यान्ड, नर्बै ,डेनमार्क , माल्टा ,पोर्चुगल , स्पेन ,अष्ट्रिया ,चेक रिपब्लिक , लक्जेम्बर्ग ,फ्रान्स ,स्वीटजरल्याण्ड ,जर्मनी लगायत देशहरूमा आफ्नो कलाको प्रस्तुति दिएका थिए ।

Share