नेदरल्याण्ड्सस्थित नेपालीहरुको समुदायले श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने

नेदरल्याण्ड्स ।


मिति २०८३ भदौ १० गते बुधबारका दिन बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका नेपालीहरूको सम्झनामा नेदरल्याण्ड्समा बसोबास गर्ने नेपालीहरुको समुदायले श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ।

यही सेप्टेम्बर ६ तारिख आइतबारका दिन दिउसो एक बजे नेदरल्याण्ड्सको राजधानी अमस्तरदामको दाममा बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्न कार्यक्रम आयोजना गर्न लागिएको नेदरल्याण्ड्सस्थित नेपाली समाजका संथापक साथै अभिभावक श्री शशिकान्त पौडेलले जानकारी गराउनु भयो।

संथापक पौडेलले यो दुःखद घडीले हजारौँ परिवार आफ्नो घरबार,सम्पत्ति र प्रियजन गुमाएर अत्यन्त पीडादायी अवस्थामा बाँच्न बाध्य भएका सम्पूर्ण नेपालीको मनलाई स्तब्ध र भावविह्वल बनाएको उल्लेख गर्दै यही गहिरो पीडा र दुःखको घडीमा,दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्न र शोकसम्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्न नेपाली समुदायद्वारा एक शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको बताउनु भएको हो ।

हामी प्रवासमा रहेपनि हाम्रो मन र आत्मा सधैं मातृभूमिसँग जोडिएको छ जन्मभूमि रोहिरहेको बेला हाम्रो मन पनि रोहिरहेको छ त्यसैले हामी सबै नेपालीहरू एकजुट भएर दुःखमा साथ दिनु,पीडितहरूको सम्झनामा केही क्षण मौन बस्नु र आफ्नो ऐक्यबद्धता देखाउनु हाम्रो साझा कर्तव्य पनि हो भन्दै नेदरल्याण्ड्समा रहेका सम्पूर्ण सामाजिक राजनीतिक सङ्घसंस्था र नेपाली समुदायलाई दिवंगत आत्माहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्न र बेपत्ता भएकाहरु परिवार संग चॅाडै सम्पर्कमा आउन सकुन र पिॅडादायी भएर उपचारमा रहनुभएका सम्पुर्ण घाइतेहरुको शिध्र स्वास्थ्यलाभको कामना सहित यस दुःखद घडीमा आफ्नो अमूल्य समय निकालेर उक्त शोक सभामा उपस्थित भइदिनुहुन अभियन्ता पौडेलले अनुरोध गर्नुभएको छ ।