सुबास चाम्लिंग, काजाब्लांका क्यासेल्लो ।
बिश्व आदिबासी दिवस बेल्जियमको लुभेन शहरमा अन्तरकृया गरेर सम्पन्न भएको छ । ३० औ बिश्व आदिबासी दिवस अन्तरकृया कार्यक्रममा प्रमुख अतिथी नेपाली दुताबास ब्रसेल्सका उप नियोग प्रमुख रमेश गैरे रहनु भएका थिए । प्रमुख अतिथी गैरेले कार्यक्रमको पामसमा बत्ति बालेर उदघाटन गर्दे संयुक्त राष्ट्र संघले बिश्वभर नै आदिबासीहरूको कला -सस्कृति ,भाषा-धर्मको संरक्षण गर्दै जान निर्देश गरेकाले सबैले पालना गर्दे रहेको बताऊनु भयो ।
गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सिता सापकोटाले बिशिष्ठ अतिथीको रूपमा ३० बर्ष अघि जेनेभा कन्भेन्सनले प्रदत्त गरेको आदिबासी हक हित र अधिकार प्राप्तिका लागि नेपालको सन्दर्भमा सरकारलाई सजग बनाई रहनु पर्ने बताऊनु भयो । नेपाल आदिबासी जनजाति महासॅघ बेल्जियमको आयोजनामा भएको ३० औं अन्तराष्ट्रिय आदिबासी दिवस महासंघका अध्यक्ष बिरमान मगरको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सन्चालन रबिन राई र स्वागत सूर्य श्रेष्ठले गरेका थिए ।
अध्यक्ष मगरले आदिवासीबारे संयुक्त राष्ट्र महासंघको अभिशंधि आईएलओ १६९ र संयुक्त राष्ट्र संघको आदिबासी घोषणापत्र २००७ को अक्षरस पालना गर्न सरकारलाई माग गर्नु भयो । कार्यक्रम सहआयोजक मातृसॅस्थाहरू बिश्व मगर संघ बेल्जियम , तमु समाज बेल्जियम ,पाशापुच बेल्जियम , तामांग समाज बेल्जियम , शेर्पा किदुक बेल्जियम , किरात राई सोसाईटी बेल्जियम ,किरात याक्थुम चुम्लुंग बेल्जियम र थकाली सेवा समिति रहेका थिए ।
कार्यक्रममा जातिय मातृसंस्थाहरूको तर्फबाट अध्यक्षहरू होम गुरूंग , लोक राना ,बदन योंगहांग , अनिता लामा , सूर्य नारायण श्रेष्ठले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संघिय समाज बेल्जियम नेत्र मगर, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई , जन सम्पर्क समितिका गुरूंग , जन प्रगतिशिल मन्चका महासचिब कल्पना मगर , प्रवासी नेपाली मन्चका सूर्य श्रेष्ठ , मगर संघका पूर्ब अध्यक्ष मार्के मगर ,तमु समाजका पूर्ब अध्यक्षहरू ओमराज गुरूंग , संगिता तमुस्यो ,किराचु महासचिब कला इधिंगो ,तमु समाज निबर्तमान महासचिब सूर्य बहादुर गुर्रूंग लगायतले मन्तब्य दिनु भएको थियो । कार्यक्रमका प्रायोजकहरू नेत्र मगर , याम छन्त्याल ,कल्पना मगर , लोक राना , बाल कुमार सुब्बा लगायतलाई महासंघले धन्यबाद दिएको थियो ।