पत्रकार महासंघ युरोप शाखाले ९८औ श्रृंखलामा महासचिव शर्मा संग गर्यो सात्क्षात्कार ।

नेदरल्याण्ड्स ।

नेपालमा जन्मेर १२ बर्षको उमेर देखि बेल्जियमलाई कर्म क्षेत्र बनाएर एक क्षमतावान,सकारात्मक भिजन बोकेकी दुरद्रष्टा एक तिलस्मी प्रतिभाकी धनि युवा पुस्ताकी कर्मठ प्रखर र वुलन्द आवाज साथ सामाजिक अभियानमा लागेकी समाजसेवा,मानवसेवा र मातृभूमि प्रेमको मृगतृष्णा अगाध प्रेम र सपना वोकेर आएकी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति बेल्जियमकी महासचिव रुबिना शर्मा संग अक्टुवर ५ तारिख अनलाईन जुम मार्फत नेपाल पत्रकार महासंघ युरोप शाखाले विभिन्न बिषयमा सम्बाद गरेको छ ।

नेपाल पत्रकार महासंघ युरोपले लामो समय देखी सन्चालन गर्दै आईरहेको संवाद श्रृंखलाको ९८ औ अंकमा शर्मालाई समसामाहिक बिषयमा सात्क्षात्कार गर्दै युरोपमा रहेका पत्रकारहरुले प्रश्नहरु गरेका थिए । पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको कार्यक्रमको संघका महासचिव शेर बहादुर परियार र सदस्य मुना सुनुवारले कार्यक्रम होस्ट गर्दै  संचालन गरेका थिए |

युरोप भरिका पत्रकारहरु बेल्जियमबाट केजिन राई, नेदरल्याण्ड्सबाट द्रोण रिजाल, पोल्याण्डबाट शेर बहादुर परियार,इटालीबाट महिँदो वाईवा, बेल्जियमबाट ईन्दिरा चाम्लिंग, पोर्चुगलबाट पुस्तक रेग्मी, रोमानियाबाट अमृता राई, ग्रिसबाट मुना सुनुवार, माल्टाबाट धनराज (अविरल ),पोर्चुगलबाट कलस खरेल लगायतका पत्रकारहरुको सहभागिता थियो । 

एउटै कार्यक्रमको लागि मात्र रकम वितरण गरिएको तर अन्य संघसंस्थाहरुले रकम माग्दा बेवाश्था गरिएको बिषयमा पत्राकारहरुको जिज्ञासामा जवाफ दिंदै शर्माले धेरै जसो एउटै कार्यक्रम लक्षित गरी रकम गएको हुँदा अस्पस्टता आएको उल्लेख गर्दै धेरै जसो संघसंस्थाहरुका धेरैजसो विवादहरु बजेटमै गएर अड्किने हुँदा समस्याहरु शृजना हुनु स्वाभाविक भएको औंल्याएकि थिइन् । गैर आवासिय नेपाली संघ बेल्जियमले पनि सबै संघसंस्थाहरुको लागि उनीहरुको क्राइटेरिया पुर्याएर के कस्ता कार्यक्रमहरुलाई कसरि कति रकम बिनियोजन गर्न सकिन्छ भन्नेमा ध्यान दिने हो भने त्यस्ता समस्याहरु नऊलानकि भन्दै एनआरएनएले आर्थिक पाटोलाई हेरेर सहयोग रकम वितरणको अवधारणा अपनाइयो भने आगामी दिनमा झमेला नहुनेमा जोड दिएकी थिईन ।

पत्रकारहरुको प्रश्नको जवाफ दिंदै शर्माले आफु युवा पुस्ताको अत्याधिक सभागीता रहन सकोस भन्दै अभियानमा लागेको हुँदा नेत्रित्व पक्षबाट आफ्नो  उपश्थितिलाई अनादर गरिएको दुखेसो ब्यक्त गर्दै आफु समाजकालागी केहि गर्न आएको हुँदा दोश्रो पुस्तालाई अभियानमा सम्मिलित गराउन र भोलिको नेतृत्वको आशाका किरण बोकेर आएका पुस्तालाई नेपाली भाषा, कला र संस्कृति चिनाउन विभिन्न माध्यमबाट भरमज्दुर प्रयास गरिरहेको हुँदा आगामी दिनमा आफुलाई अनादर नगर्न नेतृत्वलाई अनुरोध गरेकी थिइन् । जुनसुकै समस्याको सामाधान टेबलबाट नै गर्न सकिने हुँदा त्यसकालागि लचकता अपनाई समाधान निकाल्न सकिने हुँदा आफु त्यसका लागि तयार रहेको बताईन ।

पत्रकार महासंघ युरोप शाखाले विभिन्न समसामाहिक बिषयहरुमा समाजलाई सुसुचित गराउने उदेश्यले सम्बन्धित विज्ञहरु र समाजसेवी र राजनीतिज्ञहरुलाई सम्बाद श्रृङखलामा अतिथिको रुपमा बोलाएर उनीहरुको धारणा प्रत्यक्ष प्रसारणमा राख्ने अवसर प्रदान गर्दै आएको छ।

Share