विधान समितिका सह-संयोजक गौतमले लेखे केन्द्रीय अध्यक्ष पन्तलाई खुल्ला पत्र

बेल्जियम |   गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति बेल्जियमका पुर्व अध्यक्ष तथा अन्तराष्ट्रिय समन्वय समितिको विधान समितिका संयोजक गंगाधर गौतमले अध्यक्ष कुमार पन्तलाई खुल्ला पत्र लेखेका छन् | गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद १० औं अन्तराष्ट्रिय सम्मेलन स्थगित भएपछि नेपाल सरकार परराष्ट्र मन्त्रालय र सरोकारवाला पक्ष बिच महाधिवेशन प्रतिनिधिहरुका बिषयमा पटक पटक छलफल भएको स्मरण गराउदै संघको निर्वाचनको लागि पाटन उच्च अदालतले निर्वाचन गराउन बैधानिक बाटो खोलि मार्ग प्रसस्त गरिसक्ता पनि केन्द्रीय महाधिवेशन तथा निर्वाचन मिति घोषणा कुनैपनि बहानामा रोक्न नमिल्ने खुल्ला पत्रमा भनिएको छ | महाधिवेशन प्रतिनिधिहरुको मताधिकार सुरक्षित गर्न र संघलाई बिघटनको बाटोबाट जोगाउन महाधिवेशन तथा निर्वाचन मिति धोषणा गर्न माग गर्दै विधान समितिका सह-संयोजक साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति बेल्जियमका पुर्व अध्यक्ष गंगाधर गौतमले केन्द्रीय अध्यक्ष कुमार पन्तलाई खुल्ला पत्र लेखेका छन् |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *