पत्रकार महासंघका बैदेशिक शाखाहरुले पत्रकार पाण्डेको रिहाइको माग गर्दै निकाले संयुक्त वक्तब्य

यूरोप |   सामाजिक संजालमा स्टाटस लेखेको आधारमा यूएईमा जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघको बिदेशमा रहेका शाखाहरुले मार्च ४ तारिख शुक्रबार संयुक्त प्रेस वक्तब्य जारी गरेका छन् । नेपाल मै रहेको बेला सामाजिक संजालमा ब्यक्त गरेको बिचारलाई नेपाली दुताबासले साईबर अपराधको मुद्धा लगाएर युएई प्रहरीबाट पक्राउ गरि कारवाही गर्न उजुरी दिएको बिषय प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अभिब्याक्ती स्वतन्त्रताको विश्वव्यापी मान्यताको ठाडो उल्लंघन भएको बिज्ञप्तिमा भनिएको छ |

महासंघका विभिन्न सात (बेलायत, यूरोप, जापान, दक्षिण कोरिया, कुवेत, कतार, बेल्जियम र भारत) स्थित महासंघका बैदेशिक शाखाले शुक्रबार संयुक्त बक्तव्य जारी गर्दै पाण्डेलाई अन्यायोचित ढंगले जेल हालिएको भन्दै कडा भर्त्सना गरेका छन् ।

‘नेपालीहरुको संरक्षक ठानिने दूतावासकै प्रत्यक्ष संलग्नतामा सामाजिक सञ्जालमा लेखेकै भरमा विदेशी भूमिमा एक नेपाली पत्रकारलाई जेल पठाइनु आपत्तिजनक छ, जसबाट अभिव्यक्ति स्वतन्त्रताको सर्वमान्य अधिकारमाथि सिधा प्रहार भएकोमा हामी कडा भर्त्सना गर्दछौं ” जारी वक्तव्यमा भनिएको छ |

नेपालमा रहँदा सामाजिक सञ्जालमा ब्यक्त गरेको विचारलाई लिएर नेपाली दूतावासले गरेको उजुरीका आधारमा यूएई प्रहरीबाट पक्राउ गरी साईबर अपराधको मुद्धा लगाएर जेल सजाय गराउनुबाट अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको ठाडो उल्लंघन भएको उनीहरुको ठहर छ ।

संयुक्त बक्तव्यमा हाल यूएईको जेलमा राखिएका पत्रकार पाण्डेलाई तत्काल रिहा गराउन तथा उनीमाथि अन्यायोचित ढंगले लगाइएको साईबर अपराधको मुद्धा फिर्ता गराइ सजायमुक्त गराउनतर्फ आवश्यक पहल गर्न नेपाल सरकार र सम्बन्धित नेपाली दूतावास समक्ष माग गरिएको छ ।

त्यस्तै, नेपाल पत्रकार महासंघ केन्द्र र श्रमजिवी पत्रकारहरुका पक्षधर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संगठनहरुलाई पनि पत्रकार पाण्डेको रिहाइ तथा मुद्धा फिर्ताको लागि सम्बन्धित निकायहरुसम्म आवश्यक दबाब सिर्जना गर्ने कार्यमा सहयोग पुर्याउन अपील गरिएको छ ।

संयुक्त वक्तव्यमा महासंघका बेलायत शाखा अध्यक्ष ध्रुवराज अर्याल, युरोप शाखा कावा अध्यक्ष केजिन राई, जापान शाखा अध्यक्ष मोहन घले, दक्षिण कोरिया शाखा अध्यक्ष रञ्जनराज कुँवर, कुवेत शाखा अध्यक्ष नवराज पन्थी, कतार शाखा अध्यक्ष करीम बक्स मियाँ, बेल्जियम शाखा अध्यक्ष ओम शर्मा र भारत शाखाका महासचिव अर्जुन खनालले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *