नेदरल्याण्डसका पौड्याल नेपाली काङ्रेस पार्टीको विज्ञमा नियुक्ती

नेदरल्याण्डस,  नेपालको स्यांजामा जन्मिएर बिगत लामो समय देखि नेदरल्याण्डसलाई कर्मथलो बनाइ नेपाल समाज नेदरल्याण्डस, नेपाल बिकास प्रतिष्ठान, गैर आवासिय नेपाली संघ र नेपाली जनसंपर्क समिती नेदरल्याण्डसको स्थापनाकारी भूमिका निर्वाह गर्दै आएका लोकतन्त्रमा आस्थावान नीति तथा ब्यावस्थापन विज्ञ शशी कान्त पौड्याल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत विदेशमा बस्ने नेपालीहरुको हित र संरक्षण बिषयगत समितिको विज्ञ मा नियुक्त भएका छन् | नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहनु भएका पौड्याललाई नेपाली कांग्रेस पार्टीको केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत प्रवासमा बस्ने नेपालीहरुको हित र संरक्षणको लागि पार्टीले अबलम्बन गर्नु पर्ने नीति र पद्धती सम्बन्धी सुझाव र सल्लाह लिनको लागि नियुक्ती गरेको जानकारीमा आएको छ ।

प्रवासमा रहदा नेपाली जनसम्पर्क समिती लगायत बिभिन्न संघसस्थाहरुमा रहेर गैरआवासिय नेपालीहरुको हक, हित र संरक्षणमा गरेको योगदान, अनुभव र नितिगत विज्ञतालाई कदर गर्दै नेपाली काङ्रेस पार्टीले प्रदान गरेको जिम्मेवारिपूर्ण कटिबद्धताका साथ बहन गर्ने प्रतिबद्धता पनि पौड्याल ले जाहेर गरेका छन ।

पार्टीको नियुक्ती पत्र प्राप्त गर्दै पौड्यालले नेपाली काङ्रेस पार्टी, पार्टी सभापति र विभाग प्रमुख प्रति हार्दिक आभार व्याक्त गरेका छन । प्रवासमा रहदा नेपाली जनसम्पर्क समिती लगायत बिभिन्न संघसस्थाहरुमा रहेर गैरआवासिय नेपालीहरुको हक, हित र संरक्षणमा गरेको योगदान, अनुभव र नितिगत विज्ञतालाई कदर गर्दै नेपाली काङ्रेस पार्टीले प्रदान गरेको जिम्मेवारिपूर्ण कटिबद्धताका साथ बहन गर्ने प्रतिबद्धता पनि जाहेर गरेका छन ।


पार्टीको निर्देशन अनुसार युरोप अवस्थित नेपाली जनसम्पर्क समितिहरुसँग सहकार्य गर्दै जनसम्पर्क समितिहरुको बस्तुस्थिती, चुनौती र समाधानका लागि सुझावहरुको बारेमा अनुसन्धान गरि पार्टीलाई प्रतिबेदन उपलब्ध गराउने भन्ने भएको हुँदा समस्त जनसम्पर्क समितिहरुलाई सहकार्य गर्नकालागि निजको सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन ।

नेपाली समाज नेदरल्याण्डसका अविभावक साथै वारीष्ट समाजसेवी पौड्याल २००६ देखि २०१८ साल सम्म नेपाल सरकार (नेपाल पर्यटन बोर्ड) नेदरल्याण्डसको लागि अवैतानिक पर्यटन दुतको अभिभारा बहन गरेका थिए भने नेपालको शिक्षा, स्वास्थ र आपतकालिन राहतको क्षेत्रमा नेदरल्याण्डस सरकार तथा संघसंस्थाहरु सँग सहकार्य गर्दै परोपकारी कार्यहरु निरन्तर गर्दै आईरहेका छन ।.

Share