साझा नेपाली समाज बेलायतको अग्रसरता र चासो, भूकम्प प्रभावित क्षेत्रमा मानबिय उद्धारका लागि राहत जुटाउॅदै |

काठमाण्डौं |

यहि फाल्गुन ३ गते राति ११;४७ बजे नेपालको रुकुम जिल्लाको सदरमुकाम जाजकोटलाई केन्द्रबिन्दु बनाई आएको ६.४ रेक्टरस्केलको भुकुम्पबाट हुन गएको मानविय र धनजनको क्षतिमा  बेलायत स्थित नेपालीहरुको सबै भन्दा ठुलो सामाजिक संस्था साझा नेपाली समाजले गहिरो दुख प्रकट गरेको छ। भूकम्पबाट अहिले सम्म १६० भन्दा बढीको ज्यान गैसकेको छ भने अरबौका भौतिक संरचनाहरु ध्वस्त भएका छन।

नेपालमा रहेका साझा नेपाली समाजका महासचिव शशांक शर्मालाई साझा नेपाली समाजका अध्यक्ष दिपक सापकोटाले घटनाको बिस्तृत बिबरण बुझी नेपालका जिम्मेवार नेताहरु र उच्चपदस्थ कर्मचारीहरुलाई तुरुन्त बिबरण दिनुभन्ने निर्देशन गरेअनुसार शर्माले आज प्रधानमन्त्री पुस्पकमल दाहाल,नेपाली कांग्रेसका सभापती शेरबहादुर देउबा,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन संग प्रत्यक्ष फोन संबाद गरेका छन्। संबादमा महासचिव शर्माले सरकारको एकल प्रयासले मात्र पिडित सबैको आबस्यकता अनुसार उद्धारको लागी साधन र श्रोतले  नभ्याउने र उद्धारमा सबै राजनितिक पार्टी र सामाजिक अभियन्ताहरुले सहयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

सरकारले चालेका मानबिय उद्धारको कार्यको सर्हाना गर्दे साझा नेपाली समाज बेलायतले पनी सक्दो सहयोग जुटाउने र अध्यक्ष दिपक सापकोटाले समाजका कोषाध्यक्ष उपेन्द्र पौडेललाई राहत जुटाउन निर्देशन गरिसकेको जानकारी महासचिव शर्माले गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *