ईजरायलमा भिषण आक्रमण, नेपालीहरु सुरक्षित

ईजरायल, मेइ १५ , पछिल्लो समय ईजरायल र प्यालेष्टाईन विच तनाव बढेपनि हाल सम्म ईजरायलमा रहेका सबै नेपालीहरु सुरक्षित रहेको नेपाली राजदुत डा. अन्जान शाक्यले बताएकी छिन् । उनले गाजा क्षेत्रबाट हाल सम्म हजारौ भन्दा बढि रेकटहरु आक्रमण भैरहेको र ईजरायलमा बसोबास गरिरहेका नेपाली नागरिक लगायत सबै जनताहरु त्रासित भएको जानकारी गराएकी थिईन ।

मेइ १५ तारिख शनिवार विहान नेपाल पत्रकार महासघं युरोप शाखाको ५७ औं शृंखलाको विशेष कार्यक्रममा ईजरायलमा रहेका नेपालीहरुको अवस्थाका बारेमा आपतकालिन राखेको कार्यक्रममाराजदुत डा. शाक्यले ईजरायल देशमा रहेको डोम जसलाई डिफेन्स सिस्टम भन्छन उसलेगर्दा विद्रोही समुह हमास , जिहादी लगायतहरुले हानेको राकेट अकासमै सिध्याउने भएकोले खासै ठुलो क्षति नभएको जानकारी दिएकी थिईन । रकेट अक्रमण हुने भएपछि आईरन डोमले संकेत गर्छ र हामी सबै बॅकरमा सुरक्षित हुन जान्छौ , यदी ईजरायलको यो डिफेन्स सिस्टम नभएको भए हामी कोही पनि बाच्ने थिएनौ ,दुई दिन पहिला हमासले आक्रमण गरेपछि भारतिय मुलकी एक नागरिकको मृत्यु भएको छ यसबाट हामी सबै दुखि छौ राजदुत डा. शाक्यले कार्यक्रममा जानकारी गराईन। राजदुत डा. शाक्यले ईजरायल सरकारले प्यालेस्टाईनबाट आक्रमण हुने भएपछि विश्वभरका राजदुतहरुलाई जुम मिटिगंबाट बोलाएर सबै विदेशी नागरिकहरु आफनो नागरिक भएको र उहाहरुको सुरक्षा आफुहरुको जिम्मेवारी भएकोले जानकारी दिएको बताउॅदै उनले हरेक दिन आफुहरुकोबसोबास गरिरहेको घरलाई नै लक्षित गर्दै आक्रमण गरिरहेको र रात कटाउन समेत सबैलाई गाह्रो भईरहेको बताएकी थिईन ।

त्यस्तै तेल अभिभस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख अर्जुन घिमिरेले हालसम्म सबै नेपाली सकुशल नै रहेको उल्लेख गर्दै सावधानी अपनाउनका लागि सबैमा अनुरोध गरेका थिए । हामी यहाँ भएका नेपालीहरूसँग निरन्तर सम्पर्कमा नै छौँ र राजदूतावासले उहाँहरूलाई सूचना पनि दिइरहेकै छ। अहिलेसम्म कतै पनि नेपालीहरूलाई समस्या नपरेको बुझिएको छ भन्दै उनले पछिल्लो द्वन्द्वबाट बढी प्रभावित दक्षिणी ईजरायलमा कृषिसम्बन्धी अध्ययन र आयआर्जनका लागि लगभग डेढ सय विद्यार्थी आएको र उनीहरूको अवस्था पनि सुरक्षित रहेको जानकारी दिए। त्रासमा हामी सबै छौँ  किनभने चेतावनी दिने साइरन राति पनि दुई या तीन पटक सम्म बज्ने गर्छ। म पनि आफ्नो सानो छोरा च्यापेर साइरन बज्ने बित्तिकै सुरक्षित ठाउँतर्फ दौडिने गरेको छु घिमिरेको भनाई थियो।

कार्यक्रममा सहभागी  ईजरायलमा कार्यरत तिर्थ गौतमले पनि ईजरायलको दक्षिणी भेकमा धेरै विद्रोहीहरुले धेरै आक्रमण गरिरहेको जानकारी गराएका थिए। इजरायली हवाई हमलाले गाजा पट्टीमा एसोसिएटेड प्रेस कार्यालयहरू रहेको उच्च उचाई भवन ध्वस्त पारेको छ। इजरायली सेनाले उक्त भवन खाली गर्न आदेश दिएको झन्डै एक घण्टा पछि यो हवाई हमला भएको थियो।एसोसिएटेड प्रेस, अल जजीरा र केही कार्यालय र अपार्टमेन्टहरूलाई लक्षित गर्दै आक्रमण गरेका थिए । आक्रमणमा कम्तिमा १३९ जनामा ३९ जना केटाकेटी र २२ जना महिलाको मृत्यु भएको संचार माध्यमहरुले जानकारी गराएका छन ।

पत्रकार महासघं युरोप शाखाका महासचिव द्रोण रिजालको संचालनमा भएको कार्यक्रममा एफएनजे युरोपका बरिष्ठ उपाध्यक्ष केजिन राई , उपाध्यक्ष रविचन्द्र भट्टराई , कोषाध्यक्ष ईन्दिरा चाम्लिगं र कार्यसमिती सदस्य साईप्रसका पत्रकार दिनेश गौतमले सहजीकरण गरेका थिए |

Share