गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचन समितिले गर्यो उम्मेदवारहरुको नामावली घोषणा

काठमाण्डौं |   गैरआवासीय नेपाली संघ (एनआरएनए) को बर्ष २०२१-२३ कार्यकालका लागि आगामी निर्वाचनमा तीन दर्जनभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन समितिका अनुसार शुक्रबार बेलुकासम्म विभिन्न पदमा तीन दर्जनभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।
केहि पदहरु बाहेक धेरैजसो सबै क्षेत्रबाट उम्मेदवारी परेको छ | केहि पदहरुमा भने कडा प्रधिस्पर्धा हुने देखिएको छ भने केहि पदहरु भने निर्विरोध देखिएका छन् |

एक अध्यक्ष पदका लागि रसियाबाट डा. बद्री केसी र अमेरिकाबाट रवीना थापाले उम्मेदवारी दर्ता गराएका छन् । केसी र थापा वर्तमान कार्यसमितिमा उपाध्यक्ष पदको जिम्मेवारीमा छन्।

त्यसैगरी उपाध्यक्षको लागि बेलायतबाट डा.हेमराज शर्मा, ओमनबाट डिबी क्षेत्री, अष्ट्रेलियाबाट धर्मराज अधिकारी,राजेन्द्र कुमार शर्मा, टंक प्रसाद गैरेको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिएकी छिन्। त्यस्तै अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दिएका छन्। सचिवमा बेलायतबाट रामशरण सिम्खडा, अस्ट्रेलियाबाट अभिमान शिंह बस्नेत, जापानबाट ओम गुरुङ, क्यानाडाबाट चिरञ्जीवी घिमिरे र अमेरिकाबाट शंकर खड्काले उम्मेदवारी दिएका छन्। यसैगरी महिला सचिवमा हङकङबाट राधिका गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन्।

यस्तै कोषाध्यक्ष पदमा बेल्जियम बाट लोक प्रसाद दाहाल र नेदरल्याण्डसबाट फणिन्द्र पन्तको उम्मेदवारी परेको छ | सहकोषाध्यक्षमा अमेरिकाबाट युमना भट्टराई र यज्ञराज सुबेदीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी युवा संयोजकमा डेनमार्कबाट रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन्। महिला संयोजककमा बेलायतबाट संगिता मरहठ्ठाले उम्मेदवारी दर्ता गराएकी छिन्।

युरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। युरोप क्षेत्रीय उपसंयोजक पदका लागि जर्मनीबाट डा.नवराज रोस्यारा, बेल्जियमबाट चित्र सुबेदी, अस्ट्रियाबाट सागर सुबेदी र बेलायतबाट ललित न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। महिला संयोजकमा पार्वती मल्ल, महिला उपसंयोजक नुनिता सापकोटा, युवा संयोजक किरण गुरुङ र युवा उपसंयोजकमा रोबर्ट लिम्बु छन् ।

अमेरिका क्षेत्रीय संयोजकमा प्रकाश सापकोटाको उम्मेदवारी परेको छ । त्यस्तै उपक्षेत्रीय संयोजकमा अभिमन्यु बस्नेत र पुरुषोत्तम बोहरा छन् भने महिला संयोजक तृष्णा शर्मा, महिला उपसंयोजक इन्दिरा त्रिपाठी, युवा संयोजक स्वरस खाती, युवा उपसंयोजक ईश्वर खत्री उम्मेदवार छन् ।

अफ्रिका क्षेत्रीय संयोजकको उम्मेदवार राजकुमार थापा रहेका छन् भने क्षेत्रीय उपसंयोजकमा आरपी पन्त, महिला संयोजक केशना लिम्बु छन् ।

ओसिनिया क्षेत्रीय संयोजकमा भने अष्ट्रेलियाबाट दिनेशराज जोशी र न्यूजील्याण्डबाट लाल बहादुर केसी र दिपक शर्माले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्रीय उपसंयोजक रामराज ओली, अशोक केसी, महिला संयोजक उषाकिरण बानियाँ र युवा संयोजक प्रदीप रुपाखेतीको उम्मेदवारी परेको छ ।

मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदीबाट राजेन्द्र अर्याल( जोन ) को र उपसंयोजकमा अमित चाम्लिङ र लालबहादुर पुनको उम्मेदवारी परेको छ |

एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणि पोखरेलले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ। क्षेत्रीय उपसंयोजकमा चिनबाट नवीन बिक,जापानबाट डडैवाल खड्का र हरि भट्टराईको उम्मेदवारी परेको छ ।

यसैगरी एसिया प्यासिफिक महिला संयोजकमा मकाउबाट शान्तिदेवी अधिकारीले र उपसंयोजकमा इन्दिरा तिवारीले उम्मेदवारी दिएकी छिन् भने युवा संयोजकमा दिपक कंडेलको उम्मेदवारी परेको छ |

एनआरएनए निर्वाचन समितिले आगामी निर्वाचनकालागि सोमबारबाट सुरु भएको उम्मेदवारी मनोनयन दर्ता शुक्रबार बेलुका ५ बजेसम्म चलेको जनाएको थियो । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदकोबि स २०७८ चैत्र १० र ११ गते ( सन् २०२२ मार्च २४ र २५ ) मा निर्वाचन हुने भएको छ |

Document Initial-list-of-candidates_NRNA_12032022 (1)

Leave a Reply

Your email address will not be published. Required fields are marked *