सबिना श्रेष्ठ भईन नेपाली भाषी ईन्जिनियर्स एशोसिएसन – नेदरल्याण्ड्सको अध्यक्षमा चयन |

नेदरल्याण्ड्स |   यहि मार्च २५ , २०२३ का दिन नेदरल्याण्ड्सको  शैक्षिक शहर डेल्फमा  नेपाली भाषी ईन्जिनियर्स एशोसिएशन नेदरल्याण्ड्सको दोस्रो अधिवेशन सम्पन्न भएको छ | उक्त दोश्रो अधिवेशनद्वारा अध्यक्षमा सबिना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन् । यसै गरी अन्य कार्यसमितिका सदस्यहरुमा  महासचिवमा अनुराग भम्बानी, कोषाध्यक्षमा रेणुका गुरुङ श्रेष्ठ, संयोजकमा क्षितिज गौतम र केन्द्रीय सदस्यमा सुमन भट्टराई पनि नयाँ कार्यसमितिमा सर्वसम्मत चयन भएका छन्।
निवर्तमान कार्यसमिति २०२०/२२ को तर्फबाट, र नेपाली भाषी ईञ्जिनियर्स एशोसिएसन – NSEA, नेदरल्याण्ड्सको संस्थापक अध्यक्ष श्री डि पि शर्मा मैनालीले  सुश्री सबिना श्रेष्ठलाई संघको पहिलो महिला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकोमा हार्दिक बधाई दिदै नयाँ  कार्यसमितिमा निर्वाचित महासचिव अनुराग भम्बानी, कोषाध्यक्ष रेणुका गुरुङ श्रेष्ठ, संयोजक क्षितिज गौतम र केन्द्रीय सदस्य सुमन भट्टराईलाई पनि सर्वसम्मत चयन भएकोमा बधाई तथा सफल  कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । एशोसिएसनको दोस्रो अधिवेशन नेदरल्याण्ड्सको देल्फ्ट  शहरमा २५ मार्च २०२३ मा संघका निबर्तमान अध्यक्ष श्री डि पि शर्मा मैनाली, संरक्षक श्री हेम कुमार श्रेष्ठ, सल्लाहकार डा. निराजन ढकाल र संघका अन्य सदस्यहरुको समेत बिशेस उपस्थितिमा सम्पन्न भएको थियो।
नेपाली भाषी इन्जिनियर्स एशोसिएसन – नेदरल्याण्ड्सको स्थापना २३ जून २०१९ बाट  संस्थापक अध्यक्ष श्री डि पि शर्मा मैनाली र संरक्षक हेम कुमार श्रेष्ठको  बिशेस  पहल बाट सुरु भएको थियो भने एशोसिएशनले कोभिड -१८ को समयमा नेपाली बिधार्थी, सिन्धुपाल्चोकमा रहेको  नेपाल हेल्थ पोस्टलाई सोलार प्यानल प्रोजेक्ट, NIC Nepal लाई समेत आर्थिक सहयॊग  गरेको थियो। र अन्तमा, केही महिना अगाडि नेपाल आविस्कार केन्द्रका चिफ डा. महाबिर पुनको उपस्थितिमा टि यु डेल्फ्त युनिभर्सिटिमा साइन्स कन्फेरेन्स गर्दै एशोसिएसनले नेपालको विकास  र सम्ब्रिधिकालागी संघले आफ्नो प्रयास र सम्बन्धलाई पनि बिस्तार गरिसकेको र गरिरहेको छ ।
Share