नेपालकी चर्चित कलाकार शान्तिश्रीको बेजोड प्रस्तुतिमा नेदरल्याण्ड्सका दिदीबैनीहरु छमछमी नाचे ।

नेदरल्याण्ड्स ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)नेदरल्याण्ड्सले यही अगस्ट १८ तारीख (सोमबार)का दिन नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज भब्य रुपमा सम्पन्न गरेको छ । बिगत बर्षहरु झै यो बर्ष पनि दिदीबैनीहरुलाई मिष्ठान्न भोजन गराएर आत्मीयता साटासाट गर्ने वातावरण गैरआवासीय नेपाली संघ नेदरल्याण्ड्सले  तयार गरेको हो ।

सुन्दरताको प्रतीक नेपाली पोषाक,रातों सारी र गहनाले सजिएका हाम्रा चेलीहरुको खुसीले कार्यक्रम स्थल सोभायमान भएको थियो । मिष्ठान्न भोजनको स्वाद लिॅदै दिदीबैनीहरु आफ्नो माइत गएको अनुभव भएको बताउॅदै यस्तो अवसर प्रदान गरेकोमा एनआरएनएलाई माइतीको न्यानो माया पाएकोमा धन्यबाद साथै आभार प्रकट गरेका थिए । नेपाली कला र संस्कृतिको सम्मान गर्दै दिदीबैनीहरुको एकता सद्भाव देखेर बिदेशी नागरिकहरुले समेत नेपाली संस्कृतिको खुलेर प्रसंसा गरेको देखिन्थ्यो । कुरा बुझनुपर्छ,अरेली कँडेले कताहो बैनीको लौन सारै मन पर्यो,बंदीपुरैमा,कुरा काटन,छूटना लाईपो रैछ,रुकुम मैको कोट जस्ता लोकप्रिय गीतहरुमा कर्णप्रिय र आकर्षक आवाजकी धनी नेपालकी चर्चित कलाकार शान्तिश्री परियारको बेजोड प्रस्तुतिमा दिदीबैनीहरु छमछमी नाचेका थिए । पहिलो पुरस्कार नौगेडी, दोश्रो पुरस्कार चन्द्रमा र तेश्रो पुरस्कार पाउजू सहितको चिठ्ठा राखिएकाले उक्त कार्यक्रमलाई अझ आकर्षक बनाएको  थियो  ।

प्रमुख अतिथि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका यूरोप उप संयोजक मीम पुर्जा, गैरआवासीय नेपाली संघ नेदरल्याण्ड्सका संथापक अध्यक्ष शशिकान्त पौडेल, प्रमुख संरक्षक कृष्ण राज अधिकारी,पूर्व अध्यक्ष नारायण आचार्य,पूर्व अध्यक्ष हिमाल गुरुङ,पूर्व अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरी ),निवर्तमान अध्यक्ष थानेश्वर कंडेल,संरक्षक पदम बहादुर क्षेत्री,पत्रकार महासंघ यूरोपका उपाध्यक्ष द्रोण रिजाल,नव निर्वाचित आईसिसि सदस्य सीता सापकोटा, प्रवासी नेपाली मञ्चका अध्यक्ष केशब राज पाण्डे,नेपाली जनप्रगतिशील मञ्चका कार्यवाहक अध्यक्ष हरी बिष्ठ,रास्वपा प्रवास बिभाग संयोजक अंजन गुरुङ,प्रवासी नेपाली एकता समाजका अध्यक्ष कुश बजगाई,नेपाली ब्यवसायी संघका अध्यक्ष संघर्षशील केसी,नेपाल समाजका अध्यक्ष नारायण रिजाल,गुरुङ समाजका अध्यक्ष पृथ्वीमान गुरुङ,मगर समाजका अध्यक्ष नेत्र राना ,तामाङ समाजका अध्यक्ष खेम तामाङ,मोना नेदरल्याण्ड्सका अध्यक्ष ममता खड्का पुन,पर्वत समाजका अध्यक्ष झलक जीसी,पूर्वेली समाजका अध्यक्ष अच्युत कट्टेल,स्याँञ्जा समाजका अध्यक्ष युवराज पौडेल,झापाली समाजका अध्यक्ष प्रकाश गिरी,अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेदरल्याण्ड्सका अध्यक्ष सूर्यराज गिरी,युवा नेपाली फाउण्डेशनका अध्यक्ष निरज गुरुङ,नेपाल घर फाउण्डेशनका अध्यक्ष बन्दना अधिकारी,भूटनिज कम्युनिटी नेदरल्याण्ड्सका पूर्व अध्यक्ष राम कार्की,नेपाल म्यूजिक फाउण्डेशनका प्रतिनिधि,नेपाल फण्ड फाउण्डेशनका प्रतिनिधि,इनास नेदरल्याण्ड्सका प्रतिनिधि,अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटिका प्रतिनिधि लगायतलाई अतिथिकों रुपमा आसनग्रहण गर्नका निम्ति बोलाईएको थियो ।

प्रमुख अतिथि लगायत अतिथिहरुको समुपस्थितीमा पानसमा बत्ती बालेर,नेपाली राष्ट्रिय गान सहित उक्त बृहद कार्यक्रमको उद्घाटन गरिएको थियो। पहिलो सत्रकों उद्घाटन कार्यक्रमको सभापतित्व कार्यक्रम संयोजक अम्बिका गिरिले गरेकी थिइन भने कार्यक्रम संचालन नवनिर्वाचित महासचिव दिनेश अर्यालले गरेका थिए ।
तीज कार्यक्रममा पद हस्तान्तरण साथै बरबुझारथ समेत राखिएकाले निवर्तमान कार्यसमितिले नयाँ निर्वाचित कार्यसमितिलाई संस्थाको आर्थिक र भौतिक पदीय जिम्मेवारीहरु हस्तान्तरण गरेका थिए भने केही संस्थाका सामाग्रीहरु हस्तान्तरण नभईसकेकाले पदीय जिम्मेवारिलाई ध्यानमा राखेर उक्त संस्थाका सामाग्रीहरु अबिलम्ब हस्तान्तरण गर्न निवर्तमान अध्यक्ष थानेश्वर कंडेलले अनुरोध गरेका थिए ।

दिनको ४ बजे सुरू गरिने कार्यक्रम भनिएता पनि प्राबिधिक कारणले केही ढिलो भएपनि राति ११ बजे सम्म कार्यक्रम भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *