नेदरल्याण्ड्सको शैक्षिक शहर डेल्फमा अन्तराष्ट्रिय आईटी सम्मेलन सम्पन्न ।

नेदरल्याण्ड्स ।

नवप्रवर्तन,उद्यमशीलता,सहकार्य र सदस्यहरूलाई विश्व बजारमा सफल हुने अवसरहरू सिर्जना गरेर नेपालको सुचना प्रविधि क्षेत्रलाई अगाडि बढाउने र नेपाललाई ग्लोबल टेक हबको रूपमा बिकसित गर्ने उदेश्यका साथ् स्थापित एक गैर-लाभकारी संस्थाले नेपालको सफ्टवेयर र सुचना प्रविधि (InformationTechnology)नेपाली भाषी इन्जिनियरिंग एशोसीयसन नेदरल्याण्ड्स NSEA NLर NAS IT को संयुक्त अन्तराष्ट्रिय आईटी सम्मेलन बेनेलक्सका लागी नेपाली महामहिम राजदुत श्री गहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यमा  नेदरल्याण्ड्सको शैक्षिक शहर डेल्फमा सम्पन्न भएको छ ।

यहि मई २७ तारिख सोमबारका दिन सम्पन्न उक्त सम्मेलनमा प्रमुख अतिथि बेनेलक्सका लागि नेपालका राजदूत श्री गहेन्द्र राजभण्डारी,गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्ड्स,प्रोशोर नेदरल्याण्ड्स ,प्राविधिक बिश्वबिद्यालय डेल्फ TU Delft, र The Hague University of Applied Sciences,NIC Europe,नेपाली राजदूतावास,बेलायत,बेल्जियम,नेदरल्याण्ड्स,जर्मनी र नेपालका विज्ञहरुको भौतिक रुपमा र भर्चुअल रूपमा अन्तराष्ट्रिय विज्ञहरुको सहभागिता थियो । सम्मेलनको समन्वयन, व्यवस्थापन र प्रश्तुति सहित  संस्थागत रुपमा गरिने कार्यसुचिहरुको बारेमा The Hague University of Applied Sciencesका प्राध्यापक  डीपी शर्मा मैनालीले सम्मेलनमा प्रश्तुत गरेका थिए । सम्बोधनको क्रममा प्रमुख अतिथि राजभण्डारीले यस्ता सम्मेलनले युरोपियन देशहरु र नेपालको बिचमा संचार प्रविधिको लागि पुलको काम गर्ने हुनाले समय समयमा गरिरहनु पर्ने र दुतावासको तर्फबाट आवश्यक सहयोग गरिरहने बताएका छन् ।

इन्जिनियरिङ र सूचना प्रविधिको क्षेत्रलाई अगाडि बढाउन विज्ञहरू,उद्यमीहरू,युवा विद्यार्थीहरू र युरोपियन युनियनका विभिन्न देशहरू र नेपालका विभिन्न क्षेत्रका सहभागीहरूलाई एकै ठाउँमा ल्याएर गतिशील प्लेटफर्मको रूपमा काम गर्दै आईटी र इन्जिनियरिङ् नेटवर्किङमा अत्याधुनिक अनुसन्धान,नवाचार र ज्ञान आदानप्रदान गर्दै राष्ट्रिय विकास र वैज्ञानिक प्रगतिप्रति दृढ प्रतिबद्धताका साथ यस्तो वैज्ञानिक कार्यक्रमको समन्वय गर्ने अवसर प्राप्त हुनुले सुचना प्रविधिमा अझ फड्को मार्न सकिने हुँदा सम्पूर्णको सहभागिताले अझ जिम्मेवारी थपिएको प्राध्यापक शर्माले बताएका छन् ।

वकालत र नीति अन्तर्गत सदस्यको हितलाई बढावा दिएर वकालत र नीति कार्यमा संलग्न हुनु,सहयोगी नीति र नियमहरूको लागि वकालत गर्दै र सरकार र अन्य सरोकारवालाहरूसँग सहकार्य गरेर उद्योगको नवाचार र विकासलाई समर्थन गर्ने थप अनुकूल व्यापार वातावरण सिर्जना गर्न, स्टार्टअप र उद्यमीहरूलाई समर्थन प्रदान गर्दै,नेटवर्किङ र सहयोगको सुविधा प्रदान गर्दै,शिक्षा र प्रशिक्षण प्रदान गर्दै सहयोगी नीतिहरूको वकालत गर्दै,प्रविधि हस्तान्तरणको सुविधा,बौद्धिक सम्पत्ति संरक्षणमा मार्गदर्शन प्रदान गर्दै र व्यापारीकरण प्रयासहरूलाई समर्थन गर्दै नवप्रवर्तन र उद्यमशीलता बढाउन,नयाँ बजारहरूमा उत्पादन र सेवाहरूको निर्यात प्रवर्द्धन गर्ने,अनुसन्धान र विश्लेषण गर्ने,निर्यात शिक्षा र स्रोतहरू उपलब्ध गराउने,व्यापार शोहरू आयोजना गर्ने र सहभागी हुने, साझेदारी विकास गर्ने, सहयोगी नीति र नियमहरूको वकालत गर्ने, विदेशी बजारहरूमा प्रवेश र प्रतिस्पर्धामा परेका अवरोधहरूलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय बजार बिकास गर्न,स्थानीय व्यवसायहरूलाई प्रवर्द्धन गर्दै,नेपालमा उत्पादित बस्तु र सेवाहरूका बारे सचेतना बढाउँदै जाने उदेश्य रहेको प्राध्यापक शर्माले जानकारी गराए ।

त्यसैगरी डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई समर्थन गर्दै र नेपालमा सुरक्षित र समृद्ध डिजिटल वातावरण सिर्जना गर्दै घरेलु बजारको बिकास गर्न, शिक्षा, प्रशिक्षण,र प्रमाणीकरण कार्यक्रमहरू प्रदान गर्दै विविधता र समावेशीकरण प्रवर्द्धन गर्ने,प्रशिक्षुता र इन्टर्नशिप अवसरहरू विकास गर्ने,कार्यबल अनुसन्धान र विश्लेषण सञ्चालन गर्ने,रोजगारदाताहरू र शिक्षाविद्हरूसँग संलग्न हुने,सहयोगी नीति र नियमहरूको वकालत गर्ने,र साझा लक्ष्यहरू अगाडि बढाउन साझेदारी र सहकार्यहरू गठन गर्ने सहितका कार्यबल बिकास गर्ने,ज्ञान आदानप्रदान प्रवर्द्धन गर्न,प्राविधिक विकासलाई सहज बनाउन र नेपालमा सुचना प्रविधि उद्योगको समग्र विकास र दिगोपनमा योगदान पुर्याउने सहयोगी पहलहरू चलाउन उद्योग सरोकारवालाहरू,सरकारी निकायहरू र अन्तर्राष्ट्रिय संस्थाहरूसँग रणनीतिक गठबन्धनहरू विकास गर्ने र साझेदारीका साथ हाम्रा उदेश्यहरु समेत रहेको प्राध्यापक शर्माले जानकारी गराए ।

Share