परराष्ट्र मन्त्री डा.खड्काको अभिव्यक्ति प्रति एनआरएन पोल्याण्डको आपत्ति

पोल्याण्ड |   गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डले मंगलबार मार्च ८ तारिख एक बिज्ञप्ति प्रकाशित गर्दै पराराष्ट्र मन्त्रि डा. नारायण खड्काको अभिव्यक्ति प्रति अथक मेहनत माथिको कुठाराघात भन्दै आपत्ति प्रकट गरेको छ |

नेपाल सरकारका परराष्ट्र मन्त्रि डा. नारायण खड्काले सोमबार आफ्नै कार्यालयमा पत्रकार सामु युक्रेनमा अलपत्र नेपालीहरुको उद्धार भारत लगायत अन्य देशले गरेको र पोल्याण्ड लगायत अन्य देशमा सुरक्षित स्थानान्तरण गरेको भन्ने अभिव्यक्ति आफैमा प्रमाण-बिहिन, हास्यास्पद र लज्जाबोधले भरिएको भन्दै आपत्ति जनाएको हो |

पोल्याण्डको गैर आवासीय नेपाली संघले जर्मनीको बर्लिन स्थित नेपाली दुताबासको समेत समन्वयमा युक्रेनमा रहेका १५ जना नेपालीलाई बिशेस पहल गरि सुरक्षित रुपमा पोल्याण्ड ल्याएको, २९८ भन्दा बढी नेपालीहरुलाई खान र बस्नका लागि प्रवन्ध मिलाएको, युक्रेनबाट बिस्थापित नेपालीहरुलाई सहयोग गर्न टास्क फोर्स गठन गरिएको अझैपनि १०० भन्दा धेरै हाम्रो व्यवस्थापनमा रहेको स्मरण गराउदै यस्तो कार्यको सबैलाई जानकारी भएको बिज्ञप्तिमा जनाएको छ |

यस्तो अवस्थामा पनि युक्रेनमा अलपत्र नेपालीहरुको उद्धारमा नेपाल सरकारले यथोचित ध्यान नदिएको र नेपाली संथा र समुदायको अथक प्रयासले उद्धार गरिएको नेपालीहरुलाई छिमेकि देशको मद्धतले भएको भन्ने भनाईले सरकारी संयन्त्र नै नेपाली संथा र गैर आवासीय नेपाली संघ माथि अविश्वास पैदा गर्न लागिपरेको भान परेको छ भन्दै गैर आवासीय नेपाली संघ पोल्याण्डको अथक प्रयासलाई नजरअन्दाज र अबिश्वास गरिएको प्रति कडा आपत्ति जनाउदै आफ्नो श्रोत र साधनले भ्याएसम्म मानवीय सहयोग जारि राख्ने , बिज्ञप्तिमा भनिएको छ |

त्यसैगरी पोलिश नेप्लिज फाउण्डेशन, पोल्याण्डका अध्यक्ष तथा एन आर एन पोल्याण्डका प्रमुख संरक्षक र संथापक अध्यक्ष डा. बोधराज सुबेदीले एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै परराष्ट्र मन्त्रि डा. नारायण खड्का र राजदूत रामकाजी खड्का संग नियमित टेलिफोन मार्फत सम्पर्क गरेको उल्लेख गर्दै विभिन्न मिडियामा र एनआरएन पोल्याण्डले मार्च ८ तारिख निकालेको बिज्ञप्ति प्रति ध्यानाकर्षण गर्दै ” सबैलाई नभई केहीलाई मात्र भारत सरकारले सहयोग गरेको प्रस्ट पार्दै कतिपय मिडियाले गलत समाचार सम्प्रेषण गरि भ्रम शृजना गरेको र त्यसमा कुनै सत्यता नभएको भन्दै उक्त समाचारमा विश्वास नगर्न मन्त्रि खड्का बाट अनुरोध गरिएको बिज्ञप्तिमा उल्लेख गरेका छन् |

 

Share