एनआरएन नेदरल्यान्ड्सको निर्वाचन समितिले जारि गर्यो निर्वाचन आचारसंहिता तथा निर्देशिका २०२१

नेदरल्यान्ड्स,  गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सको निर्वाचन समिति २०२१ ले जुन १६ तारिख समितिको इमेलमा संलग्न गरिएको गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सको निर्वाचन निर्देशिका २०२१ तथा आचारसंहिता २०२१ आज जारि गरेको छ | कार्यसमितिको बैठकले जुन ५ तारिख सम्म पंजीकृत सदस्यता बन्ने समय सिमा तोकिएको र सदस्यहरुको नामावली सहितको विवरण निर्वाचन समितिलाई बुझाएपछि समितिले जुन ११ मा नामावली प्रकासन गरेको थियो | सदस्यहरुको नामावलीमा कुनै दाबि बिरोध भए निर्वाचन समितिको इमेलमा लिखित उजुरी जुन १४ तारिख सम्म दिन सकिने निर्वाचन समितिले जानकारी गराएको थियो |

पूर्व सुचना अनुसार जुन १६ मा प्रकाशन गर्ने सुचित गरिएको मा दाबी बिरोध का निबेदनहरु उपर छानबिन, अध्ययन र छलफल गर्दा केहि निश्चित बैक खाताबाट धेरै सदस्यहरुको शुल्क एनआरएन नेदरल्यान्ड्सको खातामा आएको पाइएको समितिले जनाएको छ । साथै निर्बाचन समितिले , सदस्यता समितिले निकालेको सार्बजनिक सुचना पनि अध्ययन गर्दा , सुचनामा उपरोक्त बिषयमा स्पस्ट व्यवस्था गरि सुचित गरेको देखिएन समितिले उल्लेख गरेको छ । समितिको उक्त छलफलमा सदस्यताको अन्तिम नामावली / भोटर लिस्ट प्रकाशन पूर्व अन्तिम निर्णयको लागि थप स्पष्टता हुन आवाश्यक दिखिएको जनाइएको छ ।

गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको २०२१ को अधिबेसनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने सम्बन्धमा निर्बाचन समितिले १ हप्ता को लागि स्थगित गरेको छ। पूर्व सुचना अनुसार जुन १६ मा प्रकाशन गर्ने सुचित गरिएको मा दाबी बिरोध का निबेदनहरु उपर छानबिन, अध्ययन र छलफल गर्दा केहि निश्चित बैक खाताबाट धेरै सदस्यहरुको शुल्क एनआरएन नेदरल्यान्ड्सको खातामा आएको पाइएको समितिले जनाएको छ । साथै निर्बाचन समितिले , सदस्यता समितिले निकालेको सार्बजनिक सुचना पनि अध्ययन गर्दा , सुचनामा उपरोक्त बिषयमा स्पस्ट व्यवस्था गरि सुचित गरेको देखिएन समितिले उल्लेख गरेको छ । समितिको उक्त छलफलमा सदस्यताको अन्तिम नामावली / भोटर लिस्ट प्रकाशन पूर्व अन्तिम निर्णयको लागि थप स्पष्टता हुन आवाश्यक दिखिएको जनाइएको छ । त्यसैले निर्बाचन समितिले सदस्यता शुल्क बुझ्ने / बुझाउने सम्बन्धि कार्यसमितिको स्पस्ट नियम माग गर्ने निर्णय गरेकोमा यस सम्बन्धमा कार्यसमितिको स्पस्ट जबाफ जुन २२, २०२१ गते मंगलबार सम्ममा उपलब्ध गराई दिन अनुरोध सहित पत्राचार गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले आगामी कार्यकाल २०२१-२३ कालागी निर्वाचन आचारसंहिता सहित निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ | जस अनुसार निर्वाचनमा सहभागी हुन उम्मेदवार मनोनयन जुन २८ देखि ३० सम्म, उम्मेदवारहरुको दाबि बिरोध र छनौट, नामावली फिर्ता जुलाई १ तारिख सम्म, उम्मेदवारहरुको चुनाबी प्रचारप्रसार जुलाई ८ तारिख सम्म र निर्वाचनको भोटिंग प्रक्रिया, नियमहरु र भोटिंग समयरेखा जुलाई ८ तारिख सम्म र जुलाई ११ तारिख निर्वाचन प्रक्रिया अन्तरगत उम्मेदवार छनौट र अन्तिम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ | 

निर्वाचन समितिले आगामी कार्यकाल २०२१-२३ कालागी निर्वाचन आचारसंहिता सहित निर्वाचन तालिका हेर्नका लागि तलको लिंक खोलेर हेर्न सकिन्छ |

Guidelines-Code-of-Conduct-2021-NCC-NL-Election-Approved-by-EC-june-16-2021

Share