अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन नेपाल सरकारको आग्रह

अफगानिस्तान, अफगानिस्तानको राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिन थालेपछि अफगानिस्तानका दूतावास र अन्तर्राष्ट्रिय सहायता समूहसँग सुरक्षा कर्मचारीको रूपमा काम गर्ने अनुमानित १,५०० नेपालीलाई नेपाल सरकारले आइतबार उद्दारको आह्वान गरेको छ ।

अफगानिस्तानमा रहेका नेपालीका परिवारलाई समेत आफन्तलाई सम्पर्कमा ल्याइदिन, आफन्तको फर्म भरेर सम्पर्क गराइदिन सहयोगकालागि आग्रह गरेको छ । दिल्लीमा रहेको नेपाली राजदुतावासको समन्वयमा उद्दार तथा नेपाल फिर्ताको व्यवस्था मिलाइने सरकारले उल्लेख गरेको छ ।

वैधानिक तथा अवैधानिक तरिकाले अफगानिस्तान पुगेका नेपालीहरुलाई सरकारको सम्पर्कमा आउन नेपाल सरकारले आग्रह गरेको हो । अफगानिस्तानमा रहेका नेपालीका परिवारलाई समेत आफन्तलाई सम्पर्कमा ल्याइदिन, आफन्तको फर्म भरेर सम्पर्क गराइदिन सहयोगकालागि आग्रह गरेको छ । दिल्लीमा रहेको नेपाली राजदुतावासको समन्वयमा उद्दार तथा नेपाल फिर्ताको व्यवस्था मिलाइने सरकारले उल्लेख गरेको छ ।

अफगानिस्तानमा नेपाल को कूटनीतिक उपस्थिति छैन । अफगानिस्तानलाई भारतको दिल्लीस्थित नेपाली दुतावासले हेर्दै आएको छ । तर हजारौं नेपालीहरु अफगनिस्तानस्थित बिभिन्न देशको कूटनीतिक क्षेत्रहरुमा सुरक्षा गार्डको रूपमा काम गर्छन् । त्यसबाहेक अन्य क्षेत्रमा मजदूरी गर्ने नेपालीको संख्या समेत जोड्दा १५ हजारको हाराहारीमा रहेको बताइएको छ ।

यसैबिच नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

वैधानिक तथा अवैधानिक तरिकाले अफगानिस्तान पुगेका नेपालीहरुलाई सरकारको सम्पर्कमा आउन नेपाल सरकारले आग्रह गरेको हो । अफगानिस्तानमा रहेका नेपालीका परिवारलाई समेत आफन्तलाई सम्पर्कमा ल्याइदिन, आफन्तको फर्म भरेर सम्पर्क गराइदिन सहयोगकालागि आग्रह गरेको छ । दिल्लीमा रहेको नेपाली राजदुतावासको समन्वयमा उद्दार तथा नेपाल फिर्ताको व्यवस्था मिलाइने समेत सरकारले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

Share