रहेनन सताब्दी पुरुष सत्यमोहन जोशी |

काठमाण्डौं भाषा, साहित्य र संस्कृतिको एउटा बिशाल धरोहर एक महान युग पुरुष संस्कृतिविद सत्यमोहन जोशीको आज केआई एस टि अस्पतालमा निधन भएको छ |

ललितपुर जिल्लाको तीनकुनेमा बुवा शंकरराज जोशी र माता राजकुमारी जोशीको कोखबाट १२ मई १९२० मा जन्मिएका जोशी आफ्नै घरको प्रारम्भिक शिक्षापछि काठमाण्डौंको दरबार हाईस्कुलमा भर्ना भएका थिए | जोशीले त्रिचन्द्र कलेजबाट स्नातक तहको अध्ययन पुरागरेपछी पुरातत्व तथा सांस्कृतिक विभागमा सन् १९५९ मा पहिलो निर्देशक बनेका थिए | सन् १९६० मा राजा महेन्द्रको बिद्रोहपछी जोशी चीन गए र त्यहि उनले पेकिंग ब्रोडकाष्टिङ इन्स्टिच्युटमा नेपाली भाषा पढाउन थाले |

ईश्वी सम्बत १२६०मा चीन गएका मल्ल बंशका मूर्तिकार अरनिकोको बारेमा ऐतिहासिक अनुसन्धान गरेर अरनिको संग सम्बन्धित ऐतिहासिक कलाकृतिहरु प्रयोग गर्दै अरनिको सेतो डगोबा ग्यालरी काठमाण्डौंमा स्थापना गरे | उनले काठमाण्डौंमा राष्ट्रिय नाचघर ( राष्ट्रिय रंगमंच ), पाटनमा पुरातत्व बगैंचा, तौलिहवामा पुरातत्व संग्रहालय र भक्तपुरमा राष्ट्रिय चित्रकला संग्रहालय स्थापना गरे |

 

युगपुरुष सत्यमोहन जोशीको एक सयौं जन्मदिनको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकले सन् २०१९ को सेप्टेम्बरमा उनको तस्बिर सहित रु एक सय, रु एक हजार र रु पच्चीस सयका तीनवटा सिक्का जारि गरेको थियो |

जोशीका साठी भन्दा बढी विभिन्न क्षेत्रहरुमा प्रकाशित प्रकाशनहरु रहेका छन् तिमध्य लोकप्रिय हाम्रो लोक संस्कृति, नेपाली राष्ट्रिय मुद्रा, कर्णाली लोकसंस्कृति ( अनुसन्धान संग्रह ), चारुमती, सुनकेशरी, मजिफा लाखे, बाग भैरव (नाटक ) जस्ता लोकप्रिय कृतिहरु प्रकाशित छन् |
उनले सन् १९५६, सन् १९६०, र सन् १९७० मा तिन पटक मदन पुरस्कार प्राप्त गरेका छन् |

उनि पहिलो ब्याक्ति हुन जसले सन् २०२१ नोभेम्बर १७ मा नेपालको ईलेक्ट्रोनिक राहदानी प्राप्त गरेका थिए | जोशीको १०३  बर्षको उमेरमा १६ अक्टोबर २०२२ मा ललितपुरको केआई एस टि अस्पतालमा निधन भएको हो  |

Share