जाजरकोटमा बिध्यालय पुननिर्माणका लागि बेल्जियममा सांगितिक साॅझ हुँदै ।

बेल्जियम , काजाब्लांका ,क्यासेल्लो ।

गैर आवासीय नेपाली संघ बेल्जियमले जाजरकोटको भुकम्पबाट क्षतिग्रस्त भएको बिद्यालयको पुनर्निर्माण गर्न च्यारिटी सांस्कृतिक साँझ आयोजना गर्ने भएको छ ।

यही आउदो अप्रिल ८ तारिख लुभेन स्थित डोनबोस्को क्यासेल्लोमा आयोजना हुने सांगितिक कार्यक्रमबाट प्राप्त आम्दानी बिद्यालय पुनर्निर्माण गरिने एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले जानकारी गराएकी छन् । च्यारिटी – सांगितिक कार्यक्रममा भ्वाईस अफ नेपालका बिजेता किरण गजमेर र लाहुरे कान्छा लगायतका स्थानीय कलाकारहरुले मनोरन्जन दिने छन ।

कार्यक्रममा बेनेलक्सका लागि महामहिम नेपाली राजदुत गेहेन्द्र राजभन्डारी लगायत नेपाली समुदाय र स्थानीय समुदायको उपस्थिती रहने छ । बेल्जियमसंग जोडिएका वरपरकाछिमेकी देशहरू नेदरल्यान्ड, जर्मनी, लग्जेम्बर्ग र फ्रान्सका एनआरएनएका अध्यक्षहरु पनि कार्यक्रममा उपस्थित हुने बताईएको छ । क्यासेल्लो लुभेनमा आयोजना हुने कार्यक्रमको लागि एन्तवेरपेनबाट जान आउन बसको ब्यबस्था गरिएको छ ।

नयाँ बर्षको शुभकामना आदान प्रदानका साथै मनोरन्जन र खानपानको ब्यबस्था पनि गरिएको छ । नेपालमा आइपर्ने विपत्तिका साथै मातृभूमिलाई आवश्यक पर्दा गैर आवासीय नेपाली संघ लगायत विदेशस्थित संघसँस्थाहरुले हातेमालो गरेर सहयोग गर्दै आएका छन । गत वर्ष नेपालको जाजरकोटमा गएको विनासकारी भूकम्पको कारण जिर्ण बनेको बिद्यालय पुनर्निर्माणका लागि केही रकम पहिला नै संकलन भइसकेकोमा नेपाली नयाँ वर्षको अवसर पारेर अरु सहयोग जुटाउने हिसाबले एनआरएनए बेल्जियमले च्यारिटी कार्यक्रम आयोजना गरेको हो । हाल सम्म २७ लाख रूपैया जम्मा भै सकेको र कार्यक्रम सम्पन्न हुदा सम्म यो रकम बढने भएकाले ५ कोठे पक्की भवन नै निर्माण गर्न रकम पुग्ने कुरा अध्यक्ष सापकोटाले बताईन ।

Share