गैर आवासीय नेपाली संघ नर्वेको अधिवेशन यही जुलाई २३ मा हुँदै |

प्रेम परियार,नर्वे |   गैर आवासीय नेपाली संघ नर्वेको अधिवेशन यही जुलाई २३ आईतबार दिन हुने भएको छ । आगामी कार्यकाल २०२३-२०२५ का लागि चुनिने नयाँ कार्य समितिको लागी अध्यक्ष पदमा अहिले सम्म बर्तमान महासचिव बिष्णु गौतमको एकल उम्मेद्बारी परेको निर्वाचन समितिले जनाएको छ। मुख्य नेतृत्व अध्यक्ष र अन्य केही पदमा मात्र सहमति बाट चयन भने हुने पक्का पक्की भएको छ । मुख्य नेतृत्व अध्यक्षको लागी सहमति भएता पनी आईसीसी सदस्यमा २ जना प्रतिस्पर्धी नबराज अधिकारी (राजन) र पवित्र बस्नेत भने चुनावि मैदानमा उभीएका छन ।

नर्वेमा स्थापित नेपाली संघ संस्थाका प्रतिनिधि , सामाजिक अभियन्ता र समाजसेवीहरुको बिशेष पहलमा मुख्य नेतृत्व अध्यक्ष र अन्य पदहरुमा सहमती भएता पनि आईसीसी सदस्य मा १८ जुलाई सम्म पनि सहमति जुटन सकेन । निर्वाचन कमिटीको नियमावली बमोजिम दाबी बिरोधको लागी दिईएको अन्तिम दिन भोली १९ जुलाई को दिनको १२:०० बजे सम्म सहमति नजुटेमा चूनाबी प्रक्रिया द्वारा आईसीसी सदस्य चयन गरिने निश्चित भएको छ ।

उम्मेद्वारको चाहना र सहमति जुटेमा उच्च उर्जा र मनोबलका साथ नेतृत्व सम्हाल्न सक्ने नब आगन्तुक क्षमताबान ब्यक्तित्व लाई गैरआवासीय नेपाली संघ नर्वले एक ऐतिहासिक र अर्थपूर्ण रुपमा लिन सकिने बताईएको छ ।

भोली अर्थात् १९ जुलाई १२ बजे सम्म उम्मेद्वारहरु बीच गहन छलफल गरि निर्वाचन प्रक्रिया को विकल्प खोज्दै सहमतिका आधारमा निस्कने सहमतिको निर्णयले बनेको नयाँ कार्यसमिति सिंगो नेपाली समाज र गरिएका अथक प्रयासहरूले यो कार्यकाल अत्यन्त सफल र नेतृत्व दिन सक्नेमा सिंगो समाज बिश्वस्त रहेको अभियन्ताहरु बताऊछन |

एनआरएएन नर्वेको ईतिहासमा बिधी-बिधान र संस्थाको गरिमा र गर्बिलो ईतिहॉस र एनआरएएन -एनसीसी नर्वेको सुन्दर भविश्य प्रति हामी सबैले गंभीर आत्मसमिक्षा गर्न ज़रूरी ठानी आईसीसीमा अन्तिम समय सम्म सहमति जुटन सकिने प्रवल सम्भावना प्रति बर्तमान अध्यक्ष जीवन बहादुर शाही , नेपाली जन प्रगतिशील मञ्चका अध्यक्ष डीलाराम चापागाई , नेपाली जन सम्पर्क समितिका का.बा . सभापति टीकाराम आचार्य तथा एनआरएन नर्वेका अभियन्ता र नेपाली समाज नर्वे पूर्ण बिश्वास रहेको बुझीएको छ ।

Share