बेलायतका सिम्खडाको एनआरएनए केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा

बेलायत, धादिंगमा जन्मिएर बेलायतमा बसोबास गर्दै आएका सक्रिय सामाजिक अभियन्ता रामशरण सिम्खडा एनआरएन युकेका संस्थापन सदस्य हुन् । १२ वर्ष लामो अन्तराष्ट्रिय दातृसंस्थासँग काम गरेका उनले २७ सयभन्दा बढी संघसंस्था आबद्ध रहेको गैरसरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्ष र कार्यकारी संयोजक, नेपाल जेसिसको केन्द्रीय प्रशिक्षक, बिभिन्न परोपकारी संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी समालिसकेका छन् ।

एनआरएनए बेलायतमा दुई कार्यकाल आइसीसी सदस्य, विधान संशोधन समितिमा तीन पटक सदस्य र संघको परोपकार समितिमा सदस्य सचिव रहेर आफ्नो जिम्मेवारी पुरा गरेका सिम्खडा सन् २०११ को एनआरएनए युकेको महासचिव समेत हून।

गैर आवासीय संघको ठुलो राष्ट्रिय समन्वय परिषद मध्यको एक र प्रबासी नेपालीहरुको बाक्लो बसोबास रहेको बेलायतमा बसोबास गरी रहेका रामशरण सिंखडा यसै वर्ष अक्टोबरमा हुने गैर आबासिय नेपाली संघको दशौ अधिवेशनमा सचिव पदको प्रत्याशीको रूपमा अगाडी बढेका छन।

सामाजिक ब्याक्तित्वका धनि सिम्खडाका अभिव्यक्तिहरुले मानव जीवनमा सकारात्मक संदेश दिएका हुन्छन | उनि भन्छन “समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई आमन्त्रण गर्नु हो । जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्छ, यही जीवनको सत्य हो । एक शान्त तलाउमा कुनैपनि माझी कुशल बन्न सक्दैन । क्रोधले त भ्रम पैदा हुन्छ जनाब, भ्रमले बुद्धि व्यग्र हुन्छ, जब बुद्धि व्यग्र हुन्छ तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन अबश्यभावी छ । त्यसैले विदुर नीति भन्छ: जीवनमा जब ठूलो कुरा प्राप्त हुन्छ, तब सानो कुरालाई नभुल्नु । किनकी सुईको काम जहाँ हुन्छ, त्यहाँ तरवारको अर्थ हुँदैन ।”-

बर्तमान अन्तरराष्ट्रिय समन्वय समिति सदस्य तथा विधान संशोधन समितिको सहसंयोजक रहेका सिम्खडाले प्रवासमा रहेका सबै प्रवासी नेपालीहरुका लागि अफनत्व हुनेगरी सक्षम, सबल र साझा एनआरएनए , शुल्क रहित साझा एनआरएनए, स्मार्ट एनआरएनए, सिप,ज्ञान, नवप्रवर्धन र दिगो साझा एनआरएनए, साझेदारी र सहकार्य सहितको साझा एनआरएनए, सबैको पहुच, उत्तरदायी र पारदर्शी साझा एनआरएनए जस्ता प्रभावकारी एजेण्डा सहित गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको बर्ष २०२१-२३ कार्यकालका लागिको सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् |

सामाजिक अभियानमा महत्वपूर्ण पदमा रहेर सफलतापुर्वक पदीय जिम्मेवारी निर्वाह  गर्दै सक्रिय रहने सिंखडालाई एनआरएनहरुले आगामी कार्यकालका लागि निरन्तर जिम्मेवारी दिनुपर्ने चर्चा प्रवासमा चलेको देखिन्छ ।

Share