एनआरएनए पोल्याण्डले घटायो सदस्यता शुल्क

पोल्याण्ड/एनआरएनए पोल्याण्डको २०२१-२०२३ को लागि पंजीकृत सदस्यता शुल्क १०० ज्लोती (zloty) मा पुनर्विचार गर्न ब्यापक बिरोध भए पश्चात कार्यसमितिको बैठकले सदस्यता शुल्क घटाएको छ।


अन्य देशहरुको तुलनामा हामीले निर्धारण गरेको शुल्क केही बढि नै देखियो त्यसैले हिजो साँझ नै समितिको बैठक बसेर सदस्यता शुल्क घटाएका छौं,शुल्क घटाइएको परिमार्जनसहित सूचना पनि सार्वजनिक गरेका छौं। हामीले सबैलाई जोड्ने प्रयास गरेका छौ त्यसैले अब पोल्याण्डमा रहेका सम्पुर्ण नेपालीहरुलाई एनआरएनएको सदस्यता लिन अनुरोध गर्दछौ | हाम्रो फेसबुक पेज मार्फत सदस्यता प्राप्त गर्ने तरिका बताइएको छ,यदि कुनै समस्या भए सूचनामा दिइएका फोनमा सम्पर्क गर्न अनुरोध छ” भन्दै एन आर एन पोल्याण्डका महासचिब कविन्द्र सुबेदीले जानकारी गराएका छन |

एनआरएनए पोल्याण्डले एक सूचनामार्फत पंञ्जीकृत सदस्यता शुल्क १०० ज्लोती (zloty) तोकेको थियो। तर अन्य देशको तुलनामा पोल्याण्डको सदस्यता शुल्क बढी भयो भन्दै प्रवासी नेपाली मञ्च पोल्याण्ड र विवेकशील साझा समिति पोल्याण्डले प्रेस विज्ञप्ति नै जारी गर्दे शुल्क घटाउन माग गरेपछि सदस्यता शुल्क ५० ज्लोती (zloty) बनाएको हो।

Share