नेदरल्याण्ड्समा यौन ब्यबसाय र  यौनकर्मिहरुको ब्यबस्थापन 

४ वैशाख, नेदरल्यान्ड्स।  नेदरल्याण्ड्सको राजधानीआमस्टरडाम लगायत अन्य  केही शहरहरुमा पर्यटक आकर्षण गराउने उदेश्य अनुरुप यौनकर्मिहरुका लागि एउटा निस्चित एरिया तोकेर यौनजन्य कृयाकलाप गर्न पाउने स्थानिय सरकारले अनुमती दिएको छ । त्यसैगरी जर्मनीको हमबर्गमा रिपरबहन, थाईलेण्डमा बैककको सोइ काउबोइ, बेल्जियममा ब्रुस्सेल्सको रुईद आएर्सत र जापानमा टोकियोको सिन्जुकु जस्ता प्रचलित स्थानहरु रहेका छन | 
सन २००० देखी उक्त कृयाकलाप गर्न पाउने अधिकार पाए पस्चात पर्यटन ब्यवसायलाई प्रवर्धन गर्न यौन उधोगको रुपमा बिकशित भएको हो  ।

कला र सॅंस्कृति, फुलको सहर, म्युजियमको सहर, उत्कृष्ठ चिजको उत्पादन हुने देशको रुपमा मात्र नभएर  यौनजन्य कृयाकलापहरु हेर्न र प्रयोग गर्न धेरै देशका पर्यटकहरु नेदरल्याण्ड्स आउने गरेका छन ।
नेदरल्यान्ड्समा निर्धारित क्षेत्रमा कानूनी दायरमा रही पूर्ण वयस्क व्यक्तिले स्वेच्छाले यौन व्यवसाय गर्नु वा यौनकर्मी हुनु भनेको एक किसिमले पेशा नै हो । यिनीहरुले सरकारी नियममा रहेर स्थानीय प्रशासन बाट वर्क परमिट लिनुपर्ने र स्वास्थ्य रिपोर्ट अनिवार्य राख्नुपर्ने हुन्छ | डाक्टर, इन्जिनियर, राजनितिज्ञ, सरकारी कर्मचारीजस्ता अन्य व्यवसाय वा पेशाजस्तै समान पेशा हो यौनकर्मीको पेशा  । न्याय तथा सुरक्षा मन्त्रालयअन्तर्गत पर्ने यस पेशामा संलग्न यौनकर्मीको स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति नै नेदरल्यान्ड्सको  सरकारले  एक मुख्य  एजेण्डाको रुपमा लिएको छ ।

एउटा निस्चित एरियालाई तोकेर खोलिएको उक्त स्थान संसारभर आमस्टरडामको रेड लाइट एरिया नामले प्रख्यात छ । पुतली झैं बिकिनी पोशाकमा सजिएर ग्राहकको पर्खाइमा रहेका यौनकर्मिहरुका कृयाकलापहरु प्रत्यक्ष हेर्न र अनुभब गर्न सकिने भएकाले युरोप भ्रमणमा आएका पर्यटकहरु आमस्टरडामको रेड लाइट एरियामा बाक्लो रुपमा देखिन्छन  ।


एक अध्ययनअनुसार नेदरल्याण्ड्समा करिब २५ हजार यौनकर्मीहरू यौन व्यवसायमा सक्रिय छन्, जसमध्ये ९० प्रतिशत महिला, ५ प्रतिशत पुरुष र ५ प्रतिशत ट्रान्सजेन्डर छन् । यी सबैको कार्यस्थल रेडलाइट एरिया हुन्, जहाँका  रातो बत्त्ति र  पर्दा लगाइएका घरहरूमा मात्र यौनाकर्मिहरुले  यौनकार्य गर्न पाउछन  । त्यहाँ रातो बत्ती बलेको क्षेत्र महिला यौनव्यवसायी र नीलो बत्ती बलेको क्षेत्र ट्रान्सजेन्डर यौनकर्मीका लागि भन्ने बुझिन्छ । तर रोचक कुरा रेडलाइट एरिया पनि सार्वजनिक स्थान नै भएका कारणले यहाँ पनि बाटोमा वा सार्वजनिक स्थलमा यौन व्यवसाय गर्न भने पाइँदैन ।

सम्बन्धित यौनकर्मीहरू निर्धारित सिसाको झयालभित्र बसिरहेका हुन्छन्, जसलाई विन्डो प्रोस्टिच्यूशन भनिन्छ । सेवाग्राही वा ग्राहकले झ्यालबाहिरबाट अवलोकन गरी उपयुक्त यौनकर्मीलाई प्रस्ताव गर्न सक्छन् ।  यहाँ ग्राहकको रोजाइभन्दा पनि यौनकर्मीको रोजाइ महत्वपूर्ण हुन्छ । उनले ग्राहकलाई मुल्यमा कुरा नमिले अस्वीकार  पनि गर्न पाउँछिन् । सामान्यतया  सेवा प्रदान गरेबापत् ५० युरो शुल्क लिन्छन् । तर कति समय र कति शुल्क भन्ने कुरा सेवाग्राही र सम्बन्धित यौनकर्मीबीचको मोलमोलाईमा पनि भरपर्दछ । यौनकर्मीहरुको उमेर  २१ वर्ष भन्दा माथिका वयष्क नै रहेका छन् त्यो भन्दा कम उमेरका लागि कानुनि रुपमा बन्देज छ । उनीहरूले काम गर्ने हरेक घरमालिकले सो प्रयोजनका निम्ति सरकारद्वारा लाइसेन्स प्राप्त गरेका हुन्छन् । यहाँनेर स्पष्ट हुनुपर्ने कुरा यस व्यवसायमा यौनकर्मीहरू स्वरोजगार हुन् | यौनकर्मीहरूको फोटो वा भिडियो खिच्न भने बन्देज लगाइएको छ  ।

सबैभन्दा पुरानो र प्रसिद्ध रेडलाइट डिस्ट्रिक्ट राजधानी एम्टरड्याममा अवस्थित द वालेन हो, जुन यौन पर्यटनका निम्ति अन्तराष्ट्रिय गन्तव्य रहेको छ  । यहाँ रातो बत्ती सहितको झ्याल ( Red Light Windows ) प्रयोग गरेर ३०० भन्दा बढी महिलाहरु यौन पेशामा आबद्ध रहेका छन् | यहाँ स्ट्रिप क्लब, पब, यौन इतिहास सम्बन्धि संग्रहालय,सेक्स सप, सेक्स लाइभ शो, इरोटिक थियटर हाउस र चर्च पनि आकर्षण्का केन्द्र रहेका छन्  । यौनकर्मिहरुको स्वास्थ्य र सुरक्षाका लागि स्थानिय सरकारको निगरानीमा रहेको छ । यौनकर्मीहरूलाई उनीहरूको अधिकार र कर्तव्यबारे सूसुचित गर्ने तथा पेन्सन र बिमा तथा नियमित स्वास्थ्य जाँचको व्यवस्था पनि गरेको छ । साथै, कोही यौनकर्मीले सो पेशा त्यागी अन्य काम गर्न चाहेको अवस्थामा सरकारले उनीहरूलाई लाइफकोचको समेत व्यवस्था गरेको छ ।  समय समयमा स्वास्थ्य परीक्षण गर्ने, सुरक्षाका उपायहरु अपनाउने किसिमका तालिमहरु समय समयमा दिइने गरेको छ |

स्थानिय प्रशासनले ठाऊॅं ठाउँमा सिसीटिभी क्यामरा जडान गरेको र सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरि सुरक्षा प्रदान गरेको छ ।अन्य पेशामा संलग्न नागरिकहरूले जस्तै यौन व्यवसायमा लागेका यौनकर्मीहरूले पनि सरकारलाई कर बुझाउँछन् । त्यसैले, डच सरकारले उनीहरूको सुरक्षार्थ पुलिस पहरेदार तैनाथ गरेको हुन्छ । यौनकर्मीहरु माथि कुनै किसिमका हिंसा र दुर्ब्यबहार भएको खण्डमा उनीहरुले उजुरी गरेमा आवस्यक छानबिन गरि दोषी उपर स्थानीय प्रहरी प्रशासनबाट कानुनि कार्वाही समेत हुन्छ | यदि कुनै यौनकर्मीमाथि दुब्र्यवहार भएमा छरछिमेकका स्थानीय बासिन्दा, क्याफे वा अन्य पसलका व्यवसायीले साक्षीको रूपमा पिडित  यौनकर्मीहरुलाई  साथ दिन्छन् ।यौनकर्मिहेरुले आफ्नो पेशा परिवर्तन गर्न चाहेमा सरकारले नयाँ घर वा नयाँ काम र अफिस खोज्न सहजीकरण गर्ने ब्यबस्था गरेको  छ  । लिभिङ द लाइफ प्रोग्राम्स डिसेन्ट्रलाइजेशन ग्रान्टअन्तर्गत १८ ओटा नगरपालिकामा यस्तो व्यवस्था गरेको छ ।

मुख्य शहरको केन्द्रमै रहेको यस क्षेत्रलाई अब भने सहरको अन्य क्षेत्रमा स्थानान्तरण गर्ने भनिएको छ, साँघुरो क्षेत्र भएको र पर्यटकहरूले गर्ने  अभद्र व्यवहार र फोहोरमैलालाई बिशेस कारण लिईएको छ  ।
सरकारले यौनकर्मिहरुका लागि बिकल्पको पेशा अपनाउन चाहनेहरुका लागी बिभिन्न प्याकेजहरु ल्याएको छ तर सामाजिक दृष्‍टिकोण, आर्थिक पक्ष र पेशाको लतका कारण सरकारको बैकल्पिक प्याकेजतिर यौनकर्मिहरुको ईच्छा नदेखिएको अभियन्ताहरु बताउछन ।

पछील्लो समय भने यौनकर्मिहरुले संकटको सामना गर्नुपरेको छ । विश्वभर फैलिएको कोविड १९ को पेन्डामिकबाट आर्थिक क्षेत्र तहसनहस भएको अवस्थामा र लकडाउनको कारण पर्यटकको आगमनमा सुन्यता छाए सँगै सरकारले लकडाउन भरि उक्त उधोग बन्द गरेकाले यौनकर्मिहरु संकटमा पर्नुपरेको हो । तर पनि यौनकर्मिहरुले आम्दानी बापत सरकारलाई कर बुझाएकाले पनि डच सरकारले जिवनयापनमा सहजता हुनकालागी आर्थिक प्याकेजहरु बितरण अन्तरगत बेरोजगारी भत्ता दिदै आएको बुझिएको छ । नेदरल्यान्ड्सको स्थानीय प्रसासनिक निकायले पर्यटकहरूको अभद्र व्यवहार र फोहोरमैलाको कारण  मुख्य शहरको केन्द्रमै रहेको यस क्षेत्रलाई अब भने सहरको अन्य क्षेत्रमा स्थानान्तरण गर्ने भनिएको छ |
अहिलेको पेंडामिकबाट विश्व बजार र अर्थतन्त्रमा आएको बिकराल अवस्थाले गर्दा पर्यटकहरुको आगमनमा प्रभाब पर्ने देखिएकाले  यौनकर्मिहरुलाई पहिलेकै अवस्थामा आउनकालागी भने केही समय कुर्नुको बिकल्प नरहने देखिन्छ ।

नेपालको सम्भावना के हुन सक्छ ?

नेपालमा यौनकर्मीका लागि यौन पेशा नेपालको संविधानअनुसार अवैध मानिएको छ  । मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) सम्बन्धी कानून, २०६४ अनुसार यौन व्यवसाय तथा यसबाट अर्थोपार्जन गर्नु कानून विपरित र अपराध मानिन्छ । एक अनुसन्धानले नेपाललाई मानव बेचविखन तथा ओसारपसारको निम्ति स्रोत, ट्रान्जिटपोइन्टको केन्द्रको रुपमा लिएको छ । त्यसै कारणले यस किसिमको कानून बनाइएको हुन सक्छ तर पनि महिलामाथि हिँसा र दुर्ब्यबहारहरु नरोकिएको टड्कारो अवस्थालाई भने नकार्न सकिन्न |

संयुक्त राष्ट्रसंघ अन्तरगत युएनएड्स संस्थाका अनुसार नेपालमा करिब ६७ हजार ३ सय यौनकर्मीहरू यौन व्यवसायमा सक्रिय देखिएका  छन् । अर्को एक अध्ययनका अनुसार काठमाडौंका विभिन्न स्थानहरु जस्तै , नयाँ बसपार्क,ठमेल,  रत्नपार्क, गौशाला र उपत्यका बाहिर पोखरा, इटहरी, बिर्तामोड, धरान, बुटवल र काँकडभित्ता जस्ता नेपालका प्रमुख स्थानहरुमा  जहाँ अबैध यौन व्यवसाय सञ्चालित भैरहेका छन् । यसरि अबैध रुपमा क्रियाकलाप हुनुमा आर्थिक पक्ष र राज्यको नीतिमा महत्वपूर्ण भूमिका रहेको हुन्छ |सरकारले एउटा निश्चित क्षेत्रलाई पर्यटकीय क्षेत्र तोकेर बैधानिकता दिएको खण्डमा सायद यस्ता यौनजन्य क्रियाकलापहरु हुने थिएनन होला | दिन प्रतिदिनको महिला हिँसा र बलात्कारका घटनाहरुले आक्रान्त  भएको अवस्थामा राज्यले एउटा निश्चित नियममा सुरक्षित क्षेत्र तोकेर बैधानिकता दिएमा हिँसा र बलात्कारका घटनाहरु केहि न्युनुकरण हुन सक्लान भन्ने आसय यस क्षेत्र संग सम्बन्धित अभियन्ताहरुको रहेको छ | युरोप् लगायत अन्य केहि मुलुकहरुमा बयस्क नहुदै यौन शिक्षा दिने गरिन्छ जसबाट आफु कसरि सुरक्षित रहने भन्ने बारेमा सजक रहन प्रेरित गर्दछ। निर्धारित क्षेत्रमा राज्यको कानुनि दायरामा रहेर पूर्ण बयष्क महिला वा पुरुषले स्वेक्षाले यौनकर्मिको रुपमा ब्यबशाय गर्नु एउटा पेशाको रुपमा लिनुपर्दछ भन्ने सेक्सोलोजिस्ट र अभियन्ताहरुको  भनाइ रहेको छ | 

Share