घलेको अभिब्याक्ती र दुष्प्रचार प्रति पत्रकार महासंघ युरोपले गर्यो घोर भर्सना |

युरोप | नेपाल पत्रकार महासंघ युरोप शाखाले संस्थाको बैधानिकता माथि सार्वजनिक रुपमा गैरजिम्मेवारी अभिब्याक्ती र दुस्प्रचार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ |

पत्रकार महासंघ युरोप शाखाका प्रवक्ता दिल निशानी मगर द्वारा जनावरी ४ तारिखका दिन हस्ताक्षेरित प्रेस नोटमा तमु ल्होसार बेल्जियमका कार्यक्रम संयोजक नन्दराज घलेले सामाजिक संजालमा संस्था प्रति गैरजिम्मेवार अभिब्याक्ती र दुस्प्रचार गरेको भन्दै त्यस्तो गैरजिम्मेवार अभिब्याक्ती फिर्ता गर्नका लागि अनुरोघ गरेको छ |

प्रेस नोटमा भनिएको छ ;  “नेपाल पत्रकार महासंघको अविच्छिन्न शाखाको रूपमा आवद्ध भइ युरोपका नेपाली पत्रकारहरुको साझा संस्थाको रूपमा क्रियाशील युरोप शाखा र यसका पदाधिकारीहरुको बारेमा भ्रमपूर्ण प्रचार गरेकोप्रति घोर भत्सर्ना गर्दै त्यस्ता गलत अभिव्यक्तिको खण्डन गर्दछौं ।” 

कार्यक्रम संयोजक घलेलाई अर्को संस्थाको बैधानिकता माथि प्रश्न उठाउने कुनै नैतिक अधिकार, आधार र औचित्य नभएको जारि प्रेस नोटमा भनिएको छ |

कार्यक्रम संयोजक घलेले दिएको अभिब्याक्ती र दुष्प्रचार खण्डन गर्दै उक्त अभिब्याक्ती सार्वजनिक आत्मालोचना नगरे शाखाले सिंगो तमु समाजको मात्र नभई उनी संलग्न सम्पूर्ण सार्वजनिक कार्यक्रम र समाचारहरु युरोपभरी बहिष्कार गर्ने जानकारी गराएको प्रेस नोटमा उल्लेख गरिएको छ |

Share