समुन्द्र मुनिको देश नेदरल्याण्ड्स :- राजनीतिक पार्टीहरुको आ-आफ्नै बिशेषता ( भाग एक )

नेदरल्याण्ड्स |   युरोपको उत्तर पुर्बी भूभागमा अवस्थित नेदरल्याण्ड्स दक्षिणमा बेल्जियम, पूर्वमा जर्मन र पश्चिम उत्तरमा (उत्तरी एटलान्टिक सागर) समुन्द्र   रहेको छ | यहाँको उत्तर देखि दक्षिण सम्मको लम्बाई ३०० किलोमिटर र पुर्व देखि पश्चिम तर्फको चौडाई १८० किलोमिटर रहेको छ भने क्षेत्रफल ४१८७३ स्कुआयर (बर्ग)  किलोमिटर छ | यहाँको एक तिहाइ १९% भन्दा बढी भूभाग समुन्द्र सतह भन्दा मुनि रहेको छ |

युरोपियन मुलुक भित्र  मोनाका (मोनाको), भ्याटिकन सिटि,सनमारियो (सनमारिनो) र माल्टा पछिको भूगोल अनुसार जनघनत्वको आधारमा सबैभन्दा बढी जनसंख्या भएको देशहरु मध्येको  ५औं स्थानमा नेदरल्याण्ड्स रहेको छ । सन् २०१९ ,नोवेम्बर को जनगणना अनुसार  नेदरल्याण्ड्सको जनसंख्या १,७४,२४,९७८ रहेको थियो भने अक्टोबर २०२१ को डाटा अनुसार नेदरल्याण्ड्सको जनसंख्या १,७५, ८२, ४९३ रहेको छ ।  यो देशको राजधानी आम्स्टरडाम हो, यहाँको जनसंख्या अन्य सहरको भन्दा धेरै छ | लगभग १० लाख जती मानिसहरुको बसोबास त यसै राजधानीमा रहेको छ  | तर पनि यहाँका सबै प्रशासनिक निकायहरु अर्को  ठुलो (तेस्रो ठुलो) शहर द हेगमा अवश्थित छन् जहाँ अन्तराष्ट्रिय न्यायालय समेत त्यहि रहेको छ | सरकारका सबै संसदीय क्रियाकलापहरु द हेग बाटै संचालित हुने गरेका छन् |  

नेदरल्याण्ड्समा जम्मा १२ वटा प्रान्तहरु छन् | सबै प्रान्तका आ-आफ्नै बिशेषताले परिचित रहेका छन् जसले गर्दा पर्यटकहरुले सबै प्रान्तहरुमा उत्साहका साथ अवलोकन गर्न सक्नेछन | युरोपको सबैभन्दा ठुलो बन्दरगाह यसै देशको दोश्रो ठुलो शहर रोटरडाम (Rotterdam)मा अवस्थित छ | जसलाई युरोपोर्ट पनि भन्ने गरिन्छ र यो युरोपको प्रवेश द्वार पनि हो |

नेदरल्याण्ड्सको पासपोर्ट लिएका लगभग १८,००००० ( १,८ मिलियन ) को संख्यामा रहेका मानिसहरु (जस्को १०% जम्मा जनसंख्याको ) जन्म  नेदरल्याण्ड्समा नभएकाहरु छन् त्यसमध्ये यहाँकी रानीको समेत जन्म अर्जेन्टिनामा भएको हो | सन्  १९७० तिर तुर्की (टर्की) र मोर्रोक्को बाट कामको (रोजगारको)  सिलसिलामा धेरै मानिसहरु  नेदरल्याण्ड्स आएका थिए | सन् १९८० देखि २००० को समय भित्र विभिन्न देशमा भएको युद्दका कारण शरण  लिनका लागि धेरै शरणार्थीहरु  नेदरल्याण्ड्स आएका थिए | त्यस्तो कठोर अवस्थामा उनिहरुलाई  नेदरल्याण्ड्स सरकारले बसोबासको लागि स्थाई बसोबासको  अनुमति दिएको थियो | बेल्जियम , सुर्यनामी र  नेदरल्याण्ड्स सहित लगभग २३०००००० ( २३ मिलियन ) (२ करोड ३० लाख) मानिसहरु डच भाषा बोल्दछन | यहाँ मौसमको कुनै ग्यारेन्टी (भरोसा) हुँदैन कुनैपनि बेला मौसम परिवर्तन हुने गर्दछ |

 

नेदरल्याण्ड्स राजा सहितको प्रजातान्त्रिक  अर्थात संबैधानिक राजतन्त्रात्मक मुलुक हो | तर राजालाई एकदमै कम (न्युन) अधिकार दिइएको छ भने राज्य संचालनका लागि धेरै अधिकारहरु भने संसदमा नै निहित रहेको छ | यहाँ प्रत्येक ४ / ४ वर्षमा संसदको चुनाब हुन्छ | सांसदहरुले छलफल पश्चात कुनै योजनाका बारेमा नियमकानुनहरु संसदले बनाउछ । मन्त्रिपरिषदले तयार परेका योजनाहरु संसदमा पेश गरिन्छर संसदले उक्त योजना वा नियमहरु पास गरेपछि मात्र कार्यन्वयनमा ल्याउने गर्दछन | 

यहाँका धेरै मानिसहरु क्रीचियन धर्म मान्दछन र जिससलाई भगवानको (परमेश्वर ) छोरा भन्नेमा बिश्वास गर्छन | यहाँका मानिसहरु इमान्दार (मेहनती), कर्ताब्यनिस्थ र राज्यप्रति बफादार छन् | कसैले कसैलाई भेदभाव नगर्ने र जुनसुकै धर्मावलम्बिहरुलाई आ-आफ्नो धर्म मान्न र जातजातिहरुका लागि यहाँ धार्मिक र जातिय स्वतन्त्रता छ |

नेदरल्याण्ड्सले सन् १९५८ जनवरी १ तारिख युरोपियन युनियनको सदस्यता र २६ मार्च १९९५ मा युरोप भित्रको सेन्जन ( स्चेङेन्)देशहरुको (सेन्जन मुलुकको)  सदस्य रहनेगरी  सदस्यता पाएको थियो |

संसदीय अवस्था (व्यवस्था )  :-

सरकारमा राजा, प्रधानमन्त्री र मन्त्रीहरुको संयुक्त सहभागिता रहन्छ | सम्बन्धित निकायका मन्त्रिहरु र सम्बन्धित मन्त्रालयका प्रमुख सचिवहरुको समन्वयत्मक भूमिका एकदमै राम्रो (प्रभावकारी) हुने गर्दछ |नेदरल्याण्ड्समा दुई किसिमको संसदीय सदनको ब्यबस्था छ | पहिलो सदन इर्थ कामर (एर्स्त कामर)( Earste Kamer )जस्मा जम्मा ७५ जना सभासदहरु रहन्छन भने दोश्रो सदन  ट्वेडे (ट्वेद) कामर  ( Tweede kamer )जस्मा जम्मा १५० सभासदहरु रहने व्यवस्था छ | दुवै सदनले सरकारका हरेक क्रियाकलापहरुमा निगरानी राख्दछन | कुनै पनि नयाँ नियम बनाउदा पहिले सम्बन्धित निकायको मन्त्रीले पहिले आआफ्नो नयाँ प्रोपोजल संसदमा पेस गर्दछ त्यसपछि त्यो प्रोपोजल त्वेड़े कामर  ( Tweede kamer )मा छलफलका लागि पेस हुन्छ पेस भैसकेपछि सम्बन्धित क्षेत्रका विज्ञहरुको रायलाई समेत लिएर  ब्यापक छलफल हुन्छ र ब्यापक छलफल पश्चात भोटिंग सिस्टमबाट पास भएपछि उक्त प्रोपोजल पहिलो सदन इर्थ कामर ( Earste Kamer )मा जान्छ र सोहि प्रक्रिया बाट दुवै सदनबाट पास भएपछि मात्र  मन्त्रि परिषदले उक्त प्रोपोजललाइ अनुमोदनका लागि अन्तिममा राजाको हस्ताक्षरको लागि पठाइन्छ र हस्ताक्षर पश्चात अन्तिम प्रोपोजल सम्बन्धित क्षेत्रमा लागु गरिन्छ |

नेदरल्याण्ड्समा जम्मा १२ वटा  प्रान्त छन् भने  ३४७  वटा नगरपालिकाहरु छन् | सबै नगरपालिकाहरुका आआफ्नै नियमहरु छन् | प्रत्यक ४ / ४ बर्षमा स्थानीय र संसदको चुनाब हुने गर्दछ | स्थानीय नगरपालिकामा नगर प्रमुखका लागि र प्रतिनिधि सभाका लागि १८ बर्ष उमेर पुगिसकेका नागरिकहरु बाट मतदान हुने गर्दछ भने  बहुमत प्राप्त पार्टीको नेतृत्वमा मन्त्रिपरिषद गठन हुन्छ | सरकारी र ब्याक्तिगत कामका लागि कसैलाई भेट गर्नु परेमा सम्बन्धित ब्याक्ति संग पहिले नै अपोइन्टमेन्ट अनिवार्य बनाउनु पर्दछ |

नेदरल्याण्ड्सका निम्न मुख्य पार्टीहरु रहेका छन् |

१ )  VVD ( भेभेडे ) :- Volkspartij voor vrijheid en Democractie . ( स्वतन्त्र र लोकतान्त्रिक पिपुल्स पार्टी ) |

यो पार्टी  नेदरल्याण्ड्सको हकमा उदार र कन्जरभेटिभ खालको पार्टी हो | यो पार्टीले राजनीतिक , सामाजिक र आर्थिक मामिलामा सबै व्याक्तिहरुको स्वतन्त्रतालाई ठुलो महत्व राख्दै स्वतन्त्रता चाहन्छ | सक्षम नागरिकहरुले अनिवार्य काम गर्नुपर्दछ भन्ने आसयले गर्दा कोहि बेरोजगार हुनुहुदैन भन्ने आसयले बेरोजगारी सेवा सुविधाहरुका लागि कडा रुपमा प्रस्तुत हुन्छ | सामान्यतया यो पार्टी युरोपीय आर्थिक एकताको समर्थन गर्दछ | यो पार्टी युरोपको अन्तरास्ट्रिय लिबरल ( The liberal international )र लिबरल डेमोक्राट्स गठबन्धन ( Alliance of liberals and Democrats )को सदस्य पनि हो | अहिलेका प्रधानमन्त्री मार्क रुट्टे यहि पार्टी बाट आएका हुन |

२)  PVDA ( पेभेडेआ ) (PvdA):- Partij van de Arbeid ). ( मजदुर (लेबर ) को पार्टी |

यो एक सामाजिक (समाजवादी) लोकतान्त्रिक पार्टी हो | यो पार्टी सबै नागरिकहरुका लागि बढी सामाजिक ,राजनीतिक र आर्थिक रुपमा समान दृस्टीकोण चाहन्छ | यो पार्टीका सदस्यहरु धनि र गरिब बिचको भिन्नता चाहदैनन | धनि मानिसहरुको आम्दानी बढी हुनाले उनीहरुले सरकारलाई पनि बढी तिर्नु पर्ने राय राख्दछ | यो पार्टी ज्ञान ,सिप, शक्ति र आयको समान वितरण चाहन्छ |साम्मान्य तया यो पार्टीलाई लेवर पार्टी भनिन्छ तर पनि यो पार्टीको कुनै ट्रेड युनियन संग कुनै औपचारिक सम्बन्ध छैन | तथापि यो पार्टीका राजनितिग्यहरु आफ्नो क्यारियर सुरुगर्नका निम्ति FNU ट्रेड युनियन मा कडा लिंकस राखेका हुन्छन | यो पार्टी सन् २०१४ सम्म सोसियलिस्ट इन्टरनेसनल ( Socialist International )को सदस्यमा सुचिकृत थिएन | यो पार्टीको नेतृत्व lodewijk Asscher गरेका थिए भने पछिल्लो अवस्थामा  Lilianne Ploumen) ले गर्दै आएकी  छन्  |

३) SP ( यस पे ) :- Socialististie Partij . ( समाजबादी पार्टी ) |

यो समाजबादी पार्टी एक बामपन्थी पपुलिष्ट पार्टी हो | सन् १९७० र १९८० को दशकमा यो एउटा माओबादी पार्टीको रुपमा थियो र त्यो समयमा जन गणतन्त्र चीनले यो पार्टीलाई समर्थन गरेको थियो | सन् १९९१ देखि यो पार्टीले कम्युनिस्ट विचारधारा छोड्दै बढी स्वतन्त्रता  कम कट्टरपन्थी लोकतान्त्रिक समाजबादको सिद्दान्त छनौट गर्यो किनकि उनीहरुलाई धेरै समय देखि माओबाद र PRC भनेर निन्दा गरियो जसले गर्दा पार्टी समाज देखि समाजबाद सम्म भन्दै परिवर्तन गरियो | यो पार्टीले युरोपियन संसदमा युरोपीय संयुक्त बामपन्थी र नर्दिक ग्रिन बामपन्थीमा स्वतन्त्र पार्टीको रुपमा काम गर्दछ | यो पार्टी बिशेस गरेर गरिब र बिरामी नागरिकहरुको रेखदेख गर्नुपर्दछ र धनि मानिसहरुले राज्यलाई धेरै कर तिर्नुपर्दछ भन्ने मान्यता राख्दछ | यो पार्टी नेदरल्यान्ड्सले युरोपका अन्य राष्ट्र संग कम सहकार्य गर्नुपर्दछ भन्ने मान्यता राख्दछ | यो पार्टीको नेतृत्व  Lilian Marijnissen ले गरेकी छन्  |

४) P.V.V ( पेभेभे ) :- Partij Van de Vrijheid. ( स्वतन्त्र पार्टी ) |

यो एउटा दक्षिणपन्थि , रुढिबादी र उदारवादी स्वतन्त्र पार्टी हो |  यो पार्टी सन् २००४ बाट VVD पार्टीबाट विभाजित भएर बनेको पार्टी हो | यो पार्टीको स्थापना Geert Wilders ले गरेका हुन | कर ( Tax )कम गर्नुपर्दछ भन्ने कुरामा यो पार्टी बढि खोजि गर्दछ | इस्लामिक र गैर पश्चिमी देशबाट आउने नागरिकहरुलाई अध्यागमनमा यो पार्टी सिमित गर्न चाहन्छ | यो पार्टी विदेशबाट आएका  नेदरल्याण्ड्समा बसोबास गर्ने नागरिकका लागि कडा नियमहरु बनाउन चाहन्छ जसले गर्दा बिदेशीहरु प्रवेस नगरुन भन्ने चाहन्छ | यो पार्टी पनि युरोप रास्त्रहरु संग सहकार्यका लागि कम सहयोग चाहन्छ |

५) CDA ( सेडेआ  )     :- Christen Democratisch . ( इसाई प्रजातान्त्रिक (लोकतान्त्रिक)  पार्टी ) |

यो पार्टी अन्य इसाई हरुको पार्टी भन्दा अलिक बढी स्वतन्त्रता चाहन्छ | यो पार्टी बाइबल ग्रन्थका बिचारहरु सबैले लिउन भन्न चाहन्छ | यो पार्टी स्वतन्त्र उद्धम लाइ समर्थन गर्दछ | सरकारी गतिविधिहरु पुरक हुनुपर्दछ भन्ने सिद्दान्तलाई समाहित गर्दछ | राजनीतिका छेत्रमा यो पार्टीको दर्शन VVD को ” ब्याक्तिबाद ” ( Individiulism ) र  PVDA को “शान्खिकिया ” ( Statism ) सिद्दान्तको बिचमा उभिएको देखिन्छ | यो पार्टी युरोपियन आर्थिक, सांकृतिक र राजनीतिक एकताको पक्षमा हुने गर्दछ | यो पार्टीको नेतृत्व Sybrand Van Haersma Buma ले गर्दै आएका थिए भने पछिल्लो समयमा   Wopke Hoekstra ले गर्दै आएका छन् |

६) D66 ( डे जेस जेस ) (डे सेस एन सेस्तक)  :- Democraten 1966 .

सन् १९६६ मा स्थापना भएको यो पार्टी एक केन्द्रबादी सामाजिक उदारवादी पार्टी हो | स्थापना कालदेखि नै चुनाबी दौरानमा यो पार्टी ब्यापक उतारचढावमा हुने गर्दछ | जातीय र धार्मिक सहिस्णुताको कट्टर समर्थकको रुपमा हुने गर्दछ | यो लिबरल इन्टरनेसनल को एक सदस्य पनि हो | यो पार्टी प्रजातन्त्रमा बिश्वास राख्दछ | यो पार्टी प्रत्येक नगर वा सहरहरुमा नागरिकहरुबाट मेयर छनौट गर्नुपर्दछ भन्नेमा बिश्वास राख्दछ | यो पार्टीको नेतृत्व Sigrid Kaa ले गरिरहेकी छिन  |

७) Groen Links :-   (बातावरणीय पार्टी )

यो पार्टीको स्थापना सन् १९८९ मा भएको हो | यो पार्टीले बातावरणको बारेमा प्राथमिकता राख्दछ | यो पार्टी धनि मानिसहरुले सरकारलाई अनिवार्य धेरै कर बुझाउनु पर्दछ भन्ने मान्यता राख्दछ | बिदेशी , गरिब मानिसहरुलाई समान अवसर दिइनु पर्दछ भन्नेमा बिश्वास राख्दछ | यो पार्टीको नेतृत्व Jesse Klaver ले गरिरहेका छन् |

८) Christen Unie :- ( क्रिस्चियन प्रजातान्त्रिक पार्टी )

यो पार्टी एक सामाजिक रुडिबादी क्रिस्चियन प्रजातान्त्रिक पार्टी हो | गर्वपतन ( Abortion) , इछामृत्यु ( Euthanasia ) र समलिंगी बिवाह  ( Gay Marriage ) को बिरुद्दमा रहन्छ  र त्यस्तै नैतिक मुद्दाहरुमा केन्द्रित रहन्छ | इमिग्रेसन र बातावरण ( Immigration and the enviroment ) को छेत्रमा भने प्राय यो पार्टी बामपन्थी पार्टी संग नजिक हुन्छ | यो पार्टी युरोपियन एकता को बारेमा संकास्पद ब्यबहार राख्दछ | यो पार्टी युरोपियन क्रिस्चियन राजनीतिक आन्दोलनको संथापक सदस्य हो र युरोपियन संसद भित्रको युरोपेली कन्जरभेटिभ ( European Conservatives ) र शुधारबादी समूह ( Reformists Group ) मा काम गर्दछ | नेदरल्यान्ड्समा यो पार्टीले बाइबलका नियमहरु मान्दछ | यो पार्टी गरिबहरुको बिशेस ख्याल गर्नुपर्छ भन्ने मान्यता राख्दछ | यो पार्टीको नेतृत्व Gert – Jan Segers ले गरेका छन् |

९) SGP ( यसखेपे ) :-  Staatkundig Gereformeerde Partij. ( The Reformed Political Party ) . ( सुधारबादी राजनीतिक पार्टी )

यो पार्टी रास्ट्रिय स्तरमा एउटा सानो पार्टी हो | क्रिचियन युनियन भन्दा बलियो नैतिक दृष्टिकोण राख्ने हुनाले इसाईहरुको अधिकारका लागि बनेको पार्टी हो | यो पार्टीले केहि रुढिबादी सुधार नगरपालिकाहरुमा एउटा महत्वपूर्ण शक्तिको रुपमा स्थापित हो | यो पार्टी युरोपियन कन्जरभेटिभ ( European Conservatives ) र सुधारबादी समूह ( Reformists Group ) भित्र रहेर काम गर्दछ भने युरोपियन एकता को बिरोध गर्दछ | यो पार्टी युरोपियन क्रिस्चियन राजनीतिक आन्दोलन को एक सदस्य हो | यसका सदस्यहरु बाइबल अनुसार त्यस्तै जीवन बिताउनु पर्दछ भन्नेमा मान्यता राख्दछन | भर्खरै मात्र यो पार्टीका महिलाहरुलाई राजनीतिमा अनुमति दिइएको छ | यो पार्टीको नेतृत्व Kees Van de Staaij ले गरेका छन् |

१०) PVDD ( पेभेडेडे ) :- जनावरको अधिकारका लागि पार्टी | Party for the Animals ) .

यो पार्टीका संथापक Marianne Thieme ) हुन | यो पार्टी बिशेसत पशु अधिकार का लागि बनेको पार्टी हो । यो पार्टीको नेतृत्व Esther Ouwehand ले गरेकी  छन |

क्रमस : अर्को अंकमा 

Share