जनसम्पर्क समिति बेल्जियमको सभापतिमा गुरुङ चयन |

बेल्जियम ,  ब्रसेल्स ।
यहि डिसेम्बर ४ तारिख सोमबार भएको साधारण सभाबाट जनसम्पर्क समिति बेल्जियमको सभापतिमा सुबास गुरुङ चयन भएका छन्। सन् २०२१ को अक्टुबर २९ तारिख सम्पन्न समितिको पाँचौं अधिवेशनमा सभापतिका प्रत्यासीहरुका बीच कार्यकाल बाँडफाँड गर्ने सहमति भए अनुसार पहिलो दुई वर्ष पूर्ण तिमिल्सिनाले समितिको सभापतिको जिम्मेवारी बहन गरेकाले सोहि सहमति अनुसार समितिको सोमबार सम्पन्न सातौँ साधारण सभाबाट बाँकी कार्यकाल कालागि गुरुङले सभापतिको जिम्मेवारी बहन गर्दै आफ्नो कार्यभार ग्रहण गरेका हुन् |

बेल्जियमको ब्रसेल्सस्ट्राट लुभेनमा भएको नेतृत्व हस्तान्तरण कार्यक्रममा निबर्तमान सभापति पूर्ण तिमिल्सिना र नेपाली कांग्रेस केन्द्रीय युरोप प्रतिनिधी नारायण आचार्यले महासमिति सदस्य समेत रहेका गुरुङलाई पदभार ग्रहण गराउँदै प्रमाण पत्र प्रदान गरेका थिए। ओखलढुंगा जिल्लाको रुम्जाटार पुर्ख्यौली थलो भएका गुरुङ बिगत दुई दशकदेखि सपरिवार बेल्जियममा बस्दै आइरहेका छन्।

सो साधारण सभामा बेनेलक्स र युरोपियन युनियनका लागि महामहिम राजदुत गेहेन्द्र राजभण्डारी, एनआरएए केन्द्रीय उपाध्यक्ष गंगाधर गौतम ,एनआरएन बेल्जियम अध्यक्ष सिता सापकोटा, जनसम्पर्क समिति नेदरल्याण्ड्सका सभापति शालिक गौतमले शुभकामना मन्तब्य दिएका थिए ।

त्यसैगरी बिदेशमा नेपाली कांग्रेसको भातृ संस्थाको रूपमा रहेको नेपाली जन सम्पर्क समिति बेल्जियमको सो साधारण सभामा नेकपा एमाले बेल्जियमका बिनोद न्यौपाने ,नेकपा माओबादी बेल्जियमका गंगा शर्मा ,ब्यबशायी संघका अध्यक्ष चिरण कुमार खवास ,शेर्पा समाजका अध्यक्ष पेम्बा शेर्पा ,चितवन सहायता कोष अध्यक्ष इश्वरी कडेल , पत्रकार महासंघ बेल्जियमका अध्यक्ष पत्रकार ओम शर्मा ,पुर्व अध्यक्ष सुबास जोशी, ऊल्का घिमिरे, ध्रुबराज पौडेल , पदम गुरुङ ,किरात राई सोसाईटी बेल्जियमका केजिन राई ,शेर्पा समाजका सोनाम शेर्पा ,झलक केसी ,दिनेश भण्डारी , रूबिना शर्मा , सूर्य गुरुङ लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रम निबर्तमान सभापति पूर्ण तिमिल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो भने महामन्त्री प्रकाश राज गिरीले कार्यक्रम संचालन गरेका थिए ।

जनसम्पर्क समिति बेल्जियमको कार्यसमिति यस प्रकार रहेको छ |

सभापतिमा शुबाश गुरुङ, वरिष्ठतम उपसभापतिमा दिलमाया शर्मा, बरिष्ठ उपसभापतिमा केदार जोशी ,महिला उपसभापतिमा राधा प्रधान,उपसभापतिहरुमा बिराट जोशी र पेम्बा दोर्जे शेर्पा ,महामन्त्रीहरुमा प्रकाश गिरी, गोबिन्द सिंह अधिकारी, कमल सितौला, सह महामन्त्रीहरुमा हुमनाथ पाण्डे, शिवलाल खरेल, कल्पना घिमिरे, सन्तोष न्यौपाने , राकेश घिमिरे, कोषाध्यक्षमा रबिन पण्डित, सह कोषाध्यक्षहरुमा यानुका गुरुङ श्रेष्ठ, हरी बहादुर रोका, पदेन सदस्य:- पूर्ण तिमिल्सिना रहेका छन् |

त्यसैगरी सदस्यहरूमा मदन दवाडी, प्रेम तिमिल्सिना, कौशल खनाल, काशी दानै, दामन तामाङ, दिपक न्यौपाने, राजेन्द्र घिमिरे, कृष्ण शाही,अनुजा प्रधान, कर्ण अधिकारी, जयराम के शी, बल बहादुर पून , रामु अर्याल ,रमेश राज लामीछाने , होम रानाभाट, प्रतिष्ठा ओझा, रामचन्द्र शर्मा, टीकाराम सापकोटा, परशुराम सापकोटा, नरहरी सापकोटा, बिनोद पौडेल, चिनियाँ दुलाल, हेमराज सापकोटा, राकेश कर्माचार्य, अन्जु शाही, जुमकाजी गुरुङ, बुद्ध अधिकारी (दिप्सन) रहेका छन् |

सल्लाहकारहरुमा रामप्रसाद ढुंगाना, देवु पौडेल, रमेश सापकोटा, दिनेश भण्डारी, नन्दु घले, धर्म पाठक, अनिता लामा, घन शाही, कमल पन्थी रहेका छन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *