साझा नेपाली समाजले आज आयोजना गर्ने च्यारिटि सॅाझ नोभेम्बर ११ मा हुने।

बेलायत  । 

साझा नेपाली समाजका सदस्यहरुको दुखद निधनको कारण साझा नेपाली समाजले आज सेप्टेम्बर १६ तारिख सोमबारको लागी तय गरी तयारी गरिएको खेलकुद तथा आपतकालिन सहयोग को लागी च्यारिटि साझ नोभेम्बर ११ मा सारेको छ।आफ्नै समाजका सदस्यहरु दुखित भएको शोकाकुल समयमा मनोरन्जन का कुनै कार्यक्रम नगर्ने साझा नेपाली समाजको निर्णय अनुसार कार्यक्रम सारिएको हो।

महासचिव शशांक शर्माका अनुसार यहि नोभेम्बर ११ सोमबारको दिन लेस्टरको जंगल क्लवमा खेलकुद तथा आपतकालिन सहयोग सॅाझ को आयोजना हुनेछ। यसको संयोजन समाजका पुर्व अध्यक्ष एवं ट्रष्टि रण बहादुर केसीले गर्नुहुनेछ। संयोजक केसीले कार्यक्रमलाई सफल बनाउनको लागी बेलायतका सामाजिक अभियन्ताहरु लाई आह्ववान गर्नुभएको भने यो च्यारिटि बाट उठेको रकम खेलकुद र मिडल्याण्डको नेपाली समुदायमा प्राथमिकताको आधारमा खर्च गरिने छ।

साझा नेपाली समाजका युवा अध्यक्ष दिपक सापकोटाको तर्फबाट कार्यक्रम संयोजक रण बहादुर केसीले एक सुचना प्रकासित गर्दै भन्नुभयो ” आदर्णिय साझा नेपाली समाजका सहयोगी अतिथिहरु,अभियन्ता लगायत दाजुभाई तथा दिदीबैनीहरु नमस्कार, बिषय- दुखद निधन र अत्येष्ठिको कारण च्यारिटि डिनर सॅाझ को मिति परिवर्तन गरिएको बारेमा उपरोक्त सम्बन्धमा साझा नेपाली समाजले यहि आउदो सोमबार १६ सेप्टेम्बरमा तय गरेको खेलकुद तथा आपतकालीन सहयोग संकलन च्यारिटि डिनर सॅाझको मिति परिवर्तन गरिएको सुचना दिदॅा असहज महसुस गरेको छु।साझा नेपाली समाजलाई निस्वार्थरुपले सहयोग गरिरहनु भएका हजुरहरु सबैलाई कार्यक्रमको मिति नजिकै यो खबर निकाल्न मलाई पक्कै मन थिएन। हामीले दिन रात मेहनत गरेर कार्यक्रमलाई भब्यता को साथ सम्पन्न गर्ने तयारि गरेका थियौ।तर हालै हाम्रो समाज भित्र भएका दुखद निधनले हामीलाई कार्यक्रमको मिति सार्न बाध्य बनायो। साझा नेपाली समाज भाईचाराको लागी गठन गरिएको समाज हो।आफ्नै समाजका सदस्यहरुको दुखद निधन मा हामीले मनोरन्जनपुर्ण कार्यक्रम गर्न हाम्रो नैतिकताले दिदैन।”

साझा नेपाली समाज मिडल्याण्ड स्थित अन्य स्थानिय समाजहरुको अभिभावक समाज पनि भएकोले अभिभावकत्व निभाउने क्रममा बसेको साझा नेपाली समाजको सचिवालयको बैठकले हाम्रै समाजका सदस्यहरुको दुखद निधन भएको १३औं पुन्य तिथी भन्दा पहिला कुनै पनि कार्यक्रम नगर्ने एकमत निर्णय अनुरुप च्यारिटि सॅाझको मिति सारिएको छ।

आदरणीय अतिथिहरु, नयाँ मिति तय गर्ने समबन्धमा एक दुई दिनमा शुरु हुने सोर्ह श्राद,लगतै घटस्थापना र नबरात्री,बिजया दशमी र केही दिन पछि भाई टिका जस्ता हामी नेपालीहरुका महान पर्व पर्ने र त्यो समयमा हाम्रा सहयोगि अतिथिहरु आफ्नै परिवारको साथ हुने र कार्यक्रममा उपस्थित हुन नसक्ने कुरा लाई मध्यनजर गरि सबैको लागी मनोरन्जन गर्ने उपयुक्त समय नोभेम्बर ११ सोमबारको दिन कार्यक्रमको नया मिति तय गरेको जानकारी गराउदछु।म रण बहादुर केसी कार्यक्रम संयोजकको हैसियतले साझा नेपाली समाजको तर्फबाट अशुबिधाको लागी क्षमा माग्दछु। धन्यबाद रण बहादुर केसी ट्रष्टि एवं कार्यक्रम संयोजक ।

कार्यक्रम को मिति र स्थान- मिति -११ नोभेम्बर 2024 The Jungle Club, 21 Checketts Rd, Leicester LE4 5ER Contact-Rana Bahadur Chhetri 07380 726260 07825 336016 07921 520415 07877 587962 07832889544 Tickets-£25 prepaid & £30 In gate

Share