नर्वेको ओस्लोमा आठौं जेएसएस कप भलिवल टुर्नामेण्ट भव्य रूपमा सम्पन्न |

प्रेम परियार, नर्वे | 

यस वर्ष जुलाई ९, २०२३ मा ओस्लोको सोग्न्स्भानमा आठौं जेएसएस कप भलिवल टुर्नामेण्ट भव्य रूपमा सम्पन्न भएको छ। बिगत बर्षहरु झैँ यस बर्ष पनि खेलको माध्यमद्वारा नर्वेका बिभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरु बीचको भाईचारा रआपसी सम्बन्धलाई अझ बढी प्रगाढ बनाउदै लैजाने उद्देश्यका साथ यो रनिङ कप टुर्नामेण्ट समर सिजनको सदुपयोग गर्दै बिगत ८ वर्ष देखी आयोजना गरिदैं आएको हो । उक्त प्रतियोगितामा महिला तथा पुरुषहरुको उल्लेख्य सहभागीता थियो |

आठौं जेएसएस कप भलिबल टुर्नामेन्ट अन्तर्गत उक्त प्रतियोगितामा महिलातर्फ २ टिम तथा पुरुष तर्फ १२ टिमहरु गरी १४ वटा टिम सहभागी थिए ।

उक्त सहभागी टिमहरु मध्ये पुरुष तर्फको भलिबल टिमको बिजेता एन. बि. स्पोर्ट्स् नर्वेले प्रथम पुरस्कार हात पार्न सफल भएको थियो भने एभरेष्ट इद्रेत्स्लाग टिम , उप विज़ेतामा चित्त बुझाएको छ । त्यसै गरी महिला तर्फबाट बिजेता जेएस्एस नर्वे (बि) भएको थियो भने जेएसएस(ए), उपविजेता बन्न सफल भएको थियो ।

यस मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पुरुष र महिलातर्फका उत्कृष्ट खेलाडीहरु साथै उदयमान खेलाडीहरुलाई हार्दिक बधाई ज्ञापन गरिएको थियो ।

नर्वेमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, एनआरएनका अभियन्ताहरु , जनसम्पर्क समिति नर्वेका पदाधिकारीहरु लगायत नर्वेमा बस्ने प्रवासी नेपालीहरुको उपस्थितिमा सम्पन्न प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने टिमका खेलाडीहरुलाई ट्रफ़ी , नगद ,शील्ड तथा
प्रमाण पत्र वितरण गरिएको थियो ।

नेपाली जनसम्पर्क समिति, नर्वेका कार्यबाहक अध्यक्ष श्री टिकाराम आचार्य को सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका ग़ैर आवासीय नेपाली संघ नर्वेका अध्यक्ष ज़िबन बहादुर शाही (प्रबीन) ले उद्घ्घाटन गरेका थिए भने प्रतियोगीता सन् २०१६ देखी संचालन गरिएको आठौं जे.एस.एस. रनिङ्ग कप भलिबल २०२३ को संयोजक जन सम्पर्क समिति नर्वेका महामन्त्री पारस मणि मिश्रले गरेका थिए । नेपाली तथा अन्य मूलका क़रीब ५५० जनाले अवलोकन गरेका प्रतियोगितामा नेपाली खानाको समेत ब्यबस्था गरिएको थियो।

निर्धारित समयमा शुरू भएको खेल अत्यन्तै भव्य र उत्साहपूर्ण तरिकाले सम्पन्न आठौं जे.एस.एस. रनिङ्ग कप भलिबपुरुषतर्फ एन.बी. स्पोर्टस्का महेन्द्र खड्का बेस्ट प्लेयर, नेपोसका उज्जवल परियार राइजिङ्ग बन्न सफल भएका थिए । बालमैत्री खेलको आयोजना गरिएको जसमा १०० जना बढी बालबालिकाहरुको सहभागिता रहेको थियो ।

अन्त्यमा कार्यक्रम संयोजकले अब आउने संस्करणमा खेललाई अझ मर्यादित बनाँउदै लैजाने र नवौं संस्करणमा बालबालिकाका लागि केही नयाँ खेलहरु ल्याउने जानकारी गराएका थिए । साथै छोटो मन्तव्यको क्रममा नेपाली जन सम्पर्क समितिका कार्यबाहक अध्यक्ष तथा कार्यक्रम सभापति श्री टीकाराम आचार्य (टिका) ले कार्यक्रमलाई सभ्य, भव्य र मर्यादित तरिकाले सम्पन्न गर्नु हुने सम्पूर्णमा धन्यवाद दिदै आउने संस्करणमा सहभागिता सङ्ख्या बढाउनुको साथै खेललाई अझ मर्यादित बनाँउदै लैजाने प्रतिबद्धता ब्यक्त गर्दै प्रतियोगिता लाई सफल पार्न आ- आफनो ठाऊ बाट सहयोग गरी भूमिका निर्वाह गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यबाद तथा आभार व्यक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *