नेपाली ब्यवसायी संघ नेदरल्याण्डसको अध्यक्षमा देवकोटा (अमिर) निर्वाचित

नेदरल्याण्डस |   आज २४ फेब्रुअरी २०२२ मा सम्पन्न नेपाली ब्यवसायी संघ नेदरल्याण्डसको  दोस्रो अधिवेशन संघका अध्यक्ष श्रीराम कंडेलको अध्यक्षतामा सम्पन्न भएको छ | उक्त अधिवेशनबाट कार्यकाल २०२२-२४ को लागि सफल ब्यवसायी तथा समाजसेवी जि एन देवकोटा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन ।

नेपालको गोर्खा जिल्ला घर भै बिगत लामो समय देखि नेदरल्याण्डसमा बसोबास गर्दै आएका देवकोटा नेदरल्याण्डसको  राजधानी आम्स्टर्डाममा होटेल रेष्टुरेन्ट ब्यवसायमा अब्बल एक सफल ब्यबसायीबाट चिनिएका छन् |

त्यसैगरी  दोश्रो अधिवेशन बाट  बरिस्ठ उपाध्यक्षमा अच्युत कट्टेल, उपाध्यक्षमा हिरण्य ओझा, महासचिवमा आर के सुबेदी, सचिवमा सन्दीप विश्वकर्मा र धर्म कार्की र सदश्यहरुमा डिल्लीराम कंडेल, संघर्षशिल के सि, सुनिता बुढाथोकी र नविन ढकाल गरि ११ जनाको नयाँ कार्यसमिती चयन भएको छ ।

नेदरल्याण्डसका ब्यवसायीहरुको हकहित र ब्याबसायिक प्रगतिको लक्ष राखेर सन्  २०१८ जुन १८  मा बिधिवत स्थापना भएको ब्यवसायी संघ एक कार्यकाल पार गरि दोस्रो कार्यकालमा प्रवेश गरेको हो । कोरोना संकटको अवस्थामा ब्यवसायीहरुले भोग्नु परेको आर्थिक भार साथै ब्यावसायिक र मानसिक तनाव पुन: नदोहोरियोस भन्दै निवर्तमान  अध्यक्ष श्रीराम कंडेलले कोरोना कहरको समयमा नेदरल्याण्डस सरकारले दिने गरेका सहुलियत र प्रदान गर्ने गरेका सुचनाहरु सरल भाषामा ब्यबसायी सामु पुर्याउने महत्वपूर्ण कार्य भएको भन्दै संघको प्रगती र आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

अधिवेशनको प्रमुख आतिथ्यता ग्रहण गर्दै ब्यबसायी संघ नेदरल्याण्डसका संस्थापक शशी पौड्यालले नेपाली समुदाय भित्र रहेका ब्यवसायिक समस्याहरुको पहिचान गरि ती समस्याहरु समाधान गर्न र ब्यवसायीहरु बिचको सम्बन्धलाई मजबुत पार्न रचनात्मक योजनाहरु ल्याउनु पर्ने आवश्यकता भएको बताउदै ब्यवाशायीहरुमा कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने आशय राखेका थिए  । साथै नेदरल्याण्डसमा भएका ब्यावसायीहरुले सहकार्य गर्दै मुनाफामुलक ब्यवसायमा सामुहिक लगानी गरेर अगाडि बढ्न सके भने ब्याबसायिक सफलता हासिल गर्न सकिने बिषयमा जोड दिए । दोस्रो आधिवेशनको निर्वाचन आयुक्त समेत रहेका पौड्यालले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै अधिवेशनको दौरानमा सहकार्य गर्ने बिधान समितिका संयोजक धन कुमार बोहरा र प्रचार प्रसार समितिका संयोजक बेद राम कंडेल लाई पनि धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित कार्यसमितीलाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गरे ।

दोश्रो अधिवेशनमा बिशिष्ठ अतिथिको रुपमा नेपाल पत्रकार महासंघ युरोपका महासचिव द्रोण रिजाल, बरिष्ठ समाजसेवी तथा व्यवसायी पदम बहादुर छेत्री ( रामचन्द्र ),   म्युजिक फाउण्डेशन नेदरल्याण्डसको अध्यक्ष साबू पौडेल, सफल व्यवशायीहरु श्री पाण्डे, संचारकर्मी तथा व्यवशायी  बेदराम कंडेल, जी एन देवकोटा, हिरण्य राज ओझा, आर के सुबेदी, धनकुमार बोहरा, अच्चुत कट्टेल, धर्म कार्की, सन्दिप काफ्ले, संघर्सशील केसी, सन्दिप बिक, ललित बस्नेत, नबिन ढकाल, सामाजिक अभियन्ता राजेन्द्र शर्मा ( नेपाल प्रेमी ), राम कार्की, ध्रुव न्यौपाने लगायतको उपस्थिति थियो | 

नवनिर्वाचित अध्यक्ष जि एन देवकोटा (अमिर) ले नेदरल्याण्डसका नेपाली ब्यवसायीहरु बिचको एकता महत्वपूर्ण भएको भन्दै सबै ब्यवसायीहरु एकजुट भएर काम गर्न आग्रह गरे । साथै आगामी कार्यकालको लागि कार्ययोजनामा छिट्टै नै प्रस्तुत गर्ने प्रतिबद्धता पनि जाहेर गर्दै आफु बोलेर भन्दापनि गरेर देखाउनेमा बिश्वस्थ रहेको घोषणा गरेका थिए। सामुहिक लगानी र मुनाफामुलक ब्यवसायमा हात हाल्नु पर्ने आवश्यकतालाई मनन गर्दै सबैको सहयोग र साथको अपेक्षा राखेको कुरा पनि प्र्ष्ट पारेका छन् । जुम प्रविधि मार्फत संचालित दोस्रो अधिवेशनको कार्यक्रम संचालन नवनियुक्त महासचिव आर के सुबेदी बाट भएको थियो | राष्ट्रिय गानाका साथ संचालन गरिएको कार्यक्रममा समाजसेवी तथा व्यवशायी स्व. बिकाश शर्मा र समाजसेवी स्व. यानी तामांगको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो भने  स्वागत मन्तब्य निवर्तमान उपाध्यक्ष बेदराम कंडेलले राखेका थिए ।

Share