नेदरल्याण्डसका समाजसेवी शर्माको दुर्घटनामा परि निधन

नेदरल्याण्डस । नेदरल्याण्डका समाजसेवी तथा ब्यबसायी बिकास शर्माको जनवरी १६ तारिख बेलुका करिब ६ बजे स्कुटरले ठक्कर दिए पछी  उपचारको क्रममा निधन भएको छ ।आफ्नो ब्यवसाय सकेर घर फर्कने क्रममा घर नजिकैको बस स्टप बाट बाटो काट्ने क्रममा सवार स्कुटरले ठक्कर दिदा टाउकोमा गम्भिर चोट लागेको थियो ।

तत्काल स्वास्थ्यकर्मिहरुको उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत अस्पताल लगिएको थियो । टाउकोमा गम्भिर चोटका कारण अप्रेसन असफल भएपछि शर्माको निधन भएको अस्पताल श्रोतले बताएको  छ । शर्माका श्रीमती , एक छोरा र एक छोरी छन । उक्त आकस्मिक धटनाको खबरले नेदरल्याण्डको नेपाली समुदायलाई स्तब्ध बनाएको छ।शर्माको पार्थिव सरिरलाई बुधबार दिउसो ४ बजे निम्न ठेगाना: Berkhouderweg 26 te Hoorn (Crematorium Hoorn) नेदरल्याण्डमा अन्त्यष्ठी गरिने पारिवारीक श्रोतले जनाएको छ ।

Share