एनआरएनएको दशौँ विश्व सम्मेलनको उद्धाटन राष्ट्रपतिले गर्ने

काठमाण्डौं ।     गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको १० औं विश्व सम्मेलन अन्तत मार्च २६ र २७ तारिख होटल हिमालय, कुपण्डोल ललितपुरमा  हुने भएको छ | राष्ट्रपति बिधादेवी भण्डारीबाट उद्धाटन हुने महाधिवेशन प्रधानमन्त्री शेर बहादुर देउवाबाट समापन गरिने गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समितिका अध्यक्ष कुमार पन्तले जनाएका छन |

महाधिवेशन प्रतिनिधि छनोटका बिषयमा धाँधली भएको भन्दै २४ र २५ मार्चमा तय भएको निर्वाचन रोक्नुपर्ने मागसहित स्पेनका चिन्तामणि सापकोटा र कुवेतका उमेश कुमार पुडासैनीले रिट निवेदन दायर गरेका थिए। सोही निवेदनका आधारमा उच्च अदालत पाटनले तत्काल चुनावी प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अन्तरिम आदेशका कारण संघको २४ र २५ मा तय भएको निर्वाचन रोकिएको थियो।

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन अन्तर्गत मार्च २४ र २५ तारिख तोकिएको निर्वाचन रोक्न उच्च अदालत पाटनबाट जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज भएको छ। जस्ले गर्दा पुर्व निर्धारित मार्च २६ र २७ तारिख गरिने भनिएको महाधिवेशन हुने भएको हो |

एनआरएनएमा भएको सहमति अनुसार चिन्तामणी सापकोटाले संघभित्र आन्तरिक मेलमिलाप भएकाले मुद्दाको औचित्य समाप्त भएको भन्दै फिर्ता लिएको अभियन्ताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *