नेपाल म्युजिक फाउण्डेशनको अभिभावक दिवस तथा साधारण सभा सम्पन्न |

नेदरल्याण्ड्स  |       जुलाई १६ तारिख आईतबारका दिन  नेपाल म्युजिक फाउण्डेशनले अभिभावक दिवस तथा साधारण सभा सम्पन्न गरेको छ | गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्ड्सका संथापक अध्यक्ष श्री शशिकान्त पौडेलको प्रमुख आतिथ्यमा उक्त साधारण सभा सम्पन्न भएको हो |

त्यसैगरी अतिथिहरुमा जनसम्पर्क समिति नेदरल्याण्ड्सका अध्यक्ष सालिक गौतम, नेपाली जनप्रगतिशील मंचका अध्यक्ष संघर्षशील केसी, नेपाली साहित्य समाजका अध्यक्ष सूर्यराज गिरी , गुरुङ समाजका पुर्व अध्यक्ष सुनिल गुरुङ, तामाङ् समाजका अध्यक्ष राम तामाङ् प्रवासी नेपाली एकता समाजका अध्यक्ष अमिर गुरुङ,स्याङ्जा समाजका अध्यक्ष राजेन्द्र शर्मा,नेपाल युवा मंचका अध्यक्ष सन्दिप बिक लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपश्थिति रहेको थियो | बिशिष्ठ अतिथि एनआरएनए नेदरल्याण्ड्सका पुर्व अध्यक्ष हरि पौडेलले फाउण्डेशनको कार्यको प्रशंसा गर्दै आगामी दिनहरुमा अझ सक्रिय भई कार्य गर्न प्रोत्साहन होस् भन्ने उदेश्यले नगद ५०० युरो सहयोग गर्ने बचन दिदै अन्य सामाजिक अभियन्ताहरु युवराज पौडेलबाट ५०० युरो नगद, युथ एसोशियसन का अध्यक्ष सन्दिप बिश्वकर्माले नगद २५१ युरो सहयोग गर्ने बचनबद्धता प्रकट गरेका थिए | 

नेपाली भाषा र संस्कृतिको सम्बर्धन र प्रवर्धन गर्ने उदेश्य अनुरुप नेपाली भाषा, कला र संस्कृतिको प्रवासमा रहेका नेपालीहरु र बिशेष साना बालबालिकाहरुलाई जानकारी रहोस र आफ्नो संस्कृति भुल्न नसकुन भन्ने मनसायले बिगत देखि नेपाल म्युजिक फाउण्डेशनले योग, नृत्य, गायन, भाषा र बध्यबादनको कक्षा संचालन गर्दै आइरहेको छ | फाउण्डेशनले संचालन गरेको कक्षा संचालनमा योग प्रशिक्षक रश्मिता पराजुली ( कोइराला )र साबु पौडेल , नेपाली भाषा प्रशिक्षक सूर्यराज गिरी र पबित्र कोइराला, संगीत प्रशिक्षक शरद्लाल जोशी, नृत्य प्रशिक्षक मदन केसी र अभिभावक संयोजकमा अम्बिका गिरी रहेका थिए | 

कुसल प्रशिक्षकहरुबाट सहभागी प्रशिक्षार्थीहरु उत्साहित भएकाले आगामी दिनहरुमा अझ धेरैको सहभागिता रहनेगरी कार्यक्रम ल्याउने र कार्यक्रमलाई नयाँ ढंगले आगामी दिनहरुमा प्रस्तुत हुनेगरि निरन्तरता दिने भन्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने समस्त अभिभावकहरु सुनिल गुरुङ र चुंगी गुरुङ,बिक्रम थापा र पुजा थापा, अन्जु र गोकुल गुरुङ,देबी कोइराला,संसार र पवित्रा कोइराला,उत्तम र केनुजा कंडेल,रुपक र सम्झना रेग्मी,हरिहर थापा, दिपा र राम तामाङ्,सुजिता र अमित शर्मा, देवा शर्मा, भिम रोक्का,साथै राजेन्द्र शर्मा, संस्थाका संरक्षक,सल्लाहकार, प्रशिक्षकहरु र समितिका सदस्यहरु,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र मिडियाको बिशेस भूमिका रहेकाले सम्पूर्णमा धन्यबाद सहित आभार प्रकट गर्दै संस्थाकी अध्यक्ष साबु पौडेलले कार्यक्रम समापन गरेकी थिईन | कार्यक्रम संस्थाका महासचिव राजेन्द्र शर्माले गरेका थिए ।

नेदरल्याण्ड्समा  रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत नेपाली अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई उत्साहका साथ सहभागिता गराएकाले पनि म्युजिक फाउण्डेशनको कार्यलाई बिशेस रुपमा हेरिएको छ | आगामी सेप्टेम्बर १७ तारिख २०२३ बाट पु:न कक्षा संचालन हुने र सहभागिताको लागि सम्पूर्ण नेपाली समुदायहरुमा जानकारी गराईएको  फाउण्डेशनले जनाएको छ |

Share