यो बर्ष जतासुकै डाक्टरले हारेको बर्ष

काठमाडौं | समय र परिश्थिति अनुकुल भएनभने कहिले काही नसोचेको व्यहोर्नु पर्दोरहेछ | परिश्थिति अनुसार चल्न सकिएन भने जानेर नजानेर नतिजा आफ्नो अनुकुल नआउदो रहेछ | नियम सबैमा लागु नभएपनि कहिले काँही कसैकसैलाई प्रतिकुल वातावरण भैदिदा कतै ग्रह नै बिग्रेको त हैन भन्ने हुदोरहेछ | समय यस्तो निष्ठुरी भैदियो की केहि डाक्टरहरुलाई वर्ष २०७८ सन् २०२१ अफावशिद्ध जस्तै भयो | केहि अपबाद बाहेक धेरै डाक्टरहरुको यो बर्ष राजनीतिक यात्रा नफापे जस्तै भयो  |

नेकपा एमालेको १० औं महाधिवेशनमा डा. भिम रावललाई खड्ग प्रसाद वलीले पराजित गरिदिए | डा. पराजयको यात्रा त्यहाबाट मात्र सुरु भएको होइन सामाजिक संथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा पनि डा.को पराजय भएको घटना सेलाउन नपाउदै राजनीतिक पार्टीहरुको महाधिवेशन सुरु भयो | डा. नेताहरु धमाधम उम्मेदवारी घोषणा गर्दै निर्वाचनमा होमिए | उनीहरुलाई के थाहा समय आफु अनुकुल छैन भनेर केपी संग डा. रावल पराजित पछि डा.हरुको पराजय यात्रा सुरु भयो | सर्लाहीका डा. अमरेश कुमार सिंह महाधिवेशन प्रतिनिधि चयनमा नै चिप्लिए उनित एउटा प्रतिनिधिपात्र मात्र हुन् |

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा डा. शेखर कोइरालालाई शेर बहादुर देउवाले हराए, हार्नेमा उपसभापतिमा डा. चन्द्र भण्डारी पनि परे महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मासंग मात्र ३ जना डा.हरु; डा. प्रकाश शरण महत, डा. मिनेन्द्र रिजाल, डा. राजाराम कार्कीले पराजय व्यहोर्नु पर्यो | अहिले सम्मत ३ वटा राजनीतिक पार्टीहरुको महाधिवेशन भैसकेको छ अन्य ठुला साना राजनीतिक दलहरुको महाधिवेशन आउन बांकीनै छ अझै कति डा.हरुले उम्मेदवारी घोषणा गर्ने हुन्  हेर्न बाँकी छ | गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशन संघारमा थियो कति डा.हरुले उम्मेदवारी घोषणा गरेका छन्  | समय अनुकुल वा प्रतिकुल महाधिवेशन टरेको टरेकै छ | हुनसक्छ उनिहरुलाई पनि सन् २०२१ वा बर्ष २०७८ बलियो वर्ष थिएन कि नत्र अदालत र परराष्ट्रको झमेलामा किन पर्नुपर्थ्यो र | राजनीतिमा धेरै डा.हरु पराजय वा असफल भएको देख्दा डा.हरुलाई राजनीति नाफावेको होकी भन्ने टिप्पणीहरु सामाजिक संजालहरुमा छरपष्ट देखिन थालेका छन् |

Share