प्रवासमा रहेका प्रजातान्त्रिक समुहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराउदै लेखे पत्र

काठमाडौं |    गैर आवासीय नेपाली संघको पछिल्लो घटनाक्रम र परिश्थितिका बारेमा नेपाली कांग्रेस पार्टीको प्रवास समिति जनसम्पर्क समितिमा आवद्ध र प्रजातान्त्रिक विचारधारा बोकेका गैर आवासीय नेपाली संघमा नेतृत्वदायी भूमिका समेत निर्वाह गरिसकेका अभियन्ताहरुले सम्माननीय प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवालाई ध्यानाकर्षण सहित पत्र द्वारा जानकारी गराएका छन् |

प्रवासमा बस्ने लाखौँ प्रवासी नेपालीहरुको आस्थाको केन्द्र मानिएको गैर आवासीय नेपाली संघ अन्तत विभाजनको अवस्थामा पुगेको र संस्थाको गरिमालाई नै ध्वस्त पार्ने गतिविधि भैरहेको औल्याउदै संस्थालाई बचाउनाकालागी संस्थाकै स्वार्थलाई सर्वोपरी ठान्दै सामुहिक अवधारणा सार्वजनिक गरिएको बताइएको छ |

नवौं केन्द्रीय महाअधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरुले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको तर्फबाट अहिले सम्मका राम्रा नराम्रा गतिविधिहरुको जिम्मेवारी लिनुपर्ने, दशौँ विश्व सम्मेलन समयमा सम्पन्न गर्न गराउन वातावरण शृजना गर्न नसकेको प्रति आत्मालोचना गर्नुपर्ने, प्रतिनिधि चयनमा भएको बिवादलाई समझदारीमा निराकरण गर्दै दुवै पक्षको निर्वाचन गतिविधिहरु रोकेर बार्ता मार्फत सबैको सहमतिमा एकताको दशौँ महाधिवेशन गर्नुपर्ने वातावरण शृजना गर्न सबै पक्षलाई आग्रह गरिएको छ |

“एनआरएनए अभियानलाई एकताबद्द गरौं, बिभाजनका लागि गरिने सबैखाले गतिविधि बन्द गरौं” भन्ने अभियानका साथ प्रजातान्त्रिक पक्षधर एनआरएन अभियन्ताहरुले अहिलेको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आन्तरिक विवादलाई आपसी संवादबाट समाधान निकाल्दै एकताको दशौँ महाधिवेशन सम्पन्न गर्न सामुहिक धारणा सार्वजनिक गरेको भन्दै निर्वाचनका सन्दर्भले सिङ्गो नेपाली डायस्पोराका सबै बिचार, बर्ग समुदाय र जातीको प्रतिनिधित्व गर्ने एक लाख १५ हजार भन्दा बढी सदस्य रहेको बैधानिक संस्था बिभाजन उन्मुख भएको हुँदा यस्तो परिस्थितिमा संस्थालाई बिभाजन हुनबाट रोकी आमसहमतिमा केन्द्रिय महाधिवेशन, निर्वाचन र कार्यसमिति गठननै अहिलेको आबस्यकता रहेको  प्रधानमन्त्री देउवालाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री देउवालाई पठाएको पत्र 

मितिः १६ मार्च, २०२२
सम्माननिय प्रधानमन्त्री एंव पार्टी सभापति ज्यु,
नेपाली कांग्रेस केन्द्रिय कार्यालय बिपि स्मृति भवन, सानेपा ललितपुर, काठमाडौ, नेपाल

बिषयः जानकारी गराइएको बारे

महोदय,
उपरोक्त बिषयका सम्बन्धमा गैरआवासीय नेपाली संघको पछिल्लो घटनाक्रम र परिस्थितिका बारेमा प्रवासमा बस्ने नेपालीहरुका लागि नेपाली कांग्रेस पार्टीको आधिकारीक इकाई नेपाली जनसम्पर्क समितीमा र गैर आबासीय नेपाली संघमा नेतृत्वदायी भूमिका निर्वाह गरेका हामी साथीहरूको तर्फबाट सन् २००३ मा स्थापित गैर राजनैतिक एंव सामाजिक संस्था एनआरएनएको १०औं केन्द्रिय महाधिवेशन र निर्वाचनका सन्दर्भले सिङ्गो नेपाली डायस्पोराका सबै बिचार, बर्ग समुदाय र जातीको प्रतिनिधित्व गर्ने एक लाख १५ हजार भन्दा बढी सदस्य रहेको बैधानिक संस्था बिभाजन उन्मुख भएको हुँदा यस्तो परिस्थितिमा संस्थालाई बिभाजन हुनबाट रोकी आमसहमतिमा केन्द्रिय महाधिवेशन, निर्वाचन र कार्यसमिति गठननै अहिलेको आबस्यकता महसुस गर्दै निम्न बुद्धामा देहाएका ब्याक्तिहरुले सामुहिक धारणा सार्वजनिक गरेको सम्माननिय प्रधानमन्त्री ज्युलाई सादर जानकारी गराउदछौ ।

“एनआरएनए अभियानलाई एकताबद्द गरौं,
बिभाजनका लागि गरिने सबैखाले गतिविधि बन्द गरौं” ! !

गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १०औं महाधिवेशन र बिश्व सम्मेलन महाधिवेशनका लागी छनौट गरेका प्रतिनिधीहरुको बिषयमा विवाद उत्पन्न भै पछिल्लो समय प्रवासमा बस्ने लाखौं नेपालीहरुको आस्थाको केन्द्रमा राखिएको संस्था बिभाजित हुने र संस्थाको गरीमालाई ध्वस्त पार्ने जस्ता गतिविधि भईरहेकाले संस्थाको स्वार्थलाई सर्वोपरी ठानी संस्था बचाउनु पर्छ भन्ने अभियान र अभिप्रयले बिश्वभरी रहेका हामी देहाए बमोजिमका साथीहरूले हाम्रो सामुहिक धारणा सार्बजनिक गरेका छौ ।

१) गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट हालसम्म भए गरेका राम्रा र नराम्रा गतिविधीको जिम्मेवारी नबौ केन्द्रिय महाधिवेशन बाट निर्बाचित तथा मनोनीत अध्यक्ष, पदाधिकारी, संरक्षक, सल्लाहकार र सदस्यहरु रहेको सिङ्गो कार्यसमितिले लिनु पर्दछ ।

१०औं अधिवेशन र बिश्व सम्मेलन समयमा सम्पन्न गर्न गराउन बातावरण तय गर्न नसकेको प्रति आम गैरआबासीय नेपालीको बिचमा आत्माअलोचित हुंदै सबै पक्षलाई एकताको वातावरण तयार गर्न नेतृत्व कृयाशिल हुनु पर्दछ ।

२) संस्थाको महाधिवेशन प्रतिनिधि चयनमा भएको बिवादलाई समझदारीमा निराकरण गरि मात्र गरिनु पर्दछ । हाल दुबै तर्फ बाट भएका महाधिवेशन र निर्बाचनका गतिविधिलाई तत्काल रोकी बार्ता मार्फत सबै पक्षको सहमतिमा एकताको महाधिवेशनको वाताबरण निर्माण गरि महाधिवेशन आयोजना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछौं ।

३) संस्थालाई बिभाजन गर्ने खालका सबै किसिमका गतिविधिहरुलाई निस्तेज पार्दै एकताको केन्द्रिय महाधिवेशन नै अहिलेको आवस्यकता र संस्था बचाउने एक मात्र उपाय भएकाले सबै पक्ष सम्यमित हुँदै आम सहमतिमा नयाँ कार्यसमिति निर्माण गरि संस्थालाई बिभाजन हुन बाट रोक्न सबैलाई हार्दिक अनुरोध गर्दछौं ।
जय नेपाल, जय एनआरएन

एनआरएन एकता पक्षधर साथीहरूः

– बालकृष्ण पान्डे (पूर्व केन्द्रिय आमन्त्रित सदस्य, नेपाली कांग्रेस एंव सभापति जनसम्पर्क समिती भारत)
– पुर्ण हमाल (संस्थापक सभापति, जनसम्पर्क समिती एंव एनआरएनए पोर्तुगल)
– युबराज गुरुङ (सभापति जनसम्पर्क समिति बेलायत)
– सुदर्शन थापा मगर (संस्थापक सभापति जनसम्पर्क समिति मकाउ एंव पूर्व अध्यक्ष एनआरएनए मकाउ)
– महेश श्रेष्ठ (पूर्व सभापति जनसम्पर्क जापान एंव केन्द्रिय कोशाध्यक्ष एनआरएनए आईसीसी)
– सुनिल शाह (पूर्र्व अध्यक्ष एनआरएनए अमेरिका)
– नारायण सुवेदी (पूर्व सभापति जनसम्पर्क समिति जापान, एनआरएनए आइसिसी सदस्य )
– कृष्ण गिरी (निवर्तमान सभापति जनसम्पर्क समिती अष्ट्रेलिया, पूर्व पदाधिकारी एनआरएनए आईसीसी)
– राजन त्रिपाठी (क्षेत्रीय संयोजक एनआरएनए अमेरिका क्षेत्र)
– शुक्रराज न्योपाने (संस्थापक सभापति जनसम्पर्क समिति आएरल्याण्ड एंव डिआरसी युरोप एनआरएनए)
– जितेन्द्र शाही (सभापति जनसम्पर्क समिति नर्बे)
– हरिहर शर्मा अर्याल (एनआरएनए फ्रान्स संस्थापक अध्यक्ष, पूर्व आईसिसि सदस्य, मानार्थ सदस्य)
– योगेन्द्र क्षेत्री (पूर्व अध्यक्ष एनआरएनए बेलायत)
– गिरिराज कुवर (पूर्व सभापति जनसम्पर्क समिति दक्षिण कोरिया)
– हिक्मत थापा (पूर्व केन्द्रिय कोशाध्यक्ष एनआरएनए आईसीसी)
– शशी पौडेल (संस्थापक अध्यक्ष एनआरएनए नेदरल्यान्ड)
– एकराज गिरि (पूर्व सभापति जनसम्पर्क समिति स्पेन, एंव एनआरएनए स्पेन)
– चोलाकान्त पङेनी (सभापति जनसम्पर्क समिति मलेसिया)
– नवीन थपलिया (संस्थापक सभापति जनसम्पर्क समिति एंव सस्थापक अध्यक्ष एनआरएनए स्विडेन)
– ओकिल केसी (सभापति जनसम्पर्क समिति पोर्तुगल)
– शुरेश गुरुङ (सभापति जनसम्पर्क समिति अस्ट्रेलिया)
– यमलाल सुबेदी (पूर्व सभापति जनसम्पर्क समिति एबम एनआरएनए डेनमार्क)
– शरण केसी (पूर्व सभापति जनसम्पर्क समिती जर्मनी)
– खेमराज बस्नेत (पूर्व सभापति जनसम्पर्क समिति युएई)
– पदम क्षेत्र (पूर्व सभापति जनसम्पर्क नेदरल्यान्ड)
– आस्थाबिन्दु मल्ल (पूर्व सभापति जनसम्पर्क कोरिया)
– पुस्प राज भन्डारी (पूर्व सभापति जनसम्पर्क स्पेन)
– गणेश केसी (पूर्व अध्यक्ष एनआरएनए अस्ट्रेलिया)
– नारायण काफ्ले, नेबिसंघ पूर्व केन्द्रिय सदस्य तथा आईसिसि सदस्य अस्ट्रेलिया
– चण्दी प्रसाद योङ्या (सभापति जनसम्पर्क मकाउ)
– प्रेम प्रसाद सापकोटा (संस्थापक सभापति हङकङ हाल अस्ट्रेलिया)
– सन्जिब श्रेष्ठ (आइसिसी सदस्य एनआरएनए अमेरिका)
– सिपि पौडेल (उपसभापति जनसम्पर्क अमेरिका)
– डा. अर्जुन बन्जाडे (एनआरएनए अमेरीकाका अध्यक्ष प्रत्यासी एंव नेता नेपाली कांग्रेस )
– जानकी पौडेल (महिला संयोजक एनआरएनए ओशियाना)
– रोहित खडका (महामन्त्रि जनसम्पर्क अष्ट्रेलिया)
– दीलिप पोखरेल (राज्य संयोजक जनसम्पर्क अष्ट्रेलिया)
– गोकुल घिमिरे (पूर्व आईसीसी सदस्य)
– राजेश केसी (उपाध्यक्ष जनसम्पर्क अष्ट्रेलिया)
– राजु अधिकारी (पूर्व अध्यक्ष पिएन क्याम्पस, सल्लाहकार जनसम्पर्क अष्ट्रेलिया)
– निर्मला थापा (उपसभापति जनसम्पर्क मकाउ)
– महेन्द्र लम्साल (पूर्व एनआरएनए संयोजक ओसियाना)
– नबिन कडेंल ( एनआरएनए डिआरसि, ओसेनिया)
– रमेश जोशी (पूर्व एनआरएनए डिआरसि, ओसेनिया)
– कुल प्रसाद गुरुङ (पूर्व सभापति जनसम्पर्क हङकङ)
– कृष्ण सुवेदी (पूर्व सभापति जनसम्पर्क जापान)
– लक्ष्मी सापकोटा (पूर्व सभापति जनसम्पर्क समिती एबम पुर्ब अध्यक्ष एनआरएनए पोर्तुगल)
– सन्देश के सी (सभापति जनसम्पर्क एवंम संस्थापक महासचिब एनआरएन माल्टा)
– रामचन्द्र पाठक (पूर्व सभापति जनसम्पर्क समिति डेनमार्क)
– बिनोद घिमिरे (पूर्व सभापति जनसम्पर्क समिति पोर्तुगल)
– राम गुरुङ (पूर्र्व सभापति जनसम्पर्क समिति हङकङ)
– मीन गुरुङ (पूर्व सभापति जनसम्पर्क समिती हङकङ)
– बिनोद मोक्तान (पूर्व सभापति जनसम्पर्क समिति बेलायत)
– त्रिलोचन सापकोटा (पूर्व सभापति जनसम्पर्क समिति डेनमार्क)
– जगत शाह (पूर्व सभापति जनसम्पर्क समिति हङकङ)
– श्रीनेत बस्नेत (पूर्व सभापति जनसम्पर्क समिति हङकङ)
– डा.जितु उपाध्याय (उपसभापति जनसम्पर्क समिति क्यानाडा)
– चित्र बहादुर केसी (संस्थापक सभापति जनसम्पर्क समिति युएई एबम आइसिसी सदस्य एनआरएन)
– सितल गिरी (राज्य संयोजक, जनसम्पर्क समिति अष्ट्रेलिया)
– सागर सुवेदि, अष्ट्रिया
– मन थापा, नाईजेरीया
– केशब बराल (उपाध्क्ष जनसम्पर्क समिति अमेरीका)
– विनोद शाह (पूर्व आईसीसी सदस्य)
– ओम भट्टराई (निबर्तमान प्रवक्ता एनआरएनए अमेरीका)
– भोजराज ठोकर (सचिब जनसम्पर्क समिति अमेरीका)
– रामजिबी पन्थ (संस्थापक अध्यक्ष जनसम्पर्क समिति इटली, महासमिति सदस्य जर्मनी)
– कृष्णजिबी पन्थ (बरिष्ठ उपाध्यक्ष एनआरएनए अमेरीका
– प्रतिक पाण्डे (उपाध्यक्ष जनसम्पर्क समिति अमेरीका)
– राजन चापागाई (सभापति जनसम्पर्क समिति ईटली, आईसीसी सदस्य)
– शंकर डाँगी (आइसीसी सदस्य जर्मन)
– गंगा धर गौतम (पूर्व सभापति एबम पूर्व अध्यक्ष एनआरएनए बेल्जियम)

बोदार्थः
कुमार पन्त, अध्यक्ष, गैरआबासीय नेपाली संघ
नेपाल कम्युनिस्ट पार्टी एमाले
नेपाल कम्युनिस्ट पार्टी माओवादी
नेपाल कम्युनिस्ट पार्टी समाजबादी
सम्पुर्ण राजनैतिक दलहरू

जय नेपाल, जय एनआरएन ।

Share