गुरुङ समाज नेदरल्याण्ड्सको अध्यक्षमा पृथ्वीमान चयन ।

नेदरल्याण्ड्स  ।

यही फेब्रुवरी १९,तारिख सोमबारका दिन गुरुङ समाज नेदरल्याण्ड्सको आठौँ अधिवेशन सम्पन्न भएको छ । नेदरल्याण्ड्सको राजधानी आम्स्टरडाममा सम्पन्न भएको उक्त अधिवेशनले पृथ्वीमान गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

नयाँ  कार्यसमितिको उपाध्यक्षमा अमिर गुरुङ र साबु गुरुङ  चयन भएका छन् भने महासचिवमा आशा गुरुङ , सचिवमा लक्ष्मी गुरुङ , कोषाध्यक्षमा जुनकुमारी गुरुङ, सह-कोषाध्यक्षमा सीमा (माया) गुरुङ सर्वसम्मत चयन भएका छन् । त्यसैगरि  सदस्यहरुमा निरज गुरुङ , साइरस गुरुङ , अमिर गुरुङ  र इन्द्रजंग गुरुङ निर्वाचित भएका छन् ।

Share