एनआरएनए युरोप महिला संयोजकमा बर्षाको उम्मेदवारी घोषणा

नेदरल्यान्ड्स,  नेपाली कला संस्कृतिलाई प्रवर्धन र संरक्षण गर्नकालागी बिगत लामो समयदेखि निरन्तर अभियानमा लागेकी नेपाली कलाकर्मी नायिका बर्षा खड्काले युरोप महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी छन् | नेपाली सिनेक्षेत्रमा निरन्तर महत्वपूर्ण भूमिकामा अभिनय गर्दै नेपाली कला संकृति र सांगीतिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएकी खड्का गैर आवासीय नेपाली संघको सामाजिक अभियानमा समेत विभिन्न पदमा रहेर सफलतापुर्वक आफ्नो पदीय दाईत्व निर्वाह गरिसकेकी छिन |

बर्षा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको निवर्तमान महिला उपाध्यक्ष, अन्तरास्ट्रिय नेपाली कलाकार समाज ( ईनास ) कि सल्लाहकार साथै नेपाल म्युजिक  फाउण्डेसनकी अध्यक्ष समेत हुन् | एनआरएनएको विभिन्न अभियानहरुमा प्रत्यक्ष सहभागिता जनाउदै आएकी खड्काको युरोपभरी कलाकार  मात्र नभएर सामाजिक अभियन्ताको रुपमा समेत ख्याती कमाएकी छन् |

बर्षाको उम्मेदवारीले महिलाहरुको आवाज र अधिकारका निम्ति र नेपाली कला र संकृतिका जगेर्नाको निम्ति कोशेढुंगा साबित हुनेमा दुईमत नरहने सामाजिक अभियन्ताहरुले ठहर गरेका छन् | प्रवासमा रहेरपनि नेपाली कला र संस्कृतिलाई निरन्तरता दिदै  एनआरएनएको सामाजिकअभियानमा अझ सक्रिय रहेर काम गर्ने अठोटका साथ आगामी अक्टुबरमा हुन गैरहेको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको बर्ष २०२१-२३ कार्यकालकोलागि युरोप महिला संयोजकमा उम्मेदवारी घोषणा गरेको खड्काले बताएकी छन |

Share