एनआरएनए १०औ महाधिवेशनको नियती नजिकबाट नियालेर हेर्दा |

शशी पौड्याल, नेदरल्याण्ड्स |

गैरआवासिय नेपाली संघको १० औ महाधिवेशनले तीन, तीन जना अध्यक्षहरु सहित करिव २२० जना कार्यसमितीका पदाधिकारी र सदस्य चयन गरिसकेको सार्वजनिक हुँदै गर्दा अझ मनोनयन गरिने पदहरु थप गर्न बाँकी नै रहेको देखिन्छ । शेष घलेको नेत्रित्वमा बनेको पाण्डव सेनालाई पराजय गर्न कुमार पन्तको नेत्रित्वमा बनेको कौरव सेना मार्फत संस्थागत एकता कायम गर्न चाडक्य (रण)निती अपनाएको दाबी तीन मुखे नेत्रित्वले सामाजिक सन्जाल माफर्त गरेको सुन्न पाईन्छ । तर कौरव पक्षमा एकता भन्दा बढि भिन्नता भएकाले भागबण्डामा लडाईंबाट कौरव सेना तैनाथ भएको भनि बुझ्न सामान्य मानिसलाई पनि गार्हो छैन । तसर्थ एनआरएनएको हस्तिनापुरमा कौरव र पाण्डव विचको भिडन्तको बिउ पनि तीनमुखे अध्यक्षको नजिर नै हुन सक्ने स्पष्ट देखिन्छ ।

सन्क्षिप्त रुपमा हेर्दा कौरव पक्षलाई तीन भागमा विभाजित गर्न सकिन्छ । पहिलो पक्ष जुन सामदाम दण्डभेद गर्दै अराजकता फैलाएर शक्ती आफ्नो हातमा लिने र मोजमस्ती गर्दै हस्तिनापुर सखाप पर्नेहरु । यो पक्षलाई न बिधी, न बिधान, न पद्दतिको मतलव रहयो तर बाहिर कुरा गर्दा भने यिनिहरुले बिधी, बिधान र पद्दतिको ठुलो इस्सु बनाए । आफ्नो स्वार्थ पुर्ती हुने भए बिधानसम्मत जाने नत्र बिधान मिचेर नँया नजिर बनाएर स्वार्थ पुर्ति गर्ने साथै धर्म, निष्ठा र नैतीकताको कुनै महत्व नराख्ने । दोस्रो पक्ष जुन संस्थागत बाटो खोज्दै हस्तिनापुर सखाप पार्नबाट जोगाउछौ भन्दै धिर्तराष्ट्रको भूमिकामा रहन खोज्नेहरु । आफुहरुले नचाहदा नचाहदै पनि हस्तिनापुर जोगाउने बहानाले शक्ती सन्तुलन गरेर भए पनि कौरव सेनामा सहभागि बन्नेहरु । तेस्रो पक्ष जुन दुई पक्षको लडाईंको फाईदा उठाउदै शक्तीको लागि खोचे थाप्दै चान्स मा डान्स गर्नेहरु । पहिलो दोस्रो र तेस्रो पक्षलाई सरसर्ती हेर्दा यिनिहरु बिच एकता कायम गर्न सकिने न्युन आधारहरु देखिन्छन । पदको भागभण्डा मिलाउदैमा संस्थागत एकता कायम गरियो भनि सोची हाल्नु पर्ने त्यति ठुलो बौधिकता लाग्दैन । गैरआवासिय नेपाली संघको अभियानमा अग्र पंतिमा रहेर सफल नेत्रित्व गरेका अग्रजहरुलाई स-सम्मान संस्थामा जोड्न नसक्नु मा नेत्रित्व फेलियर भएर नै भन्ने बुझिन्छ ।

प्रमुख संरक्षकको नेत्रित्वमा आव्हान गरिएको महाधिवेशनलाई बैधानिकता दिलाउछौ भनि लाग्नेहरुले अन्तत्वगत आफ्नो स्वार्थको सामना भएपछि सो महाधिवेशन अबैधानिक भन्न पुगेको थियो । संघको बिधानको धारा १६.१.४ ले संरक्षक परिषदलाई महाधिवेशन बोलाउने अधिकार दिएको छैन भन्ने कुरा सबैलाई स्पष्ट नै थियो साथै केहि एनसिसि हरुको म्यान्डेट पाएको भन्ने कुरामाले बैधानिकता दिन सकिने अवस्था छैन र थिएन पनि । प्रमुक्ष संरक्षकलाई पनि यस्ता कुरा त अवस्य थाहा नै हुनु पर्ने हो तर प्रमुक्ष संरक्षकलाई साथ दिनेहरुले विविध प्रलोभनमा पारे र आखिर आफ्नो स्वार्थ पुर्ती भए पछि साथ छोडेको भन्ने नै बुझिन्छ । यहाँ नेर पनि यो पक्ष निष्ठा, नैतीकता र धर्ममा चुके कै साबित भएको छ ।

शेष घलेको बिरुधमा बनेको गठ्बन्धन स्वार्थैस्वार्थमा जोडीएको गठबन्धन सबित भै सकेको साथै एनआरएनएमा शेष घलेको अतुलनिय योगदान रहेको र उनि एक मिलनसार सामाजिक र ब्यावसायिक सफल ब्यक्तित्व भएकोले अधिकाँस गैरआवासिय नेपालीहरुले शेष घले प्रति भएको व्यवहार निन्दनिय ठानेका छन । साथै अधिकाँस पन्जिक्रित सदस्यहरुले तीन तीन जना अध्यक्ष सहितको संरचनालाई अस्विकार गरेको सामाजिक संजालबाट नै प्रष्ट देखिन्छ । त्यसैले पनि शेष घलेलाई पाखा लगाउन बनेको गठ्बन्धन संघको लागि दुर्भाग्य बन्न सक्ने सम्भावना प्रवल देखिन्छ । यस्तो कौरवी संरचनाले न संघको साख न संस्थागत एकतालाई सम्बोधन गर्न सक्ने देखिन्छ जुन संघ कै ईतिहासमा एक ठुलो दुर्भाग्य सबित हुने सन्भावना धेरैले अनुमान लगाएको पाईन्छ ।

शशी पौड्याल, गैर आवासिय नेपाली संघ नेदरल्याण्ड्सकासंस्थापक अध्यक्ष र पुर्व प्रमुख संरक्षक साथै पुर्व केन्द्रिय सल्लाहकार, मानार्थ परिषद सदस्य पनि हुन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *