एनआरएनए भित्र देखिएका बिकृति, जस्को कारण नयाँ पुस्ताको गन्तब्य अन्योलमा

युरोप , नेपाल सरकार कानून,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय अन्तर्गत व्यवस्थापिका संसदले वि.सं. २०६४ मा गैर-आवासीय नेपालीहरुमा नेपाल प्रतिको सामिप्यता अभिवृद्धि गरी त्यस्ता व्यक्तिलाई नेपालको सर्वाङ्गिण बिकासमा सहभागी गराउन उत्प्रेरित गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वान्छनीय भएकाले गैर-आवासीय नेपाली सम्बन्धि ऐन,२०६४ जारी गरेको मिति २०६४ भदौ १० गतेको राजपत्रमा उल्लेख छ |

एनआरएनएको रणनीतिक लक्ष्य भनेको प्रवासमा रहेका नेपालीहरुलाई संगठित गर्दै र एक छाता संगठन अन्तर्गत संसारभर छरिएर रहेका नेपालीहरुलाई गोलबन्द गर्दै उनीहरुको ज्ञान, शिप र क्षमतालाइ प्रोत्साहन गर्दै संरक्षण र सम्वर्द्धन गर्नु हो | नेपालको हितको लागि आफ्नो क्षमता र स्रोतहरुको उपयोग गरी नेपाल भित्र र बाहिर उनीहरुको हितको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य सहित विभिन्न गतिविधिहरु संचालन गर्दै आउनुपर्ने हुन्छ |

यद्यपि नेपाल बाहिर बस्ने नेपालीहरुको अधिकार र हितको प्रवर्द्धन र संरक्षण गर्न, एक वैश्विक नेटवर्क र नेपाली डायस्पोराको लागि एक साझा मंचको स्थापना गर्न , एनआरएनहरुको सुविधा र उनीहरुलाई नेपालमा लगानीको लागि आकर्षित गर्ने खालका वातावरण सृजना गर्न, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउन सरकार र सरोकारवालाहरुलाई सहयोग गरी नेपाललाई एक वृहत लगानीका अवसरहरु सहित एउटा सहि गन्तव्यको रुपमा बिकास गर्न एनआरएनएको अभियान हुनुपर्ने हुन्छ |

नेपालको पर्यटन, नेपाली संस्कृति र सम्पदाको प्रवर्द्धन र उनीहरुलाई विश्वव्यापी संरक्षणको लागी काम गर्दै नेपालको सामाजिक र आर्थिक विकासको लागि एनआरएनहरुको ज्ञान, सीप, पूँजी र अन्य स्रोतहरु परिचालन गरि मातृभूमिको बिकासमा आमुल परिवर्तनका निम्ति लाग्नुपर्ने हुन्छ।

संथाको संथागत बिकासका लागि वित्तीय अनुशासन र स्थायित्व अनिवार्य हुनुपर्दछ | प्रवासमा रहेका नेपाली कामदारहरुको निष्पक्ष र समान अधिकारहरुको प्रवर्द्धन र समर्थन गर्दै समुदायको हितको लागि सामाजिक प्रभाव पर्ने खालका गतिविधिहरु र परियोजना हरु ल्याउदै त्यसमा सबैको अफनत्व हुने वातावरण बनाउदै त्यसमा संलग्न गराउनु पर्दछ त्यसमा युवाहरुको संलग्नता झनै अपरिहार्य हुनुपर्दछ |युवा,  बालबालिका र महिलाहरुका लागि दिर्घकालिन प्याकेजहरु प्रस्तुत गर्दै कार्यन्वयन गर्नुपर्ने हुन्छ जसले गर्दा आगामी आउने नयाँ पुस्ताले संथागत आचरण र सामाजिक सहभागितामा स्वतस्फूर्त आउन सकुन |

तर समय परिवर्तन संगसंगै एनआरएनए अभियानमा प्रवासमा रहेका नेपालीहरुमा नैराश्यता आएको देखिन थालेको छ | लगभग प्रवासमा मात्र ८० लाख नेपालीहरु रहेको अनुमान गरिएको छ | ८४  वटा राष्ट्रमा एनआरएनएले संथागत संजाल बिस्तार गरिसकेको अवस्था छ | जति राष्ट्रिय समन्वय समिति विस्तार हुन्छन उतिनै भद्रगोल हुदै गैरहेको अवस्था पनि देखिएको छ | २० वटा समन्वय समिति पुरै निष्कृय भएर बसेका छन भने धेरै जसो राष्ट्रिय समन्वय समितिमा किचलो देखिएको छ | यति ठूलो संख्यामा रहेका नेपालीहरु अन्तत लगभग एक लाख जति एनआरएनएको सदस्य भएको बुझिएको छ | यसै संख्या भित्र राजनीतिक दाउपेच, गुण्डागर्दी अभ्यास र जसरिपनि आफु नेतृत्वमा जानुपर्ने ढिटपन,जस्मा साम दाम, दण्डभेद सबै अपनाएर जाने प्रवृतिले गर्दा प्रवासी नेपालीहरुमा नैरास्यता छाउनु स्वाभाविक नै हो |

लगभग प्रवासमा मात्र ८० लाख नेपालीहरु रहेको अनुमान गरिएको छ |८४  वटा राष्ट्रमा एनआरएनएले संथागत संजाल बिस्तार गरिसकेको अवस्था छ | जति राष्ट्रिय समन्वय समिति विस्तार हुन्छन उतिनै भद्रगोल हुदै गैरहेको अवस्था पनि देखिएको छ | २० वटा समन्वय समिति पुरै निष्कृय भएर बसेका छन

 

प्रवासमा रहेका नेपालीहरुको हित र संरक्षण अनि मातृभूमिको संस्कृति र आर्थिक अनि सामाजिक उन्नतिकालागी एन आर एन हरुको ज्ञान र शिप प्रयोग गर्दै सम्मुन्नत राष्ट्र बनाउन सहयोग गर्ने उदेश्य रहेको भएतापनि अन्तत चुनावी अधिवेशन आउदै गर्दा सबै कुराहरू बिर्सिएर अभद्र व्यवहारहरु प्रस्तुत भएका घटनाहरु लुकाएर पनि नलुक्ने अवस्थामा पुगेका छन् | अमेरिका र जापान जस्तो देशमा नेपाली नेपाली बिचमा हात हालाहालको अवस्था सृजना हुनु, बेलायत जस्तो सम्पन्न राष्ट्रमा चुनावकै बेला निर्वाचन समितिका सदस्य सचिब अपहरणमा पर्नु र प्रहरी द्वारा उद्धार हुनु, बेल्जियममा निर्वाचन भैरहेको स्थानमा हातपात गर्दै मतपत्र च्यात्नु, पोर्चुगलमा आपसी विवादले समयमा चुनाब हुन नसक्नु, माल्टामा एक पक्षीय निर्वाचन धोषणा गरेको भन्दै आरोप लाग्नु, केहि राष्ट्रिय समन्वय परिषद्को चुनाव केन्द्रले तोकेको समयमा हुन नसक्नु जस्ता कारणले गर्दा आउने एनआरएन अभियानमा नयाँ पुस्ताले के सिक्छन होला भन्ने जिज्ञासा आम समुदायमा आउनु स्वभाभिक हो | आगामी दिनमा प्रवासी नेपालीहरुको भावना माथि यस्ता नकारात्मक संदेश दिनेखालका गतिविधि गर्ने काम भैरहे भने नयाँ पुस्तालाई एनआरएनए प्रतिनै वितृष्णा आउने स्वाभावैले देखिन्छ |

अघिल्लो वर्ष नेपाल पत्रकार महासंघ युरोप शाखाले “कोरोना कहर र नेपालीहरुको अवस्था” को बारेमा भर्चुयल लाइभ कार्यक्रम संचालन गर्दै गर्दा एनआरएनए र अरु सामाजिक संघसंस्थाहरुसंगको समन्वयात्मक भूमिका नदेखिएको, मानव तस्करीले प्रश्रय पाएको, एनआरएनका गतिविधिले नैरास्यता छाएको विषयले विशेष प्राथमिकता पाएको थियो | जनसमुदायबाट आएका गुनासाहरु एनआरएनए नेतृत्व सम्म पुर्याउनेसम्मका कामहरु र लाइभ मार्फत सूचना प्रवाह समेत महासंघले गरेको थियो |

युरोपका केहि यस्ता देशहरु पनि छन् जहा कुनै विवाद भएनन्। लक्जम्बर्ग, ईटाली, नर्वे, स्वेजरल्यान्ड् लगाएत राष्ट्रिय समन्वय परिषदमा कुनै विवाद नभई निर्वाचन सम्पन्न भएका छन् | एनआरएनएको सामाजिक अभियान संगसंगै कतिपय राम्रा कामहरु पनि भएका छन् | राजनीतिक घेरावन्दि, आफू नै सर्वोसर्वा हुँ भन्ने डन प्रवृति, आर्थिक चलखेल र अपारदर्शी सदस्यता वितरण जस्ता विकृतिहरु जबसम्म यस संस्थामा रहन्छ तबसम्म संस्थाको आमुल परिवर्तन र पारदर्शीतामा प्रश्न चिन्न रहिरहने देखिन्छ |

अन्तराष्ट्रिय समन्वय समितिको अधिवेशन र चुनावमा त झनै डरलाग्दा गतिविधिहरु हुनेगरेको देखिएको छ | केन्द्रको अक्टोबर २३-२५ मा हुनलागेको १०औं महाधिवेशनमा जनसंख्याको आधारमा अत्याधिक मतादाताहरु रहेको देशहरुमा बेलायत, अमेरिका, र अस्ट्रेलिया रहेको मानिएको छ त्यसपछि जापान कोरियालाई मानिदै आएको छ | छोटो समयको रोजगारीका लागि बिदेशिएका नेपालीहरुमा मध्यपूर्वमा रहेका नेपालीहरु भएकाले एनआरएनए को अभियानमा भन्दा दैनिक जीवनयापन कसरि चलाउने भन्ने पीडाले पिडित भएका पाइएको छ त्यसैले उनीहरु बैदेशिक लगानी र दोहोरो नागरिकता आदिसित त्यति सरोकार राख्न चाहेको पाइन्न | सानो आर्थिक श्रोत भएको तर हरेक कुरामा बिज्ञ ब्याक्ति केन्द्रको नित्रित्व तहमा पुग्ने कल्पना समेत गर्न सक्ने अवस्था छैन | त्यसैले संथागत रुपान्तरण र विभेदकारी नीतिहरु परिवर्तनका आवाजहरु समुदायमा सुनिदै आएको आभास हुन थालेको छ |

केहि अपवादका घटना बाहेक एनआरएनएबाट सन्तुष्ठ हुन नसकेका उदाहरणहरु प्रसस्तै सुन्न पाइएको छ | यसमा बिशेसत एनआरएनए राष्ट्रिय समन्वय समिति र कुटनीतिक नियोगसंगको सहकार्यको कमिको कारण प्रवासी नेपालीको समस्या भने जस्तो तरिकाले सम्बोधन हुन नसकेको जनगुनासाहरु सुन्नमा आएका छन् | केन्द्रीय निर्वाचनमा मतदातालाई दिईने प्रलोभन, राजनीतिक नेतृत्वमा रहेका व्याक्तिहरुको ढोका चाहर्नु, उम्मेदवार उम्मेदवार बिचमा सौदाबाजी हुनु र अधिवेशन प्रतिनिधिहरुको असभ्य सैलिको प्रस्तुतीका कारण एनआरएनएलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुले अबको एनआरएनएमा आमुल परिवर्तन, पारदर्शिता र संथागत गतिविधिहरु चुस्त हुन सकेन भने आउने भावी पुस्ताले एनआरएनए अभियानमा सहभागी हुन सोच्न बाध्य हुनेछन | त्यसैले अब आउने नयाँ कार्यसमितिले प्रवासमा रहेका लगभग ८० लाख नेपालीहरुलाई संथा प्रति उनीहरुको अफनत्व हुने खालका योजना ल्याउन र कार्यकाल भित्रै लागु गर्न नितान्त जरुरि छ |

Share