अन्तत ठडियो ऐतिहासिक धरोहर भिमसेन धरहरा, प्रधानमन्त्री वलीले गरे उद्धाटन |

महारानी ललित त्रिपुरा सुन्दरीले तत्कालिन मुख्तियार भिमसेन थापालाई धरहरा निर्माणका लागि आदेश दिए अनुसार बिस १८३२ मा २०२ फित अग्लो १८ तले धरहरा निर्माण भएको थियो | बिस १९९० को भूकम्प बाट उक्त धरहरा भत्किन पुगेपछि तत्कालिन प्रधानमन्त्रि जुद्ध सम्सेरले ११ तला सम्म पुनानिर्मान गरेका थिए | बिक्रम संम्बत २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले उक्त ऐतिहासिक धरहरालाइ भाग्नावशेसको रुपमा परिणत गरिदियो जस्मा परेर पांच दर्जन मानिसको ज्यान गएको थियो भने धेरै अंगभंग भएका थिए |

इतिहाससंग जोडिएको ऐतिहासिक स्थलमा रहेको देशको गौरब धरहरा पुनर्निर्माणका लागि २०७२ फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा वलीले उक्त ऐतिहासिक धरहरा हामीलेनै बानाउनुपर्छ भन्ने संदेश दिदै अभियान चलाएका थिए | राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा लगाएत संरचना जीआइटिसी / रमण जेभी कन्ट्रक्सनलाइ निर्माणका लागि जिम्मेवारी दिएको थियो | उक्त अभियान अन्तर्गत २४ करोड रकम जुटेको कार्यक्रममा प्रधानमन्त्री वलीले जानकारी गराएका थिए | धरहरा पुनर्निर्माण गर्नकालागी वरपरका जमिन खाली गर्नकालागी लगभग २ वर्ष लागेको थियो | संगै रहेको गोस्वारा हुलाकलाइ बबरमहलमा सारिएको थियो |

४२.२ रोपनी जग्गामा पुनर्निर्माण हुनाकालागी ३.४८ बिलियन रकम लाग्ने जनाइएको थियो | बिस २०७५ पुस १२ गते पुनर्निर्माणका लागि सिलान्यास गरिएको थियो | रु पाँच अर्व ७६ करोड लागत अनुमान गरिएको भएतापनि रु तिन अर्व ४८ करोडको लागतमा ठेका भई काम भएको र सम्पूर्ण संरचना तयार गर्न केहि समय लाग्ने जनाइएको छ | नवनिर्मित सुनधारा क्षेत्र भित्रमा ऐतिहासिक भिमसेन धरहरा, चार तले भूकम्प एबं मुद्रा संग्राहालय, आकासेपुल, अत्याधुनिक पार्किंग ब्यबस्था, आन्तरिक र बारह्य पर्यटकका लागि मनोरम बगैचा र २४औ घण्टा पानि खस्ने सुन्धारा निर्माण हुने भएको छ |

उद्धाटन कार्यक्रममा बिस २०७८ लाइ बिसेष बर्षको रुपमा घोषणा गर्दै प्रधानमंत्री केपी शर्मा वलीले राजधानीका सडकलाई सहयोगापेक्षी, बालबालिका र भिखारी मुक्त हुनेगरी स्थापित गरिने कोहि अलपत्र हुनु नपर्ने र सरकारले अभिभावकत्व लिने घोषणा गरेका थिए | खनिज एबं प्राकृतिक सम्पदाले युक्त नेपाललाई सम्पन्न पार्दै दाता राष्ट्रका रुपमा अघि बढाउने योजनामा सरकार लागेको बताउदै मोबाईल, कम्पुटर र टेलिभिजन जस्ता इलेक्ट्रोनिक सामग्री जुन जनतालाई आवास्यक छन् तिनीहरु आफ्नै देशमा उत्पादन गर्दै उत्पादक देशको रुपमा स्थापित गर्ने भनाइ प्रधानमत्री वलीले राखेका थिए | स्मरण रहोस बि.स. २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट ८९७९ जनाको मृत्यु भएको २२९०० जना घाइते भएका थिए भने धरहरामा मात्र ६० जनाको मृत्यु भएको थियो |

Share