एनआरएनए नेदरल्यान्ड्सले हिन्दु महिलाहरुको महान चाड तीज मनाउदै |

नेदरल्यान्ड्स, बिगत बर्ष झैँ यस बर्षपनि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सले हरितालिका तिज मनाउने भएको छ | कार्यसमितिको अगस्ठ २१ तारिख बसेको बैठकले सेप्टेम्बर ४ तारिख सनिबारका दिन हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज मनाउने निर्णय गरेको बरिस्ठ उपाध्यक्ष बिष्णु पोखरेलले जानकारी गराएका छन् | बर्तमान अवस्थालाई मध्यनजर गर्दै सरकारी नियम पालना गरेर तिज कार्यक्रम गरिने हुँदा नेदरल्यान्ड्समा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई उपस्थित हुनाकालागी हार्दिकतापूर्वक अनुरोध गरिएको साथै  सम्पूर्ण दाजुभाईहरुलाई समेत सहभागिताकोलागि निमन्त्रणा गरिएको जानकारी गराउदै र मिष्ठान्न भोजनको समेत ब्यबस्था गरिएको संघका अध्यक्ष मिम पुर्जाले जनाएका छन |

तीज को हिन्दु धर्म मा एक विशेष स्थान छ, यो पर्व भगवान शिव र माता पार्वती को मिलन को सम्झना मा मनाईन्छ। तीजको दिन, विवाहित महिलाहरु आफ्नो पतिको दीर्घायु को लागी दिनभरि व्रत बस्ने गर्दछन । अविवाहित महिलाहरु पनि एक राम्रो जीवन साथी को लागी यो व्रत राख्छन्। तीज को व्रत बस्दा , विवाहित महिलाहरु आफ्ना पतिको दिर्घायु जीवन पाउँछन् र अविवाहित महिलाहरुलाई आफ्नो लागि सुखी र खुसि राख्ने जीवन साथी प्राप्त गर्न सकिन्छ भन्ने धार्मिक बिश्वास गरिएको छ । त्यसैले हरितालिका तीजलाई बिशेस महत्वका साथ मनाईन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *