रिजाल FNJ युरोपको महासचिवमा निर्वाचित

नेपाल पत्रकार महासंघ युरोप शाखाको महासचिवमा चर्चित पत्रकार एवं नमूना नेपाल सम्पादक मण्डलका एक महत्त्वपूर्ण सदस्य द्रोण रिजाल निर्वाचित भएका छन्।

नेपालमा दर्जनौ मिडियामा काम गरेका पत्रकार रिजाल पछिल्लो समय युरोपमा निकै सक्रिय पत्रकारको रुपममा चिरपरिचित छन्।उनी पत्रकार महासंघ युरोप शाखाको सचिव,कार्यवाहक महासचिव हुँदै महासचिवमा निर्वाचित भएका हुन्।शुक्रवार भएको शाखाको निर्वाचनले रिजाललाई सर्वसम्मत महासचिवमा चयन गरेको हो।

अनुभवी,लगनशील एवं इमान्दार पत्रकार रिजाल महासचिवमा चुनिएको सन्दर्भमा शाखाको गरिमा र साखमा थप वृद्धि हुने अपेक्षा गरिएको छ।पत्रकार रिजाललाई बधाई सहित सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्दछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *