एन आर एन नेदरल्यान्ड्सको सदस्यता आवेदन खुल्ला ११ जुलाईमा अधिवेशन गर्दै |

३अप्रिल , नेदरल्यान्ड्स |
गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सले आगामी २०२१-२३ कार्यकालका लागि नवौं अधिवेशन ११ जुलाई २०२१ आइतबारका दिन गर्ने निर्णय गर्दै मार्च २९ तारिख २०२१ देखि पंजीकृत सदस्यता नवीकरण तथा नयाँ सदस्यता आवेदन खुल्ला गरेको छ |
एन आर एन नेदरल्यान्ड्सले एक सुचना प्रकासित गर्दै नेदरल्यान्ड्स स्थित गैर आवासीय नेपालीहरुलाई सदस्यता अनलाइन प्रणाली मार्फत आवेदन दिनकालागी आह्वान गरिएको महासचिब संघर्षशील केसीले जानकारी गराएका छन् | एन आर एन नेदरल्यान्ड्सले अनलाइन मार्फत फारम भर्ने तरिका र आवश्यक कागजातहरुका बारेमा सुचना सार्बजनिक गरेको छ |

पंजीकृत सदस्यता आवेदन खुल्ला गरिएको बारे जरुरी सूचना !

आदरणीय नेदरल्याण्ड्सस्थित सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको नवौं अधिबशन आउदो ११ जुलाई २०२१ आइतवारका दिन हुने भएको यहाँहरु सबैलाई सहर्ष जानकारी गराउन चाहन्छौ ! आगामी कार्यकाल २०२१-२३ का लागि २९ मार्च २०२१ देखि पंजिकृत सदस्यता नविकरण तथा नयाँ सदस्यता आवेदन खुल्ला गरिएकोले यहाँहरुको जानकारीको लागि यो सुचना प्रकाशित गरिएकोछ ! नेदरल्याण्ड्सस्थित गैरआवासीय नेपालीहरुलाई सदस्यता आवेदनको लागि आब्हान गर्दे अनलाइन प्रणाली (System) मार्फत आवेदन दिनका लागि सूचित गरिन्छ !

१) आवेदन अनिवार्य Smart NRNA Download गरेर वा www.members.nrna.org
मा लिङक गरिएको फारम मार्फत भर्नु पर्नेछ, यसरी भरिएको आवेदन आइसीसीको (MIS) प्रणालीमा हुने भएकोले परिवर्तन नहुने हुदा सहि विवरण भर्नु पर्नेछ !

२) आवेदन फारम भर्दा इमेल, मोवाईल नम्बर र ठेगाना अनिवार्य हुनु पर्नेछ !
क) उल्लेखित इमेल वा मोवाईन नम्बर नै आफ्नो प्रोफाइलको युजर आइडी हुनेछ !
ख) आवेदन प्राप्त भएको, स्विकृत वा अस्विकृत भएको लगायतका सबै जानकारी सोही इमेलमा वा मोवाईल नम्बरमा प्राप्त हुनेछ !
ग) फारम भर्दा उल्लेख गरिएको पासवर्ड सदस्य स्वयंले सुरक्षित राख्नु पर्नेछ !

आवेदकले अनिवार्य (अनलाइनमार्फत) नत्थी गर्नु पर्ने कागजातहरु :

  • पासपोर्ट साईजको फोटो
  • पासपोर्टको प्रतिलिपी
  • हालको नेदरल्याण्ड्स आइडिको प्रतिलिपी
  • नेदरल्याण्ड्स प्रबेश गरेको २ बर्ष पुरा भएको प्रमाणित कागजात वा एनआरएनएको पुरानो आईडी कार्डको प्रतिलिपि !
  • २१-२३ कार्यकालका निम्ति पंजीकृत सदस्यता शुल्क २० यूरो निर्धारण गरिएको छ !

४) फारममा माथि उल्लेखित विवरणहरु अनिवार्य भर्नु पर्नेछ ! अन्यथा फारम स्विकृत हुनेछैन !

यो सन्दर्भमा आवश्यक जानकारीका निम्ति सदस्यता ‘वितरण र नबिकरण समिति’ संग सम्पर्क राख्न सक्नु हुनेछ !

१) संघर्षशील के.सी : संयोजक
२) अमित कार्की : सदस्य सचिव
३) राधा शर्मा कंडेल : सदस्य
४) अमिर गुरुङ : सदस्य
५) सीता सापकोटा : सदस्य
६) राजु श्रेष्ठ : सदस्य
७) खडका रोका : सदस्य
८) दीपक ढकाल : सदस्य
९) द्रोण रिजाल : सदस्य

संघर्षशील के.सी
महासचिव
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्स !

Share