जुलाई ११ मा चुनाब भव्यरुपमा सम्पन्न गर्दै एन आर एन नेदरल्याण्ड्स, गठन भए विभिन्न समितिहरु

नेदरल्याण्ड्स, आगामी कार्यकाल २०२१-२३ का लागि गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको अप्रिल २९ तारिख बसेको १२ औँ बैठकले अधिवेशन सम्पन्न गर्नका निम्ती एनआरएन नेदरल्याण्ड्सका अध्यक्ष श्रीराम कंडेलको अध्यक्षतामा बसेको बैठकले बिभिन्न समितीहरु गठन गरेको छ । बिशेषत निर्वाचन समितिलाई मध्यनजर गर्दै कार्यसमितिको बैठकमा ठाकुर प्रसाद शर्मा ( मनोहरी ) र फणिन्द्र पन्तको नाम समितिको सम्योजकमा परेपछी ब्यापक छलफल पस्चात पन्तलाई निर्वाचन समितिको सम्योजकमा चयन गरिएको हो | त्यसैगरि सदस्यहरुमा शालिक गौतम, उत्तम कंडेल, उदय नेपाली र बिकास शर्मा रहेका छन ।

भौतिक रुपमा अधिवेशन सम्पन्न गर्न अहिलेको बर्तमान अवस्था अनुकुल नदेखिएकाले सहमति र सहकार्य गर्दै बिभिन्न संघ सन्था, ब्याक्ती र समुदायहरुसँग छलफल र समन्वय गर्ने उदेश्यले पुर्व अध्यक्षहरु समेत रहनेगरी समन्वय र सहकार्य भूमिका खेल्न ठाकुर प्रसाद शर्मा (मनोहरी )को सम्योजकत्वमा समन्वय र सहकार्य सहित बार्ता समिती गठन भएको छ जस्मा पुर्व अध्यक्षहरु शशी पौडेल, हरि पौडेल, नारायण आचार्य, कृष्ण राज अधिकारी, हिमाल गुरुङ र बर्तमान अध्यक्ष श्रीराम कंडेल रहेका छन ।

बिधान संशोधन समितिमा धनकुमार बोहराको संयोजकत्वमा जितेन्द्र श्रेष्ठ र किरण आर्याल रहेका छन् |

निर्वाचन प्रचारप्रसार समितिको सम्योजकमा द्रोण रिजाल र सदस्यहरु शाबु पौडेल, ध्रुब न्यौपाने लाई चयन गरेको छ । त्यसैगरि ब्यबस्थापन समितिमा श्रीराम कंडेलको संयोजकत्वमा हिमाल ओझा, अच्युत कट्टेल, अशोक पराजुली, कुश बजगाई, बर्षा खड्का , हेम कुमार भुजेल, संघर्षशील केसी, खेमलाल सापकोटा, रेशम गुरुङ, ध्रुब न्यौपाने, श्रीधर पाण्डे र राम पोख्रेल सदस्य रहेका छन् |

खानपिन ब्यबस्थापन उपसमितिमा मिम पुर्जा संयोजक र थानेश्वर कंडेल, खेमलाल सापकोटा सदस्य रहेका छन् | त्यसैगरी अतिथि सत्कार उपसमितिमा राधा शर्मा कंडेल संयोजक र सिता सापकोटा , शाबु पौडेल सदस्य रहेको बिभिन्न समितिहरु समेत गठन गरिएको संघका महासचिब संघर्षशील केसिले जानकारी गराएका छन ।

एक एनसिसि एक प्रोजेक्ट अन्तरगत रामेछाप जिल्लाको दोरम्बा ३ टोकरपुर स्थित कन्ठेश्वर माध्यमिक बिधालयको भौतिक संरचना अन्तगत कम्पाउण्ड वाल निर्माणमा सहयोगका निम्ति त्यहाँको बस्तुस्थितिको अवलोकन गरि आवस्यक रहेको खण्डमा र बिधालयले आधा रकम स्थानीय तह बाट संकलन गर्नसक्ने भए मात्र आधा रकम सहयोग गर्ने १२ औं बैठकले निर्णय गरेको थियो |पछिल्लो अवस्थामा कोरोना भाइरसले आक्रान्त परेको नेपालको विषम परिस्थितिमा स्वाथ्य सम्बन्धि आवस्यक सामग्रीहरुको अभाब र अस्पतालमा बिरामीहरुको अवस्था दर्दनाक रहेकाले उक्त च्यारिटी प्रोजेक्टको रकम अन्तरास्ट्रिय समन्वय परिषद मार्फत तत्काल सहयोग गर्नुपर्ने युरोप संयोजक नारायण आचार्यले अपिल गरेका छन् | यो बिषयमा छलफल गर्नका निम्ति मई ४ तारिख मंगलबारका दिन आकस्मिक मिटिंग राखिएको महासचिब संघर्षशील केसीले जानकारी गराएका छन् |

गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको आगामी २०२१-२३ कार्यकालका लागि मार्च २९ देखि पन्चिकृत सदस्यता नवीकरण तथा नयाँ सदस्यता आवेदन खुल्ला गरिसकेको र जुलाई ११ तारिख अधिवेशन गर्ने निर्णय अघिल्लो बैठकले गरिसकेको संघका अध्यक्ष श्रीराम कंडेलले जानकारी गराए ।

Share