नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको नयाँ कार्यसमिति चयन ।

पोर्चुगल । 

नेपाल राष्ट्रिय तामाङ् घेदुङ नेपालका केन्द्रीय सदस्य,एनआरएन पोर्चुगल ऊपाध्यक्ष तथा तामांग समाज पोर्चुगल निबर्तमान अध्यक्ष सुजन लामाको उपस्थितीमा ४५ सदस्सीय नेपाल राष्ट्रिय तामाङ् घेदुङ पोर्चुगलको नयाँ कार्यसमिति चयन भएको छ । सर्बमान्य सागर योञ्जनको संयोजकत्वमा भद्र भलाद्मी , अग्रज र सम्पूर्ण पोर्तुगलका तामाङ्हरुको आज बसेको भेलाबाट इमान सिङ तामाङको अध्यक्षतामा उक्त नयाँ कार्यसमिति गठन भएको हो ।

नेपाल राष्ट्रिय तामाङ घेदुङ (संघ) पोर्चुगलको नवनिर्वाचित कार्यसमितिको  बरिष्ठ उपाध्यक्षमा  प्रेम गोम्जा, महिला उपाध्यक्षमा निशा तामाङ, उपाध्यक्षहरुमा क्रमशः  सबिना मनाङथेन,  फुर्बा सिङ दोङ लामा, युवराज लामा,  पासाङ लामा, सोनाम लामा रहेका छन् ।

त्यसैगरी  महासचिवमा  राजु लामा मोक्तान, सचिव : निर्मला तामाङ बज्यु सह सचिवमा  पुनम तामाङ, कोषाध्यक्षमा सागर योञ्जन लामा, सह- कोषाध्यक्षमा म्लाङ सिङ तामाङ, युवा संयोजकमा  बिकाश लामा, सह-युवा संयोजकमा लोप्साङ लामा, सास्कृतिक संयोजकमा बिशाल तामाङ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः सबी लामा लोप्चन, सेर बहादुर तामाङ , बिरेन तामाङ , लक्ष्मी तामाङ , नरजङ तामाङ , बिल मोक्तान , लमिन तामाङ , सुनिल लामा , बुद्धि तामाङ , सुनबिर लामा , साङ दोर्जे लामा , दावाङ लामा , समिर वाईवा , बिशाल तामाङ सयांङतान , सन्जु मोक्तान , सम्झना तामाङ , सुरेश पाख्रिन , उदाश तामाङ , सोम बहादुर तामाङ , सोमिला लामा बल , राजेश लामा , सुर्य लो तामाङ , नानु मोक्तान , अलिना तामाङ , जित बहादुर तामाङ , मिन तामाङ , दिपक दोङ , रोमीला तामाङ , बिध्या सागर लामा रहेका छन् ।

Share