युरोप संयोजक आचार्यको केन्द्रीय सचिबपदमा उम्मेदवारी घोषणा

नेदरल्यान्ड्सलामो समय देखि एनआरएनए अभियानमा सक्रिय बर्तमान युरोप संयोजक नारायण आचार्यले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको केन्द्रीय सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन | नेपालको बाग्लुङ्गको बढीगाउँमा जन्मिएका आचार्य बिगत लामो समय देखि परिवार सहित नेदरल्यान्ड्समा बसोबास गर्दै आइरहेका  छन् | नेपालको लोकतन्त्र प्रति आस्था र  प्रजातान्त्रिक बिचार सहित राजनीतिमा सक्रिय रहेका आचार्य सामाजिक अभियानमा पनि उल्लेख्य योगदान पुर्याउदै आएका छन |

लोकतान्त्रिक बिचार बिकेका आचार्यले  सन् २००६ देखि प्रवासमा नेदरल्यान्ड्सबाट सामाजिक र राजनीतिक यात्रा सुरुगरेका हुन् | जनसम्पर्क समितिका संथापक साथै एनआरएनए नेदरल्यान्ड्सका पुर्व अध्यक्ष समेत रहेर आचार्यले सफलतापुर्वक नेतृत्व गरिसकेका छन् | बर्तमान युरोप संयोजक आचार्यले एनआरएनए भित्र सुद्दिकरण र पारदर्शिता अपरिहार्य रहेको भन्दै सामाजिक न्यायको निम्ति हामीसंग धेरै मुद्दाहरु रहेको र तिनीहरुको सम्बोधन गर्दै समाधानका लागि तत्पर रहनुपर्ने बर्तमान अवस्था रहेको भन्दै आगामी बर्ष २०२१-२३ कार्यकालका लागि केन्द्रीय सचिब पदमा उम्मेदवरी घोषणा गरेको बताएका छन् |

नागरिकताको बिषयमा उल्लेख गर्दै गैर आवासीय नेपालीहरुले नागरिकताको अभावमा सम्पतिको अधिकार उपयोग गर्न नपाएको तितो यथार्थ प्रस्तुत गर्दै त्यसकालागि लगानीको वातावरण शृजना गर्नुपर्नेमा जोड दिदै राजनीतिक र सरकारी पहल गर्ने घोषणा समेत गरेका छन् | प्रवासमा बिद्यार्थी, युवा तथा महिलाहरुका अधिकार र उनीहरुका मुद्दाहरु सम्बोधन गर्न जरुरि रहेको भन्दै उल्लेख्य अवसरहरुको वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आचार्यले घोषणा गरेका छन् |

प्रवासमा बसोबास गर्ने लगभग ८० लाख नेपालीहरुको बित्रिने रेमिटेन्सको एउटा सानो अंश मात्र स्वास्थ्य क्षेत्रमा सदुपयोग गरियोभने मातृभूमिमा बस्ने परिवारहरुलाई शुलभ औसधि उपचार गर्नकालागी अस्पतालको स्थापना गर्न सकिने भन्दै  महँगो उपचारबाट मातृभूमिमा रहेका परिवारहरुलाई जोगाउन सकिने हुँदा उक्त प्रोजेक्ट ल्याउन पहल गर्ने र नेपालमा कम्तिमा दुई वटा अक्सिजन प्लान्ट युरोप क्षेत्रबाट स्थापना गर्ने योजना रहेको आचार्यले बताएका छन् | राजनीतिक मुद्दा र त्यसको सम्बोधनको बारेमा उल्लेख गर्दै प्रवासमा रहेका विभिन्न दलका भात्री संथाहरुमा सक्रिय राजनीतिक ब्याक्तित्वहरुको सहभागिता बढाउनुपर्नेमा आचार्यले जोड दिएका छन् |

 

Share