एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा पुन: नियुक्त आजै सफतग्रहण संगै मन्त्रीमंडल गठन |

 

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष खड्क प्रसाद ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन्। नेपालको संविधान ७६ को दफा ३ अनुसार ठुलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् | २७ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा बहुमत सिद्ध गर्न नसकेपछि राष्ट्रपति विद्या भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमामा दलहरू बहुमतको सरकार बनाउन असफल भएका थिए । संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा सो भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनका लागि दिएको ३ दिनको समय सीमा कुनै पनि पार्टीले सरकार निर्माणको दाबी प्रस्तुत गर्न सकेका थिएनन । रास्ट्रपतिले बहुमत जुटाउन दिएको समयसिमा भित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि ओलीलाई प्रधानमन्त्री हुने बाटो खुलेको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्ति जारी गर्दै बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्मको समयमा कुनै दलले दाबी पेस नगरेको लिखित रुपमा सार्वजनिक जानकारी गराएका थिए ।
बहुमतको सरकार गठन हुन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबैभन्दा ठुलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले ४३  औँ प्रधानमन्त्रीका रुपमा २०७८ वैशाख ३१ गते शुक्रवार अपराह्न शपथग्रहण गर्ने कार्यक्रम रहको थियो  । प्रधानमन्त्रीमा नियुक्त भए पनि ओलीले एक महिनाभित्र सांसदबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पाटी एकजुट हुनुपर्ने थियो । तर जसपाभित्रको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार निर्माणमा अनुदार भएपछि दलहरूले बहुमतको सरकार बनाउन नसकेका हुन् । जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई समूह भने ओलीको विकल्प खोज्नुपर्ने पक्षमा थियो । अब केपी ओली नेतृत्वको सरकारलाई महन्थ ठाकुर समूहले विश्वासको मत दिएमा पुरा कार्यकाल अर्थात् करिब दुई वर्ष आगामी निर्वाचनसम्म सरकार निर्विवाद चल्नेछ भने विश्वासको मत नदिएको अवस्थामा भने पुनः संविधानको धारा ७६ को उपधारा ५ अनुसार संसद्को कुनै सदस्यले बहुमत रहेको दाबीसहित सरकार गठन गर्न सक्नेछ। यस्तो सरकारले एक महिनामा सांसदबाट विश्वासको मत हासिल गर्न नसकेमा देश नयाँ चुनावमा जाने बाटो खुल्ने छ ।७ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा नेकपा एमालेमा चरम विवादमा थियो । सोही कारण एमालेको माधव नेपाल समूहले विश्वासको मत दिन संसद् बैठकमा नै सहभागी भएन ।

पार्टीको ह्विप समेत उल्लङ्घन गरेर ओलीलाई विश्वासको मत नदिएपछि धेरैलाई अब एमाले विभाजित हुन्छ भन्ने निष्कर्षमा थिए । तर संसदीय राजनीतिमा सरकार बनाउनका लागि संसद्मा पर्याप्त सिट चाहिन्छ, जुन ओलीसँग थियो । विश्वासको मत लिँदा सबै दलले विपक्षमा मत हाले पनि उनको पक्षमा ९३ मत परेको थियो । यदि सो दिन एमालेको माधवकुमार नेपाल पक्षका २८ सांसद र तटस्थ बसेको महन्थ ठाकुर समूहले मात्रै मत दिएको भए ओलीले विश्वासको मत पाउने अवस्था जीवितै थियो । तर नेपाल पक्ष संसद्मा नै अनुपस्थित हुने निर्णयसँगै ठाकुर समूहले मत दिँदा पनि विश्वासको मत प्राप्त नहुने अवस्था भएको हुँदा अन्ततः तटस्थ बसेको थियो । नेपालको ४३ औं प्रधानमन्त्री बन्न सफल ओलीले आजै दिउँसो साढे २ बजे रास्ट्रपति समक्ष सपथ लिई सकेका छन् ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा रास्ट्रपति कार्यालयले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रीमंडल गठन भएको छ |
मन्त्रीमंडल यस प्रकार रहेको छ |
१) केपी शर्मा ओली :- प्रधानमन्त्री तथा रक्षा
२) इश्वर पोख्रेल :- उपप्रधानमन्त्री
३) राम बहादुर थापा :- गृह
४) तोप बहादुर रायमाझी :- उर्जा, जलश्रोत तथा सिंचाई
५) बिष्णु पोख्रेल :- अर्थ
६) प्रदिप ज्ञावली :- परराष्ट्र
७) हिर्ध्यश त्रिपाठी :- स्वास्थ्य तथा जनसंख्या
८) लेखराज भट्ट :- उद्योग बाणिज्य तथा आपूर्ति
९) कृष्ण गोपाल श्रेष्ठ :- शिक्षा बिज्ञान तथा प्रविधि
१०) प्रभु शाह :- सहरी बिकाश
११) भानुभक्त ढकाल :- संकृति पर्यटन तथा नागरिक उड्ययन
१२) मणिचन्द्र थापा :- खानेपानी
१३) पद्मा कुमारी अर्याल :- कृषि तथा पशुपंक्षी बिकाश
१४) बसन्त कुमार नेंवांग :- भौतिक पूर्वाधार तथा यातायात
१५) गौरी संकर चौधरी :- श्रम रोजगार तथा सामाजिक सुरक्षा
१६) पार्वत गुरुङ :- सुचना तथा संचार
१७) डा शिवमाया तुम्बाहाम्फे :- भुमि ब्यबस्था, सहरी बिकाश तथा गरिबी निवारण
१८) लिला नाथ श्रेष्ठ :- कानुन न्याय तथा संसदीय ब्यबस्था
१९) गणेशशिंह ठकुरी :- संघिय मामिला तथा सामान्य प्रसासन
२०) प्रेम बहादुर आले :- बन तथा बातावरण
२१) जुली कुमारी महतो :- महिला बालबालिका तथा जेस्ठ नागरिक
२२) दावा लामा तामांग :- युवा तथा खेलकुद
२३) नवराज रावत : राज्यमन्त्री स्वास्थ्य तथा जनसंख्या
२४) रामबिर मानन्धर :- राज्यमन्त्री सहरी बिकाश
२५) बिमला बिक :- राज्यमन्त्री उद्योग, बाणिज्य तथा आपूर्ति

 

Share