नेदरल्याण्ड्स सरकारले कोरोना नियमहरूलाई हटायो

नेदरल्याण्ड्स |   नेदरल्याण्ड्समा कोरोनाभाइरसको प्रकोप भएको दुई वर्ष पछि, यसको प्रकोप फैलावट रोक्नको लागि विभिन्न समयमा लगाइएको कोरोना भाईरस प्रतिरोधात्मक नियमहरू मार्च २३ तारिख बुधबार देखि समाप्त भएको छ । अब देखी ठूला कार्यक्रमहरु वा नाइटक्लबहरुमा जान चाहने मानिसहरूले पहिले नै कोरोना परीक्षण गर्नु नपर्ने भएको छ । सार्वजनिक यातायातमा अनुहारमा लगाउने मास्क अब देखि अनिवार्य नभएको साथै घरबाट काम गर्ने सल्लाहलाई पनि खारेज गरेको छ।

आज मन्त्रिपरिषद्ले कोरोनाभाइरस सम्बन्धी सम्पूर्ण नियमहरु अन्त्य गर्दै तत्कालका केहि महिनाहरूमा ओमिक्रोन भेरियन्टको प्रभावले सामान्यतया मानिसहरूलाई अघिल्लो अवस्था भन्दा कम बिरामी भएको देखिएकाले नियमहरु आवश्यक नभएको जनाएको छ । सामान्यतया जनस्वास्थ्य क्षेत्रमा कोरोनाभाइरस बिरामीहरूको संख्या तुलनात्मक रूपमा स्थिर देखिएको र डेल्टा भेरियन्टको प्रभाव अत्यन्त कम देखिएको हुनाले परिश्थिति सामान्य अवस्थामा आएको जनाइएको छ |

कसैलाई लक्षणहरू देखिएमा ति व्यक्तिहरू घरमै बस्नु पर्ने र आँफै परीक्षण गराउनु पर्ने छ यद्धपि सरकारी स्वास्थ्य संस्था द्वारा परीक्षण अब आवश्यक रहने छैन। मानिसहरूलाई अझै पनि इनडोर स्पेसहरू राम्रोसँग हावामा पास गर्न झयालहरु खुल्ला राख्ने ,बुस्टर खोप लगाउन, नियमित रूपमा आफ्नो हात धुने, र खोकी र हाच्छिउँ गर्दा तिनीहरूको हातको कुहिनोले मुख छोपी गर्न सल्लाह दिईएको छ । सरकारले मानिसहरूलाई एकअर्का प्रति उत्तरदायी हुन र उनीहरू बिचको दूरी कायम राख्न भने सुझाव दिइएको छ |

अन्य युरोपियन युनियन आवद्ध देशहरूबाट नेदरल्याण्ड्स प्रवेश गर्ने व्यक्तिहरूले अब उनीहरूलाई कोभिड-१९ विरुद्ध खोप लगाइएको, भर्खरै निको भएको वा परीक्षण नेगेटिभ आएको देखाउनु पर्ने छैन । यो नियम युरोपियन युनियन भित्र नभएका तर खुल्ला सिमानाको शेन्जेन क्षेत्रसँग सम्बन्धित देशहरू (जस्तै – नर्वे, स्विट्जरल्याण्ड, आइसल्याण्ड र लिक्टेनस्टाइन लगायत ) मा पनि लागू हुने मार्च २३ तारिख मंगलबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रि अर्न्स्ट कुइपर्सले  जनाएका छन्।

स्वास्थ्य मन्त्रि  कुइपर्सले जानकारी गराउदै युरोपियन युनियन केहि देशहरूले उनीहरूको कोरोनाभाइरस अवस्थाको सन्दर्भलाई आधार मान्दै  प्रवेशमा आफ्नै निर्णयहरू जारी राख्नेछन् त्यसैले  उनले नेदरल्याण्ड्सका बासिन्दाहरूलाई उनीहरूको मोबाइल उपकरणहरूमा कोरोनाचेक एप राख्न सल्लाह दिएका छन्  ताकि उनीहरूले आवश्यक डिजिटल कोरोनाभाइरस सर्टिफिकेट (DCC) युरोपियन युनियन अन्तरगतका देश वरिपरि यात्रा गर्दा प्रस्तुत गर्न सकून्, किनकि यो अझै पनि विभिन्न देशहरूमा ती देशहरू भित्रका ठाउँहरूमा प्रवेश गर्न आवश्यक हुन सक्छ।”

 

Share