प्रथम फुटबल पुरस्कार २०२४ ओस्लो यूनाईटेड लाई ।

प्रेम परियार, नर्बे ।

“स्वास्थ्य र मनोरंजनको लागी खेल ” भन्ने मूलनाराको साथ स्थापित यूनाईटेड ब्रदर्श नर्वेको आयोजनामा दशै कप २०२४ फुटबल सफलतापूर्वक सम्पन्न भएको छ । यही १५ सेप्टम्बर २०२४ आईतबार सम्पन्न नर्वेको राजधानी ओस्लो शहरको ग्रोरूडको फुटबल मैदानमा सम्पन्न भएको हो । उक्त प्रतियोगीतामा नेपाली हरुको महान पर्व दशै लाई लक्षित गरि आयोज़ना गरीएको थियो । जसमा पुरुष तर्फ़ ११ र महिला ४ गरी १५ टिम सहभागी मध्ये पुरुष तर्फ़ ओस्लो यूनाईटेडले प्रथम पुरस्कार जित्न सफल भएको छ । नेपाली राष्ट्रिय धुन बजाई  निर्धारित समय ०९:३० बजे उद्द्धाटन भएको उक्त प्रतियोगीताको  एनआरएन यूरोप उप संयोजक राजु अर्याल को प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । सो प्रतियोगितामा अतिथि एनआरएन नर्बेका अध्यक्ष बिष्णु गौतम , आई सीसी सदस्य पवित्र बस्नेत , नर्बेमा क्रियाशील विभिन्न क्लब र नेपाली संघ, संस्थाको प्रतिनिधित्व गर्दै यसवर्ष ११ टिमको सहभागीता रहेको थियो । जसमा महिला तर्फ ४ टिम मात्र सहभागी थिए ।

ओस्लो यूनाइटेड र यूनाईटेड ब्रदर्श ९ टिमलाई पछी पार्दै  फाईनलमा खेलमा पुगेका ओस्लो यूनाईटेडले आयोजक टिम यूनाईंटेड ब्रदर्श लाई २-० ले पराजित गरी नगद , शील्ड, ट्रफ़ी र कप प्राप्त गरेको हो । महिला तर्फ़ ४ टिम एनआरएनए नर्बे प्रथम स्थान हासिल गरेको छ भने नेस्को नर्बे उप-विजेता बनेको छ ।  प्रतियोगितामा सहभागी १० टिमलाई पछि पार्दै ओस्लो यूनाईंटेड ले २-० को अन्तरले प्रथम भै उपाधि जित्न सफल भएको छ भने आयोजक यूनाईटेड ब्रदर्श नर्वे उपविजेता बनेको हो । प्रतियोगितामा महिला तर्फ़ सहभागी ४ टिम मध्यबाट एनआरएनए नर्बे प्रथम स्थान हासिल गर्न सफल भएको छ भने नेस्को नर्बे उप बिजेता बनेको छ । प्रतियोगितामा बेस्ट प्लेयर ओस्लो यूनाइटेडका सञ्जय तामाङ् ,सबै भन्दा बढ़ी गोल गर्ने यूनाईटेड ब्रदर्शका प्रदर्स भट्टराई, बेस्ट गोल किपर  रुपेश श्रेष्ट, उदयमान खेलाडी सफल थापा, र महिला बेस्ट प्लेयरमा एनआरएन टिम बाट करुणा थापा र फियर खेलको अवार्ड योंग डाडस ले हात पार्न सफल भएको छ ।

प्रतियोगितामा सहभागी सम्पूर्ण टिमले प्रमाण पत्र प्राप्त गरे भने प्रथम विजेता ओस्लो यूनाइटेडले ट्रफी, शील्ड, प्रमाण पत्र सहित नगद १२०००/- प्राप्त गरेको छ । आयोजक यूनाइटेड ब्रदर्श उप विजेता बनेको छ । फुटबल खेल संगै नेपाली स्वादको खाना मम:, चाउमिन ,छोएला ,खाजा र अन्य परिकारको नेपाली स्टल राखिएको थियो । आयोजकले पनि उपस्थित सम्पूर्ण दर्शकहरु लाई निःशुल्क नेपाली खाना सेलरोटी अचार र सवादिष्ट वितरण गरेको थियो । कार्यक्रम पूर्ण रूपमा सफल भएको ले आयोजक को तर्फ बाट ई. अभिषेक पोखरेलले सम्पूर्णमा धन्यबाद दिदै आभार ब्यक्त गर्नु भएको प्रतियोगितामा करीव ३०० जनाको उपस्थिति रहेको थियो ।

Share