महिला फोरम नेदरल्याण्ड्सले अन्तराष्ट्रिय महिला दिवस मनाउदै ।

नेदरल्याण्ड्स    ।   गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्ड्सको महिला फोरमले आगामी मार्च १० तारिख आईतबारका दिन ११४औं  अन्तराष्ट्रिय महिला दिवस मनाउने भएको छ । संघकी महासचिव साबू पौडेलका अनुसार नेदरल्याण्ड्सको राजधानी आम्स्टरडाममा उक्त दिवस मनाउन लागिएको जानकारी गराएकी छन्। सदा झैँ यसपटक पनि महिला हक र अधिकारका निम्ति सामाजिक न्याय, समान अधिकार नारी प्रति सम्मान प्रकट गर्दै महिला फोरम नेदरल्याण्ड्सले समय र सहभागितालाई मध्यनजर गर्दै उक्त दिन zonneplein 29 , Amsterdam मा दिनको १४:०० बजे देखि १७:३० बजे सम्म गर्न लागिएको फोरमकी संयोजक सरोज ढकाल गिरीले बताएकी छन् ।

सन् १९०९ को फेब्रुवरी २८ का दिन अमेरिकाको समाजबादी पार्टीको घोषणा अनुसार संयुक्त अधिराज्य अमेरिकामा पहिलो पटक मनाइएको अन्तराष्ट्रिय महिला दिवस पहिलो विश्व युद्धको पुर्व सन्ध्यामा ब्यापक छलफल पश्चात हरेक बर्ष मार्च ८ तारिख अन्तराष्ट्रिय महिला दिवस मनाउने सहमति भएको थियो जस अनुरुप हरेक बर्ष मार्च ८ का दिन महिलाको सापेक्षिक आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि र कठिनाइहरूको सम्झनामा, विश्वका विभिन्न क्षेत्रहरूमा नारीप्रति सम्मान, प्रशंसा र प्रेम व्यक्त गर्ने उत्सवको रूपमा अन्तराष्ट्रिय महिला दिवस विशेष नाराका साथ मनाईने गरिन्छ ।

यो दिन अन्तराष्ट्रिय महिला दिवस विश्वभर विभिन्न क्षेत्रमा महिलाको उपलब्धि, योगदान र सहभागितामा बधाई दिंदै महिलाको उपलब्धि र योगदानलाई सम्मान गर्न मनाइने विश्वव्यापी कार्यक्रम हो। यो दिवस मनाउनुको मुख्य उद्देश्य नारीहरुलाई उनीहरुको अधिकार र सम्मान दिनु हो । यो दिवस मनाउनुको उद्देश्य समाजमा महिलालाई पुरुष सरह समान अधिकार प्रदान गर्नु पनि हो र उनीहरुको मनोबल बढाउनुपर्छ भन्ने मान्यता राखेको हुन्छ ।

यो दिवसले लैङ्गिक समानताको बारेमा चेतना जगाउने साथै महिला अधिकारको वकालत गर्नुको साथै यो दिवसले लैङ्गिक हिंसा, भेदभाव र महिलाहरूले सामना गर्ने सामाजिक-आर्थिक असमानता जस्ता मुद्दाहरूलाई सम्बोधन गर्ने मञ्चको रुपमा स्थापित रहेको छ। त्यसैले महिलाको मनोबल बढाउन र उनीहरुलाई पुरुष सरहको हैसियत दिन यो दिवस मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *